×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

अमेरिकामा आप्रवासीलाई निकाल्न सेना प्रयोग, ट्रम्पले गरे यस्तो घोषणा

४ मंसिर २०८१

४ कार्तिक , एजेन्सी ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेनाको प्रयोग गर्ने योजना बनाएको बताएका छन् ।

राष्ट्रपति जो बाइडनको प्रशासन कालमा गैरकानुनी रूपमा आप्रवासीको सङ्ख्या बढेपछि ट्रम्पले कागजातविहीन लाखौँ आप्रवासीलाई देश निकाला गर्ने र मेक्सिकोसँगको सीमालाई व्यवस्थित बनाउने बताएका थिए ।

सोमबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक कन्जरभेटिभ कार्यकर्ताको हालैको पोस्टलाई पुनः पोस्ट गरेका छन् । पोस्टमा भनिएको छ, ‘नवनिर्वाचित राष्ट्रपति ‘राष्ट्रिय आपत्काल घोषणा गर्न तयार हुनुहुन्छ र सामूहिक निर्वासन कार्यक्रम अघि बढाउन तयार हुनुहुन्छ।’

पुनः पोस्ट गरेसँगै ट्रम्पले उक्त कुरा ‘साँचो’ भएको उल्लेख गरेका छन् । गत नोभेम्बर ५ मा डेमोक्र्याटिक उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्पले अमेरिकी राष्ट्रपति पदमा पुनः निर्वाचित भएका थिए ।

उनले अध्यागमन र भन्सार प्रवर्तनका पूर्व कार्यवाहक प्रमुख टम होमनलाई आफ्नो ‘सीमा जार’का रूपमा नामकरण गर्दै आप्रवासनबारे कट्टरपन्थी सोच राख्ने सदस्यहरूको एक क्याबिनेटको घोषणा गरेका छन् ।

गत जुलाईमा रिपब्लिकन नेसनल कन्भेन्सनमा उपस्थित भएर उनले समर्थकहरूलाई भनेका थिए, ‘मैले लाखौँ अवैध आप्रवासीलाई एउटा सन्देश दिन चाहन्छु कि जो बाइडनले भित्राएका उनीहरूलाई फिर्ता पठाइनेछ।’

अधिकारीहरूका अनुसार संयुक्त राज्य अमेरिकामा करिब एक करोड १० लाख मानिस गैरकानुनी रूपमा बसिरहेका छन् । ट्रम्पको निर्वासन योजनाले करिब दुई करोड परिवारमा प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ ।

अमेरिकी सरकारले मेक्सिकोसँगको दक्षिणी सीमा व्यवस्थापनका लागि वर्षौंदेखि संघर्ष गरिरहेको बेला ट्रम्पले आप्रवासीहरूले अमेरिकीहरूलाई बलात्कार र हत्या गर्ने गरेको दाबी गरेका छन्। आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले पटकपटक गैरकानुनी आप्रवासीविरुद्ध आवाज उठाएका थिए ।

ट्रम्पले आफ्नो आप्रवासन कारबाहीको बारेमा विस्तृत विवरण दिएका छैनन् तर आफ्नो चुनावी अभियानका क्रममा बारम्बार निर्वासनलाई गति दिन ‘एलियन एनिमिज एक्ट १७९८’ लागू गर्ने वाचा गरेका थिए ।

ट्रम्पले यस अगाडि नै कार्यभार सम्हालेको पहिलो दिनमै अमेरिकी इतिहासको सबैभन्दा ठूलो देश निकाला कार्यक्रम सुरु गर्ने वाचा गरेका छन्। राष्ट्रपतीय चुनावको अन्त्यतिर म्याडिसन स्क्वायर गार्डेनमा भएको ¥यालीमा उनले हरेक सिटी र गाउँलाई अपराधीहरूले कब्जा गरेको ठाउँबाट मुक्त गराउने तथा हिंस्रक अपराधीहरूलाई जेल हालेर सकेसम्म चाँडो देश निकाला गर्ने बताएका थिए ।

पहिले नै उनले आप्रवासन नीतिमा कठोर दृष्टिकोण राख्ने व्यक्तिहरूलाई प्रमुख क्याबिनेट पदहरूमा चयन गरिसकेका छन्। साउथ डाकोटाका गभर्नर क्रिस्टी नोएमलाई होमल्याण्ड सेक्युरिटी सेक्रेटरी बनाउने घोषणा गरिएको छ, जुन सिनेटले अनुमोदन गर्नुपर्नेछ।

पूर्व अमेरिकी आप्रवासन तथा सीमा संरक्षण निर्देशक टम होम्यानलाई सिमाना प्रमुख बनाइने भएको छ । होम्यानले यसअघि आफ्नो व्यापक देश निकाला कार्यक्रमको योजना व्यक्त गरेका थिए, जसले अपराधी र राष्ट्रिय सुरक्षामा खतराका रूपमा चिनिएका व्यक्तिहरूलाई पहिले देशनिकाला गर्नेमा केन्द्रित गर्नेछ।

उनले परिवारसहित देश निकाला गर्ने कुरालाई पनि नकारेका छैनन्। यो साता उनले योजनाको अन्तिम तयारी गरिरहेको बताएका थिए । चुनावी अभियानका क्रममा ट्रम्पले नेशनल गार्डलाई पनि देश निकाला कार्यमा प्रयोग गर्ने बताएका थिए।

यस कदमले अमेरिकामा सैन्य भूमिकामा ठूलो परिवर्तन ल्याउन सक्ने विज्ञहरूले बताएका थिए। ट्रम्पले विदेशस्थित सैनिकहरूलाई अमेरिका मेक्सिको सीमामा तैनाथ गर्ने प्रस्तावसमेत गरेका थिए। अमेरिकामा अनुमानित ११ मिलियन कागजात नभएका आप्रवासीहरू छन्।

उनीहरूको देश निकाला गर्नका लागि वार्षिक अरबौं डलर खर्च हुनसक्ने अमेरिकी आप्रवासन काउन्सिलको अनुमान छ। साथै व्यापक रूपमा देश निकाला गर्दा कर राजस्वमा हानि र श्रमिकहरूको अभावले अर्थतन्त्रमा पनि असर पर्नसक्छ। ट्रम्पको आप्रवासन र व्यापक देश निकाला योजनाले अमेरिकी कृषि उद्योगमा प्रभाव पार्नसक्ने अनुमान गरिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top