सुनको भाउ एकैदिन १५ हजारले कसरी घट्यो ?

९ मंसिर ८१, सोमबार

१० मंसिर,काठमाण्डौ  ।

सरकारले भन्सार दर घटाँएपछि सुनको भाउ एकैदिन तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । सुनको भाउमा एकैदिन यति ठूलो अन्तरले घटेको यो संभवत पहिलो पटक हो।

अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो । सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सोअनुसार सोमबारदेखि मूल्य समायोजन गरिएको महासंघका अध्यक्ष अर्जुन रसायलीले बताएका छन् ।

सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सो दरको प्रभाव सोमबार नै परेको हो । भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाउने निर्णय भएको भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले बताएका छन् ।

सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पु¥याएको थियो । आर्थिक वर्ष ०८१÷८२ को बजेटमा सरकारले भन्सार दर ५ प्रतिशतबाट बढाएर २० प्रतिशत बनाएको थियो ।

भन्सार बढेपछि व्यवसायीले घटाउन माग गर्दै आएका थिए । केही महिनाअघि नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णु पौडेलसँग भेटेर भन्सार दर समायोजन गर्न आग्रहसमेत गरेको थियो ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले पनि यसको पुष्टि गरेका छन् । भारतले आफ्नो बजेटमार्फत सुनचाँदीमा लाग्दै आएको भन्सार दर १५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको छ ।

नेपालले भने चालु आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सार दर ५ प्रतिशतले वृद्धि गरी २० प्रतिशत पु¥याएको थियो । यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो ।

खुला सीमाका कारण भन्सार दरबीच असन्तुलनले अवैध कारोबारले प्रोत्साहन पाएको महासंघले जनाएको थियो । भन्सार दरबीच भएको असन्तुलनले अवैध कारोबार हुने भन्दै भन्सार दर ८ प्रतिशत कायम गर्नुपर्ने महासंघले सुझाएको थियो ।

मन्त्रिपरिषद्ले १० प्रतिशत कायम गरिदिएको हो । सुन आयातको भन्सार दर घटेसँगै उपभोक्तालाई केही राहत भएको छ । अहिले कोटा प्रणालीअनुसार वाणिज्य बैंकलाई मात्रै सुन आयातको अनुमति छ ।

बैंकहरूले दिनको २० किलो सुन बिक्री गर्न पाउँछन् । त्यो सुन बिक्री गर्न सरकारले ‘सुन बिक्रीवितरण कार्यविधि÷निर्देशिका २०६८’ समेत बनाएको छ । तर सुनको भाउले कीर्तिमानीमाथि कीर्तिमानी बनाएको छ ।

जसले गर्दा बैंकहरूले कम मात्रामा मगाएका छन् । अब आयात हुने सुन भने भन्सार दरकै कारण केही सस्तो हुनेछ । रुस अनि युक्रेन र इजरायल अनि हमासबीचको युद्ध चर्किन थालेपछि सुनको भाउ बढेको छ ।

सुरक्षित लगानी खोज्न व्यवसायीहरूले सुनमा लगानी बढाएपछि मूल्य उकालो लागेको बताइन्छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top