×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

साउदीमा तडकभडक देखाउँदा नेपाली परे फन्दामा

२९ कार्तिक २०८१

२९ कार्तिक , एजेन्सी ।

वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेका नेपाली कामदार तडकभडक देखाउँदा कानुनी फन्दामा पर्न थालेका छन्। साउदीस्थित नेपाली दूतावासले अमर्यादित पहिरन लगाएर तडकभडक नदेखाउन त्यहाँ कार्यरत नेपालीलाई आग्रह गरेको छ।

Advertisement
Advertisement

दूतावासले सार्वजनिक स्थलमा चुरोट र मदिरा सेवन गर्दा नेपाली कानुनी समस्यामा पर्न थालेको जनाएको छ। यो खबर आज हामीले नेपाल टाइम्स अनलाइन समाचारमा लिएर आएका छौं । साउदीमा कार्यरत नेपाली कामदारले सुनको सिक्री, ब्रास्लेट र हाफपाइन्ट हिँडदा त्यहाँको सार्वजनिक मर्यादा र शिष्टाचार नभएको भन्दै साउदी प्रहरीले कतिपय नेपाली नियन्त्रणमा लिइरहेको दूतवासले जनाएको छ।

साउदी अरबका सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको आरोपमा नेपालीमाथि जरिवाना गरिएपछि त्यहाँस्थित नेपाली दूतावासले नैतिकताविपरीत हुने कार्य नगर्न अपिल गरेको छ । रियादस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीलाई सार्वजनिक मर्यादा र शिष्टाचारसम्बन्धी पहिरन तथा आचरण प्रदर्शन गर्न अपिल गरेको हो ।

साउदीमा चार लाखको हाराहारीमा नेपाली कार्यरत छन् । “हालैका दिनमा सार्वजनिक स्थानमा सुन वा अन्य धातुको सिक्री, ब्रासलेट वा हाफपाइन्ट लगाएको कारणले साउदी अरेबियामा रहनुभएका कतिपय नेपाली नागरिकहरूलाई जरिवाना लागेको भन्ने जानकारी दूतावासमा प्राप्त भएको छ,” दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।

साउदी अरेबियाको कानुनानुसार, सार्वजनिक स्थानमा छोटा हाफपाइन्ट लगाएर हिँड्न, सार्वजनिक स्थान तथा प्रार्थनाको समयमा ठूलो आवाजमा गानाबजाना गर्न, सार्वजनिक स्थानमा थुक्नेलगायत फोहोर हुने कार्य गर्न पाइँदैन ।

ज्येष्ठ नागरिक तथा अशक्तलाई छुट्ट्याइएको स्थान ओगट्न, लाइन मिच्न, अमर्यादित चित्र भएका वा भेदभाव प्रवर्द्धन गर्ने वा यौनजन्य हाउभाउ भएका वा तडकभडक देखिने पोसाक तथा गहना (खासगरी पुरुषले) लगाउन र अरूलाई तर्साउने वा डराउने खालका क्रियाकलाप गर्न पनि साउदी कानुनले दिँदैन ।

साउदी कानुनानुसार, ट्राफिक दुर्घटना तथा अपराधजन्य घटनाको फोटो तथा भिडियो खिच्न एवं अमर्यादित ठानिएका वा त्यहाँको समाजलाई अप्रिय लाग्ने वा सार्वजिनक शिष्टाचार तथा नैतिकताको प्रतिकूल हुने अरू कार्य गर्न पनि वर्जित छ ।

Advertisement

“यस्ता कार्यहरू गरेमा साउदी रियाल पाँच हजारसम्म (लगभग एक लाख ८० हजार रुपैयाँ) जरिवाना तथा अन्य थप सजाय पनि हुन सक्ने भएकोले सार्वजनिक स्थानमा जाँदा यहाँको कानुन वा सार्वजिक शिष्टचार तथा नैतिकताविपरीत हुने कार्य नगर्न साउदी अरेबियामा रहनुहुने सबै नेपालीहरूलाई हार्दिक अपिल गरिन्छ,” दूतावासले भनेको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top