×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

रुपन्देहीमा आज लामिछानेको लिखित बयान,त्यसपछि काठमाडौं‘?

२८ कार्तिक २०८१

२८ कार्तिक ,काठमाण्डौ ।

रुपन्देही सरकारी वकिलको कार्यालयमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान हुने भएको छ । मंगलबार करिब पाँच घण्टा भएको बयान आज पनि जारी छ।

Advertisement
Advertisement

मङ्गलवारको बयानमा सहकारी रकम हिनामिनामा आफ्नो संलग्नता अस्वीकार गरेका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालयले आज पनि बयान लिदैछ । मंगलबार मौखिक प्रश्न सोधिएको उनलाई आज भने लिखित प्रश्न सोधिने भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलसहितको टोलीले मङ्गलवार २० भन्दा बढी प्रश्न सोधिएकामो अधिकांश प्रश्नमा उनले इन्कारी बयान दिएका थिए । जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना न्यायाधिवक्ता तथा प्रहरी अधिकारीहरूको उपस्थितिमा बयान भइरहेको छ ।

बयान सकिएपछि गएराती लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको थियो । मंगलबारको बयानमा अनुसन्धान अधिकारीहरूले लामिछानेका नामबाट गोर्खा मिडियामा गएको ऋण, रकम जम्मा गरेको भौचर र सुप्रिमबाट अन्य विभिन्न व्यक्ति र संस्थागत रूपमा गोर्खा मिडियामा गएको रकमको विषयमा केन्द्रित रहेर प्रश्न सोधेका थिए ।

तर अधिकांश प्रश्नको जवाफमा लामिछानेले आफ्नो अनभिज्ञता प्रकट गरेका थिए । सुप्रिमबाट गोर्खा मिडियामा रकम जम्मा भएको विषय आफूलाई जानकारी नभएको र रकम जम्मा गर्ने व्यक्ति पनि आफूले नचिनेको उनको जवाफ छ ।

सबै काम जीबी राईमार्फत नै भएकाले उनी पक्राउ परेमा सबै खुल्ने उनले जवाफ दिएका छन् । लामिछानेले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । उनले आफूमाथि लागेको आरोप अस्विकार गर्दै यो विषय जिबी राईलाई थाहा भएको र आफूलाई राजीतिक पूर्वाग्राहले फसाइएको बयानका क्रममा बताएका छन् ।

पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ। सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख गोर्खा मिडिया नेटवर्कमा अवैध किसिमले लागिएको संसदीय छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

प्रतिवेदनअनुसार, बुटवलस्थित सहकारीबाट एक करोड ९६ लाख लामिछानेको नाममा,२ करोड ५० लाख छविलाल बञ्जाडे जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।

उनीविरुद्ध रूपन्देही जिल्ला अदालतमा छुट्टै मुद्दा दर्ता गर्ने तयारी छ । प्रहरीले अहिले गरिरहेको अनुसन्धानअनुसार लामिछानेका नाममा प्रवाह गरिएको ऋणको भौचरलाई सुप्रिम सहकारीका व्यवस्थापक सागर केसीले सदर गरेका थिए ।

गुल्मीको मालिका गाउँपालिका–८ घर भएका केसी अहिले फरार छन । केसीले भौचर सदर गरेपछि रोशनी गुरुङले गोर्खा मिडियाका नाममा रहेको बैंक खातामा रकम जम्मा गरेकी थिइन । बयानका क्रममा लामिछानेले गोर्खा मिडियाका पूर्वउपाध्यक्ष पूर्वडीआईजी छविलाल जोशी बञ्जाडेका नाममा सुप्रिमबाट ऋण प्रवाह भएको विषयमा पनि बचाउ गरेका थिए ।

जोशीका नाममा सुप्रिमबाट २ करोड ५० लाख रुपैयाँ ऋण प्रवाह भएको अनुसन्धानमा देखिएको छ । जोशीले २०७७ माघ २९ मा उक्त ऋण लिँदा संस्थाले ५ लाख रुपैयाँ सेवा शुल्क कटाएको थियो ।

लामिछाने र जोशीका नाममा सहकारीबाट लिएको ऋण ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडियाको खातामा जम्मा भएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा पनि उल्लेख छ ।

लामिछानेलाई जिल्ला अदालत कास्कीले आइतबार थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ६ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो ।

लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । प्रहरीले सहकारी ठगी मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।

लामिछानेलाई भैरहवामा बयान सकिएपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा अनुसन्धान गर्न राजधानी लैजाने तयारी छ । कास्की प्रहरीको हिरासतबाट भैरहवा ल्याइएका कुमार रम्तेल र शिवबहादुर गुरुङलाई पनि बयान गराएर मंगलबार काठमाडौं पठाइएको छ ।

गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछाने, पूर्वउपाध्यक्ष जोशी, सुप्रिम सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु (जीबी) राई, पूर्वसचिव दीपेश पुन, कुमार रम्तेलसहित झन्डै ४० जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ गरी अनुसन्धान गर्न रूपन्देही अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

तीमध्ये राईलगायत अधिकांश फरार छन । लामिछानेका नाममा रकम जम्मा गर्ने सुप्रिमकी कर्मचारी रोशनी गुरुङसहित ६ जना जिल्ला अदालतबाट धरौटीमा छुटेका छन । कास्की प्रहरीले उनीहरूविरुद्ध सहकारी ठगी, संगठित अपराधका साथै सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरिरहेको छ ।

रूपन्देहीमा सहकारीको रकम ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान चलिरहे पनि थप विषय खुलेको अवस्थामा अन्य मुद्दा पनि आकर्षित हुन सक्ने प्रहरी अधिकारीहरूको भनाइ छ । एकै प्रकृतिको कसुर भए पनि जिल्ला र संस्था फरक–फरक भएकाले हरेक जिल्लामा छुट्टाछुट्टै मुद्दा दर्ता हुने रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बताएका छन् । स्थानअनुसार प्रमाण फरक–फरक हुन सक्ने भएकाले मुद्दा गाभ्न नमिल्ने उनको भनाइ छ ।

अहिलेसम्म पक्राउ अनुमति लिइएका र अनुसन्धान गर्नुपर्ने देखिएका अन्य व्यक्तिहरूविरुद्ध पनि रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी रहेको राठौरले जानकारी दिए । यता प्रहरी अनुसन्धानमा रहेका लामिछानेका पक्षमा रास्वपाका नेता–कार्यकर्ताले र सहकारीको रकम अपचलनमा संलग्नलाई कारबाही हुनुपर्ने मागसहित सहकारीपीडितले छुट्टाछट्टै प्रदर्शन गर्दै आइरहेका छन्

Advertisement
Advertisement

यसबीच सर्वोच्च अदालतले रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा अनुसन्धान भइरहँदा अदालतको गतिविधिविरुद्ध आन्दोलन गरेको दाबीसहित रास्वपाका उपसभापतिसहित केन्द्रीय पदाधिकारीविरुद्ध सर्वोच्च पुगेको अदालतको अवहेलना निवेदन दर्ता भएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top