×

NEPAL TIMES UPDATES

Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026

स्वर्णिम, मनिषसहितका नेताविरुद्ध सर्वाेच्चमा रिट, तोकियो पेसी

२९ कार्तिक २०८१

२९ कार्तिक ,काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीको वचत रकम अपचलनको अभियोगमा अनुसन्धानमा लागि४ सातादेखि प्रहरी हिरासतमा रहेका बेला उनको पार्टीका उपसभापतिसहित केन्द्रीय नेताहरुविरुद्ध पनि अदालतमा रिट दायर भएको छ ।

Advertisement
Advertisement

उपसभापति स्वर्णिम वाग्लेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय नेताहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान भइरहेका बेला रास्वपाले गरेको आन्दोलनले अदालतको अवहेलना भएको दाबी गर्दै सर्वोच्चमा रिट दर्ता गरिएको हो।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा उपसभापति वाग्लेसहित कार्यवाहक प्रवक्ता मनीष झा, सुमना श्रेष्ठ, विराजभक्त महर्जन, तोसिमा कार्की, सोबिता गौतमलगायत रास्वपा सांसदलाई विपक्षी बनाइएको छ।

निवेदनमा अनुसन्धान चलिरहेका बेला अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको आरोप लगाइएको छ। उक्त रिट निवेदन सुनुवाइ गर्न मंसिर ३ गतेका लागि पेसी तोकिएको छ।

कात्तिक १४ गते सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको उक्त निवेदनका विषयमा निवेदक भट्टराईले कात्तिक २१ गते इजलासमा निवेदन दिएपछि पहिलो सुनुवाइ गर्दै दरपीठ बदर गरिदिएको थियो। त्यसपछि सो मुद्दा दर्ता भएको हो।

अधिवक्ता भट्टराईले आफ्नो अवहेलना निवेदनमा विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीसमेतले न्याय निरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउने लगायतका कार्य गरी स्वतन्त्र न्यायपालिका माथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी गरिएको छ ।

तर सर्वोच्च प्रशासनले केही प्रश्न उठाउँदै निवेदन दरपिठ गरेको थियो । रास्वपाका नेताहरूले संविधानको धारा १२८को उपधारा ४ प्रतिकुल हुने गरी के कुन कार्य गरेको हो ,अदालतबाट भएको कुन आदेश र निर्णयबाट वा फैसलाबाट कसरी र को वाट अवज्ञा भयो भनी स्पष्ट खुलाउन नसकेको भनी दरपिठ गरेको थियो ।

अवहेलना निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त मर्हजन, तोषिमा कार्की, सोबिता गौतम लगायत २० जना नेताहरुलाई विपक्षी बनाइएको छ। पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने हाल रुपन्देहीमा छन्।

त्यहाँको बुटवलस्थित सुप्रिम सहकारी ठगी अनुसन्धानका लागि गत मंगलबार उनलाई पोखराबाट रुपन्देहीको भैरहवा पु¥याइएको हो। त्यहाँ जिल्ला सरकारी वकिलको कार्यालयमा आज तेस्रो दिन पनि उनीसँग बयान लिने क्रम जारी छ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण अनुसन्धानका क्रममा कास्की जिल्ला प्रहरीको हिरासतमै रहेका बेला उनलाई भैरहवा लगिएको हो। कास्कीमा भने उनको बयान लिइसकिएको छ । भैरहवामा आज बयान सकिएपछि साझ उनलाई फेरि कास्की लगिने तयारी गरिएको छ ।

बयानको क्रम नसकिएकाले रविको रूपन्देही बसाइँको क्रम पनि लम्बिएको छ। उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान चलिरहेको छ। कास्की जिल्ला अदालतले उनलाई पछिल्लोपल्ट १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ, जुन मंसिर ८ गते सकिनेछ।

अनुसन्धानको क्रम नटुंगिए प्रहरीले पुनः अदालतमा पेस गरी म्याद थपका लागि आग्रह गर्न सक्नेछ। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन अभियोगमा रवि लामिछानेलाई यही कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा पु¥याइएको थियो।

सूर्यदर्शन ठगी प्रकरणमै पक्राउ परेका रविका व्यावसायिक साझेदार छविलाल जोशी बन्जाडेलाई यसअघि नै बुटवल लगेर बयान लिई पुनः पोखरा फर्काइसकिएको छ। बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा यसअघि २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा चलिरहेको छ।

उनीहरूले १८ सय २८ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ ठगी गरेको अभियोग छ। त्यसमा रवि र छविलाई प्रतिवादी बनाइएको थिएन। अभियोगपत्रमा रविलाई प्रतिवादी नबनाइए पनि उनको नाममा २ करोड रुपैयाँ निकासा पाइएको किटान गरिएको छ।

अब रवि र छविविरूद्ध पूरक अभियोगपत्र दर्ता गर्ने तयारी छ। सूर्यदर्शन सहकारी ठगी आरोपमा यही कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी लामिछानेलाई पोखरा पु¥याइएकै दिनदेखि रास्वपाले पोखरालगायत स्थानमा विरोध प्रदर्शन गरिरहेको छ।

यसका नेताहरूले आफ्ना सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा गिरफ्तार गरिएको आरोप लगाइरहेका छन्। पछिल्लो समय पनि रास्वपाको प्रर्दशन जारी रहेको छ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top