×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

पूर्णबहादुरको सारंगीका कारण ‘कंगुवा’ नेपाल आउन डरायो

२८ कार्तिक २०८१

२८ कार्तिक ,काठमाण्डौ ।

बलिउडका चर्चित अभिनेता बबी देओल र दक्षिण भारतीय सुपरस्टार सूर्याको मुख्य भूमिका रहेको भारतीय फिल्म ‘कंगुवा’ नेपालमा रिलिज नहुने भएको छ। नेपालमा सर्वाधिक हाउसफूलमा साथ पूर्णबहादुरको सारंगीले दर्शकको मन जितिरहेका बेला नेपाली वितरकले यो फिल्म नल्याएपछि यो फिल्म नेपाली हलमा नलाग्ने भएको हो।

Advertisement
Advertisement

यसबारे वितरक कम्पनी ए–एट्ले हललाई सन्देश पठाइसकेको छ। यसअघि ‘कंगुवा’ ए–एट्सहित डीसीएन र आरआर फिल्म्सले मिलेर ल्याउन लागेका थिए। तर, घरेलु बक्सअफिसमा नेपाली फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले आक्रामक व्यापार गरिरहँदा वितरकले सो नपाउने डरले फिल्म नलिएको अनुमान गरिएको छ ।

विजय बराल अभिनित ‘पूर्णबहादुरको सारंगी’ ले देशभरका ४५० बढी शोमा प्रदर्शन भइरहेको छ। यस फिल्मसँगै ‘सिंघम अगेन’ र ‘भुलभुलैया ३’ पनि रिलिज भएका थिए। तर, यी दुबै विदेशी फिल्मको व्यापार उत्साहजनक छैन।

अधिकांश हलमा पूर्णबहादुरले धेरै शो पाएको छ भने ती शोहरु सबै हाउसफूल चलिरहेको चलचित्रका वितरकले बताएका छन् । यसैले लगानी उठाउन मुस्किल परिरहेको बेलामा वितरकले नयाँ विदेशी फिल्म ल्याएर जोखिम नउठाउन खोजेको देखिन्छ।

‘कंगुवा’ को रिलिज अर्काे नेपाली फिल्मलाई फाइदा पुग्ने देखिन्छ । नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ यही कार्तिक ३० गते शुक्रबारबाट रिलिज हुँदैछ। यो चलचित्रमा पनि भारतीय कलाकारहरुको मुख्य भूमिका रहेको छ । यो ठूलो लगानीमा निर्माण भएको प्रतिक्षित नेपाली चलचित्र हो ।

‘पूर्णबहादुरको सारङ्गी’ नेपालको सबैभन्दा धेरै कमाउने फिल्म बन्ने बाटोमा रहेको छ । अहिलेसम्म ‘कबड्डी ४’ र १२ गाउँ सबैभन्दा बढी कमाउने चलचित्रमा रहेका छन् । फिल्मले सोमबारसम्म २२ करोड ९८ लाख रुपैयाँ ग्रस कमाएको छ ।

फिल्मले मंगलबार पनि आक्रामक कमाइ गरेको छ भने बुधबार पनि त्यही अनुरुपमो कमाइ गर्ने प्रक्षेपण गरिएको छ । आज फ्रेन्ड्स सिनेमाले शो हाउसफूल भएर शो थप गरिएको जानकारी दिएको छ । पूर्णबहादुरको सारङ्गी’ले मुलुकका ४५० भन्दा धेरै शोहरु पाएको छ ।

हरेक बुवा–आमाको चाहना हुन्छ, छोराछोरीको नामबाट चिनिने। उनीहरूले आफूले भन्दा धेरै चिज गरुन्÷देखुन् भन्ने लाग्ने गर्दछ । त्यसका लागि बाबु–आमा जे जस्तो त्याग पनि गर्न सक्छन्। उनीहरूका लागि सन्तानको सफलता नै सबैभन्दा ठूलो सम्पत्ति हो।

तर न त सबै छोराछोरी बुवा–आमाले सोचे जति सफल हुन सक्छन् न सबै बुवा–आमाले सन्तानको सफलता देख्ने अवसर नै प्राप्त गर्छन्। यस्तै एउटा गन्धर्वको छोराप्रतिको सपनाहरूको फिल्म हो ‘पूर्णबहादुरको सारङ्गी’। पूर्णबहादुरलाई बुवाले सारङ्गी रेटेरै हुर्काए।

उसले पनि बुवाबाट सारङ्गीको हरेक कर्खा सिक्यो, मिठो गाउन सिक्यो। मान्छेका घर–घरमा गाएर हुर्कियो, बुवालाई पाल्यो। गएरै मन परेकी युवतीसँग बिहे ग¥यो। गिताङ्गेको छोरो हुनुमा उसलाई गर्व थियो। उसका हातका औंलाहरू सारङ्गीका तारमा नाच्दा, उसलाई त्यो केवल सङ्गीत मात्र होइन, आफ्नो अस्तित्वको इतिहास बोक्दैछु भन्ने लाग्थ्यो।

Advertisement

तर उसले आफ्नो अस्तित्व र इतिहास रहेको त्यही सारङ्गी पनि छोराका लागि त्याग गर्याे । सन्तानका लागि आमा बाबुको त्याग र योगदान दर्शाउने यो जिवन्त अभिनय रहेको चलचित्रले दर्शकलाई हल भित्रै रुवाईरहेको छ । नेपालमा मात्रै होइन् अमेरिका अष्ट्रेलिया र ब्रिटेनमा समेत यो चलचित्र प्रर्दशनमा आएको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top