चीनले टापुमा हमला गरे कसरी रोक्ने? अमेरिकाले बनायो योजना

९ मंसिर , एजेन्सी ।

चीन र ताइवानबीच बढीरहेको तनावलाई लिएर हालै अमेरिकी कांग्रेस समिति र थिंक ट्यांकद्वारा युद्ध सिमुलेशनको आयोजना गरे । सो कार्यक्रमले यदि चीनले ताइवानमा हमला गर्छ भने त्योबेला ताइवानले स्वयंलाई बचाउनका लागि कमसे कम एकदुई महिनासम्म एक्लै लड्नु पर्ने निश्कर्ष निकालेको छ ।

त्यसपछि मात्रै अमेरिकाले आफ्नो सेनालाई पठाउन सक्छ । यो सिमुलेशन अमेरिकी हाउस सेलेक्ट कमेटी र सेंटर फर स्ट्राटेजिक एंड इंटरनेशनल स्टडीज (सीएसआईएस) द्वारा गरिएको थियो, जसको उद्देश्य ताइवानमा चिनियाँ हमलाका परिणामहरुको मूल्यांकन गर्नु थियो ।

अमेरिकी युद्ध सेमुलेशनको नेतृत्व कर्ता र सीएसआईएसका रक्षा विशेषज्ञ मार्क क्यानसियनले बढ्दो युद्धको आशंकामा प्रकाश पारे । उनले भने, ताइवानको पहाडी इलाका चिनियाँ सेनाका लागि चुनौतीपूर्ण छ ।

किनभने त्यहाँ दुई संकीर्ण तटीय करिडोर छन्, जसले ताइवानमा कब्जा गर्न कठिन हुनजान्छ । उनले ताइवानको सेना उत्तरमा तैनाथ रहेको, जो एक महत्वपूर्ण औद्योगिक क्षेत्र पनि हो र यसले चीनका लागि एक रणनीतिक समस्या पैदा गर्न सक्ने पनि उनले बताएका छन् ।

चीनको युद्धमा विकल्प उल्लेख गर्दै क्यानसियन भने, चीनसंग दुई विकल्प छन् । पहिलो, उसले उत्तरबाट ताइवानमा हमला गर्न सक्छ तर यसमा कडा प्रतिरोध मिल्नेछ । र दोस्रो उसले दक्षिणबाट हमला गर्नसक्छ, जहां सैनिकहरुलाई उर्तान पनि सहज हुने छ ।

यदी चीनले उत्तरबाट हमला गर्छ भने त, उसलाई ताइपेइमा कब्जा गर्न मुश्किल हुनेछ । यसका साथै क्यानसियनले ताइवानलाई छिटै नै चीनले घेरा हाल्न सक्ने पनि बताए । साथै अमेरिकालाई चीनको सो नाकाबंदी तोड्न मै तीनदेखि चार साता लाग्नेमा पनि जोड दिएका छन् ।

सिमुलेशनमा यदी चीनले दक्षिणबाट हमला गर्यो भने त पीपुल्स लिबरेशन आर्मीले ताइवानको कुनै बंदरगाह वा हवाई अड्डमा छिटै नै कब्जा गर्न आवस्यक रहेको पनि बताइएको छ । किनभने अमेरिका र जापान मिलेर चीनका जहाजहरुलाई निशाना बनाउने छन् ।

यदी ती जहाजहरु नष्ट भए भने चिनियाँ सेनालाई ताइवानमा सैनिकहरु पठाउन मुश्किल पर्नेछ । यद्यपि, क्यानसियनले के पनि भनेका छन् भने, अधिकांश परिदृश्यहरुमा अमेरिकी र जापानी सेनाहरुले जित्ने छ । तर भारी लागतमा ।

यसका साथै क्यानसियनले ताइवानलाई सुदृढ गर्नका लागि अमेरिकी प्रयास पहिला विफल हुन सक्ने पनि बताएका छन् । किनभने ताइवानको चारैतर्फ चीनको कडा नाकाबंदी हुनेछ र ताइवानले युद्धको पहिलो एक वा दुई महिना एक्लै लड्नु पर्नेछ ।

क्यानसियनले ताइवानलाई सहयोगका लागि ५०० हार्पून मिसाइल दिइनु पर्ने पनि बताएका छन् । जसलाई मोबाइल लन्चरमा तैनाथ गर्न सकिन्छ ताकि ताइवान बिना अमेरिकी स्थल सेनाको सहयोगमै चिनियाँ जहाजहरुमा हमला गर्न सक्छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top