×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दुर्गा प्रसाईं अझै भन्छन् ओलीविरुद्धका प्रमाण सत्य, छानविनको माग

९ मंसिर २०८१

९ मंसिर , काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा ३२ अर्ब रुपैयाँ लगानी रहेको प्रमाण आफूसँग रहेको भनी सामाजिक संजालबाट सार्वजनिक गरेपछि प्रधानमन्त्रीविरुद्ध दूष्प्रचार गरेको भन्दै प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले समर्थकलाई सम्बोधन गरेर लामो पत्र लेखेका छन् ।

Advertisement
Advertisement

उनले आफ्नो हिरासतको अनुभूतिसहितको पत्र सचिवालयमार्फत आफ्नो फेसबुकबाट सार्वजनिक गरेका हुन् । पत्रमा उनले आफूले सार्वजनिक गरेका प्रमाण सय प्रतिशत सत्य रहेको दाबी गरेका छन् ।

उनले भाग.१ (कम्बोडियाको टेलिकममा लगानी ) शीर्षकमा लेखेका छन्, प्रधानमन्त्री केपी शर्मा ओली संग जोडिएको कम्बोडियाको टेलिकम एक्जिएटामा ओलीको लगानी भन्ने प्रमाणको आधारमा कम्बोडियामा प्रधानमन्त्रीको २१ करोड अमेरिकी डलर लगानी रहेको कुरा बाहिर सतहमा ल्याए ।यसको लागि मैले आफ्नो समय र धनको लगानी गरे। नेपाली जनता माझ नेपाल सिध्याउने व्यक्तिको मुखुण्डो उतार्न पाउदा म आज अत्यन्त हर्षित छु। मलाई थाहा छ भ्रष्टहरुको सत्ता निर्मम हुन्छ। उनीहरुले राज्यका सबै अंगलाई आफ्नो नियन्त्रणमा लिएर भ्रष्टाचारको दायरालÞाई आफू केन्दित गर्छन्। उनीहरुका बिरुद्धमा सत्ताको कुर्सि हल्लाउन सक्ने जो कोहि देश भक्तलाई अनेकन आरोपमा हिरासत र अन्तत जेल भित्र सडाउने षडयन्त्र रचिन्छ। जसको परिणाम स्वरुप भ्रष्टको मुखुण्डो उतार्ने हिम्मत गरेकोमा निवास बाटै म पक्राउ परे। मलाई थाहा छ हिजो हिजो राणा कालमा राणा बिरुद्ध बोल्ने,पंचायतकालमा पंच सरकार बिरुद्ध बोल्ने र आज केपी ओलीका काला कर्तुत बिरुद्ध भण्डाफोर गरेर बोल्ने जो कोहीलाई बन्दुक धारी बर्दिवाला प्रहरीको दुरुपयोग गरेर पक्राउ गरिन्छ भन्ने कुरामा म पूर्ण रुपमा विश्वस्थ नै थिए।सोहि बमोजिम म आफ्नै निवास बाट पक्राउ परे। क्रुर अलोकतान्त्रिक हिटलर प्रवृत्तिको शासक ओलीको नजरमा म मात्रै होइन आज रवि लामिछाने पनि त ओलीको नजरमा आँखाको कसिङ्गर भएका छन्।नक्कली भुटानी शरणार्थी काण्डमा ओलीका स्वकीय सचिब राजेश बज्राचार्य हुँदै काण्ड ओली निवास प्रवेश गर्न थालेपछि रामेस्वर थापाको घरमा आधा रातमा कसरी भ्रष्टहरुको सरकार बन्यो भन्ने तपाई हामी सबैले बुझेकै छौं। जसको प्रतिफल रवि लामिछानेले भोगिरहनु भएको छ। आज मैले भोगिरहेको छु र सुन्दै छु केहि समयामा नै बालेन लाई पनि षड्यन्त्रको सिकार बनाइदै छ। मलाई विश्वास छ मैले सार्वजनिक गरेको प्रमाण १००% सत्य हो।

चार वर्ष अगाडि यहीं बिषय एक बिदेशी मिडियाले सार्वजनिक गरेको थियो। ग्लोवल वाच एनालाइसिस देखि नेपालका शासकका बारेमा अध्यन गर्ने अन्तराष्ट्रिय थिङ्क ट्याङ्कले केपी ओली एसियाकै भ्रष्ट नेताको रुपमा प्रमाणित गरेका थिए। एकाएक केपी ओलीको कम्बोडियाको टेलिकममा लगानी भनेर समाचार सार्वजनिक गर्ने मिडियालाई तत्कालिन समयमै वालुवाटार बोलाएर ओलीले अन्तरवार्ता दिएका छन्।

गाइगुइ हल्ला सुनिएको थियो अन्तर्वार्ता संगै उक्त पत्रकारलाई समाचार लुकाउन झोला भरेर खजाना समेत दिइएको थियो। आज कार्यपालिका,व्यवस्थापिका र न्यायपालिका मात्रै होइन राज्यको चौथो अंग पत्रकारिता समेत ओलीको मुठ्ठी भित्र कैद छ। मुलधारका मिडियाका मालिकहरु पत्रकार माथि कन्टेन्टमा कैची लगाउन सिपालु छन्। किनकि मूलधारका मिडियाका मालिक नै सत्ता र शक्तिका वरिपरि रहेर अन्तराष्ट्रिय जासुस र एजेन्टका रुपमा देश द्रोही काम गरिरहेका छन्।

पत्रको सुरुवातमा उनले लेखेका छन्, , ‘हिरासत नजाँदा सम्म सरकारले सत्य बोलेकोमा सजाय स्वरूप उपहार दिन कतिबेला भ¥याङ चढेर आउँछ अनि हिरासत लिएर जान्छ भन्ने कौतुहलता हुँदोरहेछ। अन्ततः हिरासतमा आइसकेपछि क्षणिक कौतुहलता मेटिएर जाँदो रहेछ अनि एकाग्र र अनगिन्ती प्रश्नले मन पिरोलिँदो रहेछ।’ उनले हिरासत भित्रको अँध्यारो कोठाभित्र आफूले हिजो मात्रै बिपी (बिपी कोइराला) को आत्म वृत्तान्त पढेर सकेको बताएका छन् । ‘मलाई बिपीको आत्म वृत्तान्त खुब मन प¥यो र आत्म वृत्तान्त पढेर सक्दा एकोहोरो उहाँमा असीमित सम्मान जागेर आएको छ’, उनले भनेका छन् ।लाउँलाउँ र खाउँखाउँको यौवन अवस्थादेखि बिपीले दक्षिण एसियाका नागरिकको मुक्तिका लागि आफ्नो जीवन समर्पित गरेको पुस्तकबाट आफूले थाहा पाएको प्रसाईंको भनाइ छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिएको कम्बोडियाको लगानीबारे आफूले आफ्नो समय र धनको लगानी गरेको दाबी गरेका छन् । उनले पत्रको अन्त्यमा लेखेका छन्, म माथि अनाबस्यक झुटा मुद्दा थोपरेर थप प्रताडित बनाउने र आफ्नो देश लुट्ने धन्दामा कोहि बाधक बाकि नराख्ने कुनियोजित खेलमा ओली छन्। मलाई विस्वास छ सम्मानित न्यायालयले कुनै दबाब र प्रभाबमा नपरिकन न्यायको पक्षमा फैसला गर्ने छ। जुन गर्दै आइअरहेको छ। मेरो बिपक्षी दल प्रति पनि अनुरोध छ, नेकपा माओवादी केन्द्र,राप्रपा,रास्वपा र कांग्रेस भित्रका राष्ट्रवादी साथीहरुले केपी ओलीको कम्बोडिया लगानीको छानविनको लागी गैरराजनैतिक छानविन समिति निर्माणमा आवाज उठाउने छन्। यो बिषय केवल दुर्गा प्रसाईको बिषय मात्रै नभएर देशमा मौलाएको भ्रष्टाचार नियन्त्रण राष्ट्रिय मुद्दा भएकाले सबैले यसमा साथ दिनुहुनुहुन्छ भन्ने पूर्ण विस्वास लिएको छु।

मंसिर ४ गते पक्राउ परेका प्रसाईंमाथि ‘फेक डकुमेन्ट’को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको अभियोग लागेको छ। प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम उनीमाथि अनुसन्धान भइरहेको छ । प्रहरीले भने प्रारम्भिक चरणमा नै प्रधानमन्त्रीविरुद्धमा भनिएका प्रमाण नक्कली रहेको बताइसकेको छ । ओली अघिल्लो पटक प्रधानमन्त्री बन्दा समेत प्रसाईंले यस्तै आरोप लगाएका थिए ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

सम्बन्धित खबरहरु

Scroll to Top