×

NEPAL TIMES UPDATES

Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026
Playing
हाइप्रोफाइलमा बालेन र सुदनले ल्याए भूकम्प,कसकसको हुँदैछ सम्पत्ति छानविन ? || Nepal Times
Apr 09, 2026
Playing
बाबु मजदुरी गर्न खाडीमा, छोरी नेपालमा सांसदपछि उपसभामुख || Nepal Times
Apr 09, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-26-2082 || Nepal Times
Apr 09, 2026
Playing
अमेरिका र इजरेलसंगको ४० दिने य द्ध ले बदलियो सन्तुलन || Nepal Times
Apr 09, 2026
Playing
यसकारण बालेनले पदमुक्त गराए श्रममन्त्री दीपककुमार साह || Nepal Times
Apr 09, 2026
Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026

ओलीको चाइना कार्डले काम गर्याे, भारतले बोलायो !

३० कार्तिक २०८१

३० कार्तिक , विराटनगर ।

भारतले भ्रमणको निम्तो नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतविरुद्ध चाइना कार्ड खेलिरहेको प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाइरहेका बेला प्रधानमन्त्री ओली चीन भ्रमणअघि नै भारत जाने खबर बाहिरिएको छ।

Advertisement

प्रधानमन्त्री ओलीको भारत भ्रमण निश्चित भएको र मिति केही दिनमै मिति सार्वजनिक हुने भारतीय उच्च कूटनीतिक स्रोतले पुष्टि गरेको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणका लागि केही समय अगाडिदेखि नै प्रयास भइरहेको थियो।

ओलीले भारतसँगको सम्बन्ध सुधार गर्न विभिन्न माध्यममार्फत प्रयास गरिरहेका थिए। प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले पनि भारत भ्रमण निश्चित भएको बताएका छन् । प्रधानमन्त्री ओली संभवत आउँदो डिसेम्बर पहिलो साता भारत जानेछन्।

करिब १५ दिनको तयारी समय राखेर दुवै पक्षले मिति सार्वजनिक गर्ने संभावना रहेको भनिएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका कारण चीनतर्फको भ्रमण केही पर धकेलिन पनि सक्नेछ। उत्तरी छिमेकी चीनबाट प्रधानमन्त्री ओलीलाई भ्रमणको औपचारिक निम्तो प्राप्त भइसकेको छ।

चिनियाँ पक्षले यसअघि नै भ्रमणका लागि १७–२१ मंसिर (२–६ डिसेम्बर) को मिति प्रस्ताव गरेको छ। तर प्रधानमन्त्री ओली भने लामो समयदेखि भारत भ्रमणको प्रतिक्षामा रहेका थिए । उनले परराष्ट्र सचिव र परराष्ट्रमन्त्री मार्फत भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो पठाएपनि उताबाट भ्रमणको निम्तो पाउन सकेका थिएनन् ।

मोदी र ओलीबीच भने अमेरिकाको न्युयोर्कमा राष्ट्र संघको महासभाका क्रममा गत असोज ७ गते द्विपक्षीय भेटवार्ता भएको थियो। भारतले लामो समयदेखि भ्रमणको निम्तो नदिँदा ओलीको चीनको भ्रमण तय भएपछि प्रतिपक्ष दलका नेता प्रचण्डले भने ओलीले भारतविरुद्ध चाइना कार्ड खेलेको गम्भिर आरोप लगाएका थिए ।

भारतले ओलीलाई भ्रमणका लागि निमन्त्रणा नगरेपछि उनले चीनको भ्रमण तय गरेको टिप्पणी भइरहेका बेला भारतीय संचारमाध्याम द हिन्दूमा एक अन्तर्वार्ता दिँदै प्रचण्डले ओलीले चिनियाँ कार्ड खेलिरहेको आरोप लगाएका हुन् ।

अन्तर्वार्तामा प्रचण्डले नयाँ सरकारको नीतिका कारण नेपाल–भारत सम्बन्ध तनावमा रहेको र सीमा विवाद पुनः जागृत हुने खतरा रहेको समेत बताएका छन् । प्रचण्डले आफ्नो नेतृत्वको पछिल्लो १८ महिने सरकारको कार्यकालमा नेपाल–भारत सम्बन्धलाई ‘नयाँ उचाइ’मा पु¥याएको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओली छिट्टै बेइजिङ जाँदैछन् र अधिकारीहरूले भारतले अहिलेसम्म उनलाई कुनै निमन्त्रणा नदिएको उल्लेख गरेका छन् । समस्या कहाँ छ? भन्ने द हिन्दुको प्रश्नमा प्रचण्डले यो प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारको अपरिपक्वताको प्रमाण हो।

उनीहरूले दुवै छिमेकी देशहरूसँगको सम्बन्धमा न्यूनतम् परिपक्वता देखाउनुपर्थ्यो। केपीजी द्विपक्षीय भ्रमणको लागि चीन जाँदैहुनुहुन्छ, तर यो भ्रमण बढी ‘चाइना कार्ड’ खेल्नका लागि मात्र भएको देखिन्छ, जुन गलत हो। हाम्रो इतिहास, संस्कृति र भूगोलले हामीले हाम्रो सम्बन्धलाई सन्तुलित राख्नुपर्छ भन्ने देखाउँछ, र उहाँले चीन जानुअघि नेपालको भारतसँगको विशेष सम्बन्धलाई स्वीकार गर्नुपर्छ। यस्तो हुनुहुँदैन थियो भनेका छन् ।

खास गरी प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा बीआरआईलाई मुख्य एजेण्डाका रुपमा हेरिएको छ । जुन भारत नेपालले यो कार्यक्रममा सहभागिता नजनाओस् भन्ने पक्षमा छ । तर सरकारले पोखरा विमानस्थलको ऋणलाई अनुदानबाट मिलाइदिन गरेको अनुरोधमा चीनले कुनै प्रतिक्रिया नदिए पनि प्रधानमन्त्रीको भ्रमणका क्रममा सकारात्मक सन्देश पाउने अपेक्षा राखिएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा प्रधानमन्त्रीको भ्रमणअघि बेइजिङ जाने तय भइसकेको छ । चिनिया पक्षसँग निरन्तर संवादमा रहेका नेपाल सरकारका उच्च अधिकारीहरूका अनुसार जनस्तरदेखि सरकारी तहबाट समेत चीनका विभिन्न तहका प्रतिनिधिसँग पोखरा विमानस्थलको बारेमा कुरा भएको छ ।

चीनले ५ वर्षअघि नै प्रतिबद्धता जनाएको तर सहयोग परिचालन नभएको करिब ३९ अर्ब अनुदान रकमबाटै ऋण मोचन गर्ने विकल्पमाथि समेत छलफल भइरहेको छ । चीनले ऋणलाई अनुदानमा परिणत गर्ने नीति नरहेका कारण नेपालको प्रस्तावलाई स्वीकार गरिसकेको छैन ।

यद्यपि यसअघि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको चीन भ्रमणका बेला समेत योसहित विभिन्न विकास आयोजनाहरूको कामका बारेमा विस्तृतमा छलफल भएको थियो ।फेरि प्रधानमन्त्रीको भारत वा चीन भ्रमण अघि नै भारतका स्थल सेना प्रमुख जनरल उपेन्द्र द्विवेदी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख अमृतमोहन प्रसाद पनि नेपाल आउने तय भएको छ।

द्विवेदी चारदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा द्विवेदी मंसिर ५ मा नेपाल आउन लागेका हुन्। नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेना प्रमुख जनरल द्विवेदीलाई काठमाडौँ ओर्लेको भोलिपल्ट अर्थात् मंसिर ६ मा राष्ट्रपति रामचन्द्र पौडेलले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको जंगीअड्डाले विज्ञप्तिमार्फत जनाएको छ।

यस्तै एसएसबीका प्रमुख पनि सीमा सुरक्षासँग सम्बन्धित रहेर समन्वयात्मक बैठकका लागि नेपाल आउदैछन् । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठक यो पटक काठमाडौँमा हुने भएकाले उनी नेपाल आउन लागेका हुन्। समन्वय बैठक दुई दिनसम्म चल्नेछ।

भदौ ५, ६ र ७ गते काठमाडौँमा तय गरिएको सीमा सुरक्षासम्बन्धी आठौँ समन्वय बैठक बंगलादेशको राजनीतिक घटनाक्रमलाई देखाएर भारतका तर्फबाट स्थगित गरिएको थियो। यतिबेला भारतीय सशस्त्र सीमा बलका महानिर्देशकको समय मिलेको जानकारी आएपछि मंसिर १ र २ गते काठमाडौँमा बैठक गर्न लागिएको हो।

यी दुई सुरक्षा अधिकारीको नेपाल भ्रमणलाई समेत महत्वका साथ हेरिएको छ। सरकार सञ्चालनको चार महिना पुगे पनि भारतबाट भ्रमणको निम्तो नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीकोे चीन भ्रमणको गृहकार्य सुरु भएको थियो । प्रधानमन्त्री ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को उच्चस्तरीय प्रतिनिधिमण्डल मंगलबार बेइजिङतर्फ लागेको छ ।

एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको टोलीले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा वरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको हो ।

प्रतिनिधिमण्डलमा पार्टी सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीलगायत छन् । चिनियाँ राष्ट्रपति सी जिङपिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आगामी १७ मंसिर (२ डिसेम्बर)मा चीनको राजधानी बेइजिङ जाने तय भएको छ। १७ देखि २१ मंसिरसम्म प्रधानमन्त्री ओलीको चीन भ्रमण तय भएको छ ।

पछिल्लोपटक संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका बेला प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेट भएको थियो । सोहीबेला चिनियाँ विदेशमन्त्री यीले डिसेम्बर पहिलो साता चीन भ्रमण हुने भएकाले सो समयमा अन्य कार्यक्रम नपार्न प्रधानमन्त्री ओलीलाई भनेका थिए ।

चिनियाँ विदेशमन्त्री यी राष्ट्रसंघको महासभाबाट बेइजिङ फर्किएपछि राष्ट्रपति सीसँग ओलीको भ्रमण बारे छलफल गरेका थिए । त्यसलगत्तै बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयले नेपालस्थित चिनियाँ दूतावासलाई प्रधानमन्त्री ओलीको भ्रमणका लागि औपचारिक पत्र पठाएको थियो ।

तर, नेपाली कांग्रेससहितका दलहरूका नेताले दिल्लीले हालसम्म नेपालका प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो नदिनुले भारतसँगको ‘विगतमा देखिएको तिक्तता समाधान नभएको’ छनक मिलेको टिप्पणी गरिरहेका छन् ।

चौथोपटक सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीले सत्ता सम्हालेको केही दिनमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । त्यसपछि मोदीलाई निम्तो गर्ने प्रयोजनसहित उनले परराष्ट्रमन्त्री आरजु राणालाई दिल्ली पठाएका थिए ।

तर, भारतले ओलीलाई भ्रमणको निम्तो दिएको थिएन । दिल्लीमा अभूतपूर्व स्वागत पाएकी राणाले भारतीय प्रधानमन्त्रीले नेपालको निम्तो स्वीकार गरेको बताएकी थिइन् । तर, भारतबाट भ्रमणको निम्तो नपाएपछि प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको तयारी अघि बढाउन निर्देशन दिएका थिए ।

सोहीनुसार तयारी पनि भयो । उनको चीन भ्रमण तय भएपछि अहिले दुवै पक्षबाट तयारी तीव्र रूपमा भइरहेको छ । यस बीचमा भारतबाट भ्रमणको निम्तो आएको भनिएको छ । चीन भ्रमण तय भएपछि परराष्ट्रमन्त्री आरजु राणा र नेपालका लागि चिनियाँ राजदूत छन् सोङका बीचमा सोमबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका विषयमा भेटमा छलफल भएको थियो । प्रधानमन्त्रीको चीन भ्रमणको संयोजनको जिम्मा पनि मन्त्री राणाले पाएकी छन् । प्रधानमन्त्री ओलीको चीन भ्रमणको पूर्वतयारीका लागि परराष्ट्रमन्त्री राणा मंसिर दोस्रो साता चीन जाने भएकी छन् ।

परराष्ट्रमन्त्री राणा मंसिर दोस्रो साता चीन जानेगरी मन्त्रालयले तयारी थालेको छ । यसअघि भारत भ्रमणबाट २१ मंसिरमा नेपाल फर्किएका ऊर्जामन्त्री दीपक खड्काले पनि भारतले प्रधानमन्त्री ओलीलाई जुनसुकै बेला भ्रमणमा बोलाउनसक्ने बताएका थिए ।

मन्त्री खड्काले भारतले प्रधानमन्त्री ओलीलाई भ्रमणमा बोलाउनेगरी तयारी थालेको बताएका थिए । यस्तो अवस्थामा अब चीनको भ्रमण तयारी थालेर ओली भारत जान्छन् कि पहिला चीन नै जान्छन्। यसका लागि भने भ्रमणको औपचारिक घोषणा र मिति सार्वजनिक हुन्जेलसम्मका लागि प्रतिक्षा गर्नुपर्नेछ ।

प्रधानमन्त्रीको चीन भ्रमणको तयारीका बीच भारतबाट आएको भनिएको भ्रमणको निम्तो र प्रचण्डले ओलीले चाइना कार्ड खेलेको भन्ने अभिब्यक्तिबारे तपाईका विचार अवश्य ब्यक्त गर्नुहोला।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top