×

NEPAL TIMES UPDATES

Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026

कर्जामा डुब्यो सुपरपावर, अमेरिकीको टाउकोमा १ लाख डलर ऋण

९ मंसिर २०८१

९ मंसिर , एजेन्सी ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र र सुपर पावर मानिने अमेरिका समेत अहिले आफ्नो बढ्दो ऋणका कारण चिन्ताको सामना गरिरहेको छ । अमेरिकामाथि यतिबेला ३६ खर्ब डलरभन्दा धेरैको कर्जा छ । यसलाई लिएर मानव इतिहासकै सबैभन्दा धनी, टेस्लाका सीईओ एलन मस्कले हालै आफ्नो सोशल मीडिया प्लेटफर्ममा चेतावनी दिएका छन् ।

Advertisement
Advertisement

जसमा उनले अमेरिका टाट पल्टिने संघारमा रहेको उल्लेख गरेका छन् । उनको यो भनाइ यस्तो बेला आएको हो, जतिबेला देशको बढ्दो ऋणका बारेमा चर्चा तिब्र बनेको छ । यो ऋणको बोझ अमेरिकी सरकारका लागि एक ठूलो चुनौती बनेको छ ।

अमेरिकाका नयाँ राष्ट्रपति चुनिएका डोनाल्ड ट्रंपद्वारा गठित सरकारी दक्षता विभागका अनुसार, अमेरिकी सरकारले आर्थिक वर्ष २०२३ का दौरान ४.४७ खर्ब डलरको राजस्व संकलन गर्यो । जबकि उसले ६.१६ खर्ब डलर खर्च गरेको थियो ।

जसका कारण २.३१ खर्ब डलरको घाटा भयो । शनिवार सोशल मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा डजले खुलासा गर्यो कि अमेरिकामाथि रिण केवल चार महिनामा १ खर्ब डलर बढेको छ, जसले वित्तीय अस्थिरताको चिन्ताहरु बढाएको छ ।

सरकारी दक्षता विभागले यो कुरामा जोड दिएको छ कि अमेरिकाले २००१ पछि बजेट अधिशेष देखेको छैन र यो प्रवृत्ति उल्टनका लागि तत्काल कारबाहीका लागि आग्रह गरेको छ । यो डेटामाथि टिप्पणी गर्दै एलन मस्कले भने ‘अमेरिका तिब्र रुपले मन्दी तर्फ बढीरहेको छ ।’

उनको बयानले पनि अमेरिकाको राजकोष नीतिहरुको स्थिरताका बारेमा बढ्दो चिन्ताहरुलाई देखाउछ । जसले अब हरेक अमेरिकी नागरिकमाथि १ लाख डलरभन्दा धेरै रिणको बोझ छ । बढ्दो ऋण संकटलाई रोक्नका लागि डोनाल्ड ट्रंपले डज मार्फत सरकारी खर्चमा ५०० अर्ब डलर कटौती गर्ने योजनालाई आगाडी राखेको छ।

एलन मस्क र उद्यमी विवेक रामास्वामीको अगुवाई भएको विभागलाई स्वास्थ्य सेवा, बच्चहरुको अनुदान र नासाको बजेटसहित कयौं क्षेत्रहरुमा खर्चलाई कम गर्ने काम सुम्पिइएको छ । राष्ट्रपति चुनिएका ट्रंपले नयाँ विभागको नेतृत्वमा भरोसा जाहेर गर्दै भने, यी दुई दूरदर्शीले नौकरशाही अन्त्य गर्ने, अत्यधिक विनियमनमा कटौती गर्ने, अनावस्यक खर्चलाई कम गर्ने र संघीय एजेन्सीहरुको पुनर्गठनको मार्ग प्रशस्त गर्नेछन् ।

अमेरिकामा संघीय सरकारमाथि ३६ खर्ब डलरभन्दा बढीको ऋण रहेको तथ्यले देशको आर्थिक चुनौतीलाई देखाउँछ। यो ऋणको प्रमुख कारणहरूमा धेरै खर्च (जस्तै सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, रक्षा) र आयभन्दा कम राजस्व (कर संकलन) समावेश छन्।

Advertisement

यो ऋणले ब्याज तिर्नका लागि ठूलो रकम आवश्यक पर्नुका साथै भविष्यमा आर्थिक संकटको जोखिम बढाउँछ। सरकारलाई खर्च घटाउन, कर सुधार गर्न, र आर्थिक स्थिरता कायम राख्न प्रभावकारी रणनीतिहरूको खाँचो औंल्याइएको छ।

भर्खरको समाचार

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

Scroll to Top