रवि हिरासत बस्ने छन् ५१ दिन, कति छ बाँकी अनुशन्धान ?

८ मंसिर ८१, आइतबार

९ मंसिर ,काठमाण्डौ।

सहकारीको वचत रकम अपचलनको अभियोगमा गएको कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेले प्रहरीलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

यसअघि कार्तिक २५ मा उनलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । उनीमाथि पोखराको सुर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Advertisement

रवि लामिछानेसँगै पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईलाई पनि १५ दिन थुनामा राख्न अनुमति दिएको छ । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको कास्की प्रहरी उनलाई पाँचौँपटक म्याद थपका निम्ति अदालतमा पेस गरेको थियो ।

यसअघि, गएको कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो । उक्त म्याद सकिएपछि उनलाई आइतबार अदालतमा उपस्थित गराइएको थियो । काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई अदालतले पहिलोपटक ६ दिन म्याद दिएको थियो ।

दोस्रोपल्ट सात, तेस्रोचोटि १० र चौथोपटक १३ दिनको म्याद दिइएको थियो । पाँचौँपल्ट म्याद थपपछि उनलाई काठमाडौं ल्याउने प्रहरीको तयारी छ । उनीसँगै पूर्वडीआईजी छविलाल जोशीलाई म्याद थपका निम्ति अदालत लगिएको थियो ।

पूर्वडीआईजी जोशीमाथि पनि १५ दिन म्याद थप भएको छ । यो म्यादको अवधिमा समेत गरेर रविको हिरासत बसाई ५१ दिन हुनेछ । सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रतिवादीलाई ९० दिनसम्म प्रहरी हिरासतमा राख्न सकिने व्यवस्था छ ।

सहकारी ठगीसम्बन्धी ऐनमा अभियुक्तलाई २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइन्छ। यस्तै संगठित अपराधमा ६० दिन र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ऐनमा अभियुक्तलाई ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइने कानुनी प्रावधान छ।

उक्त समयभित्र अभियुक्तमाथि अनुसन्धान पूरा गरेर अदालतमा अभियोजन दर्ता गरिसक्नुपर्ने हुन्छ । कानून व्यवसायीहरुका अनुशार सहकारी ठगीमा २५ दिन, संगठित अपराधमा ६० दिन र सम्पत्ति शुद्धीकरणमा ९० दिन जोडेर १७५ दिन हिरासतमा राख्न सकिदैन् ।

एउटै हिरासतभित्र तीनवटै कानुनअन्तर्गत अनुसन्धान भएकाले रविमाथिको अधिकतम समय भनेको ९० दिन मात्र हो। अहिलेसम्म सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा देखिएका कागजात र प्रमाण देखाएर लामिछानेसँग बयान लिइएको छ।

अनुसन्धानका बाँकी काम भनेको लामिछानेको मोबाइल परीक्षण गर्न फरेन्सिक ल्याब पठाएको र उक्त परीक्षण प्रतिवेदन आउन बाँकी रहेको, घरजग्गा, सम्पत्ति, सेयर र बैंकिङ कारोबारको विवरण आउन बाँकी रहेको उल्लेख छ।

उक्त प्रतिवेदन आएपछि प्रमाण देखाएर लामिछानेसँग थप बयान लिने तयारी छ। लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराध ऐन आकर्षित हुँदैनथ्यो भने सहकारी ठगीको अभियोजन पेस गर्ने समय भने बितिसकेको छ ।

अदालतमा अभियोजन दर्ता गरेपछि लामिछानेसहित अभियुक्तहरूलाई पुर्पक्षका लागि कारागार पठाउने कि हाजिरी जमानीमा छाड्ने भनेर अदालतले निर्णय गर्नेछ । सुर्यदर्शन सहकारी ठगीमा मुछिएका १९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्धा विचाराधीन छ।

सुर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वडिआइजी छविलाल जोशी हिरासतमा बसेको पनि आइतबार ६८ दिन पुगिसकेको छ । सम्पत्ति शुद्धीकरण ऐनअनुसार अब आज थपिएको १५ दिनपछि अधिकतम ७ दिनमात्र हिरासतमा राख्न पाइन्छ।

त्यसअघि नै चारै जनाविरुद्ध अदालतमा अभियोग दर्ता गर्ने सरकारी वकिलको तयारी छ। रविलाई अब काठमाडौं र त्यसपछि रवि र छविललाई नै चितवन लैजाने प्रहरीको तयारी छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top