×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

बालेन, हर्क गोपालसहितको वैकल्पिक शक्ति बन्ला ?

११ मंसिर २०८१

११ मंसिर , विराटनगर।

नेपालको पछिल्ला केही निर्वाचनका समयदेखि व्यापक वहस र चर्चामा आउने विषय हो वैकल्पिक शक्ति । यसलाई रटान लगाउने दलहरु भनेका चाँही ठूला राजनीतिक दलबाहेक प्राय सबै पर्दछन् । विवेकशील साझा होस् या जनमत, नागरिक उन्मुक्ति होस या राष्ट्रिय स्वतन्त्र अनि नयाँ शक्ति होस् या राप्रपा सबैले विभिन्न समयमा आफूलाई वैकल्पिक शक्तिका रुपमा अर्थाए ।

Advertisement
Advertisement

तर उनीहरुले भने जस्तो वास्तविक वैकल्पिक शक्ति उनीहरु बन्न सकेका छैनन् । वैकल्पिक शक्ति भनेको परम्परागत राजनीतिक दलहरूको विचार, शैली र कार्यप्रणालीभन्दा फरक र नयाँ विकल्प प्रस्तुत गर्ने दल हो। यी दलहरू प्रायः भ्रष्टाचार, दलीय स्वार्थ र पुराना संरचनागत कमीकमजोरीको विरोध गर्दै स्वतन्त्र, समावेशी र पारदर्शी राजनीति गर्ने उद्देश्य राख्छन्।

नेपालमा वैकल्पिक राजनीतिक शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), विवेकशील साझा पार्टी र केही स्थानीयस्तरका स्वतन्त्र राजनीतिक अभियानहरूलाई लिइन्छ। यी दलहरूले परम्परागत दलहरूको विकल्प दिने प्रयास गर्दै स्वच्छ राजनीति र सुशासनको एजेन्डा अघि सारेका छन्।

तर उनीहरु किन वास्तविक वैकल्पिक शक्ति बनेनन् त ? यही निष्कर्ष निकाल्दै वैकल्पिक शक्ति भनिएको रास्वपाबाटै निष्काशित पूर्व संस्थापक महामन्त्री मुकुल ढकालले वैकल्पिक शक्तिका लागि आह्वान गरेका छन् ।

र उनले यो वैकल्पिक शक्तिका लागि स्वतन्त्र मेयरहरु बालेन्द्र शाह, हर्क साम्पाङ, गोपाल हमाल र प्रतिनिधिसभा निर्वाचनमा सम्मानजनक पराजय ब्यहोरेका सागर ढकाललाई शसक्त शक्तिका रुपमा ब्याख्या गरेका छन् ।

अहिले विवेकशील, नयाँ शक्ति, साझासहितका पार्टी हुँदै रास्वपामा आएर शक्ति आर्जन गरेको वैकल्पिक शक्ति व्यक्तिवादका कारण धरापमा परेको भन्दै उनले नयाँ सिराबाट समझदारीको आह्वान गरेका छन् ।

उनले रास्वपा वैकल्पिक शक्ति बन्नेमा शंका ब्यक्त गर्दै उनले लेखेका छन्, नेपालको माया भएका आम नेपाली जनताको अहिलेको चिन्ता नै यही हो भन्ने ठहर गर्न सकिन्छ – के यो देशमा बेथिति र भ्रष्टाचारको जालो तोडेर सुशासन कायम हुन सक्दैन ? मेरो निक्र्योल छ – हुनसक्छ । त्यसका लागि हामीले तत्काल कदम चाल्नुपर्छ, वैकल्पिक राजनीतिको वकालत गरिरहनु भएका सबै जना एक ठाउँमा आउनु पर्छ । म आह्वान गर्न चाहन्छु, आउनुहोस् हामी सबै मिलेर यसलाई एउटा टुङ्गोमा पुर्याऔँ ।यसका लागि अहिले रास्वपाका केन्द्रीय समिति सदस्य रहनु भएका मेरा मित्रहरूलाई समेत म अनुरोध गर्न चाहन्छु, आउनुहोस्, एक वृहत् अभियानमा अब हामी जुटौँ । सँगसँगै विवेकशील अभियानका साथीहरू, वैकल्पिक राजनीतिको वकालत गरिरहनु भएका अभियन्ताहरू, स्वतन्त्र नागरिक अगुवाहरू, बौद्धिक नागरिक समाजका सदस्यहरू सबैलाई अब नयाँ शिराबाट वैकल्पिक राजनीतिक यात्रा तय गर्नका लागि एउटा खाका तयार पारेको छु, त्यसमाथि विमर्श गरेर अगाडि बढ्न म अनुरोध गर्न चाहन्छु । स्वतन्त्र उम्मेदवारका रूपमा राजनीतिमा आशा लाग्दा युवा नेताका रूपमा उदाएका बालेन, हर्क, गोपी, सागरजी लगायतका मित्रहरूलाई समेत म यो अभियानमा गोलबद्ध हुन अनुरोध गर्दछु ।

अहिले जनान्दोलन २०६२–०६३ र मधेस आन्दोलनअघिका दललाई ‘पुराना’ र त्यसयता स्थापना र विकास भएका दललाई ‘नयाँ’ भनिँदैछ । पुराना दल ‘देश बनाउन’ असफल भए पनि ‘दल बनाउन’ भने सफल देखिए । तर, नयाँ भनिएकाहरूले राम्रो ‘देश बनाउने’ त कुरै पर, आफ्नै राम्रो ‘दल बनाउने’ क्षमतासमेत देखाउन सकेनन् । हिजोको विवेकशील साझादेखि अहिलेको रास्वपासम्म आफ्नै भूमरीमा फसेका छन् । अहिले कांग्रेस, कम्युनिष्ट, राजावादी, मधेसकेन्द्रित र पहिचानवादी सबैलाई पुराना दल भनिँदैछ । नयाँ दल यी सबैको एकमुष्ट विकल्प दिने र वैकल्पिक राजनीति गर्ने दाबी गर्दछन् ।

२०६४ सालमा निर्वाचित पहिलो संविधानसभा असफल भएपछि पुराना दलप्रतिको मोह क्रमशः भङ्ग हुँदै वैकल्पिक राजनीतिको बहस प्रारम्भ हुन थालेको थियो । २०६६ सालको अन्त्यतिर पूर्वको इटहरीबाट डम्बर खतिवडा, केशव दाहाल, दिनेश श्रेष्ठ, मोहन तिम्सिना, डिल्लीराम सिग्देललगायतले ‘वैकल्पिक विचार मञ्च’ को माध्यमबाट यो विमर्शलाई अघि बढाएका थिए ।

ठीक यही समयमा विभिन्न देशमा नयाँ र वैकल्पिक भनिने दल र आन्दोलन देखा पर्न थालेका थिए । इटालीको फाइभ स्टार आन्दोलन, २०१३ को डेनिस दल ‘द अल्टरनेटिभ’, भारतको अन्ना हजारे आन्दोलन र अरविन्द केजरीवाल नेतृत्वको आम आद्मी पार्टी, पाकिस्तानमा क्रिकेटर इमरान खान नेतृत्वको तेहरिक–ए–इन्साफ पार्टी, फ्रान्समा राष्ट्रपति इम्मानुअल म्याक्रोनको ‘एन मार्श’ आदि यसका उदाहरण थिए ।

नेपालको वैकल्पिक राजनीतिको मैदानमा पहिलो दलका रूपमा भने उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल अघि आयो । त्यसपछि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी अघि आए । यी सबै विचार, आन्दोलन र दलका केही साझा चरित्र थिए । यिनले ‘परम्परागत राजनीति धेरै फोहोर भयो, फोहोरी राजनीतिलाई अब सफा गर्नुपर्छ’ भन्ने सोच अघि सारेका थिए । तर यिनीहरु आफू भित्रै हराउन पुगे ।

२०७० को दशकमा वैकल्पिक राजनीतिको नाममा अस्तित्वमा आएका ३ नयाँ समूह उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल, डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी अहिले असफलताको भारी बोकेर इतिहासमा थन्किएका छन् ।

‘विवेकशील नेपाली दल’ नयाँ पुस्ताको नयाँ पहलकदमी थियो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यो दल सामान्य चर्चामा आयो । यसले काठमाडौंका ४ वटा निर्वाचन क्षेत्रमा ‘कुकुर चिह्न’ लिएर स्वतन्त्र उम्मेदवार उठाएको थियो । उज्ज्वल थापा आफैँ काठमाडौं ५ मा उम्मेदवार बने तर, जित्न सकेनन् ।

२०७४ को स्थानीय निर्वाचनमा विवेकशील नेपाली दलले केही स्वतन्त्र उम्मेदवार उठायो । त्यसमध्ये काठमाडौं महानगरपालिको मेयरका उम्मेदवार बनेकी रञ्जु दर्शना विशेष चर्चामा रहिन् । उनले २३ हजार ४३९ मत प्राप्त गरेकी थिइन् ।

डा. बाबुराम भट्टराई, जो एक पूर्वकम्युनिष्ट तथा माओवादी जनयुद्धका नेता र पूर्वप्रधानमन्त्री थिए । २०७३ को जेष्ठमा उनले रङ्गशालामा ठूलो तामझामका साथ नयाँ शक्ति पार्टी घोषणा गरे । उनको पार्टी घोषणा कार्यक्रममा हजारौं मानिस सहभागी थिए । उनले वैकल्पिक राजनीतिको बाटो हिँड्ने प्रतिबद्धता गरेका थिए ।

तर, त्यसपछिको स्थानीय चुनावमा पुग्दा नपुग्दै नयाँ शक्ति पार्टीको क्रेज स्वात्तै घट्यो । २०७४ को आम निर्वाचनमा देशभरिबाट ८१ हजार ८३७ मत मात्र प्राप्त गर्न सक्यो । सङ्घीय संसद्को ३ प्रतिशत समानुपातिक थ्रेसहोल्ड त काटेन नै, गण्डकीबाहेक कुनै पनि प्रदेशमा १.५ प्रतिशतको प्रादेशिक थ्रेसहोल्ड पनि काट्न सकेन ।

‘साझा पार्टी’ का नेता रवीन्द्र मिश्र राजनीतिमा नयाँ भए पनि देशका स्थापित पत्रकार, लेखक तथा स्तम्भकार थिए । २०७४ सालको स्थानीय चुनावबाट यो दल मैदानमा आयो । विवेकशील नेपाली दलले झैँ साझा पार्टीले पनि स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दियो ।

काठमाडौं महानगरको मेयर र उपमेयरमा किशोर थापा र निरूपमा यादव, ललितपुर महानगरपालिकाको मेयर र उपमेयरमा रमेश महर्जन र शोभा शाक्यको उम्मेदवारी विशेष उल्लेखनीय रह्यो । २०७४ को आम निर्वाचनमा दुई दलको एकताबाट ‘विवेकशील साझा पार्टी’ बन्यो ।

२ लाख १२ हजार ३६४ मत प्राप्त गरी यो पाँचौँ ठूलो दल बन्न पुग्यो । तत्कालीन प्रदेश ३ (हालको बागमती) मा १ लाख २४ हजार ४४२ मत प्राप्त गरी चौथो ठूलो प्रादेशिक दल बन्न सक्यो । प्रदेश सभामा यस पार्टीका ३ जना सांसद छानिएका थिए । तर, त्यसपछिको छोटो अवधिमै यी तीनवटै दल ओरालो लाग्न थालिसेका थिए ।

अब विवेकशील, साझा र नयाँ शक्तिको असफलतापछि २०७९ को आम निर्वाचनबाट फेरि ३ नयाँ दलको उदय भएको छ । ती हुन् जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र रास्वपा । आजको मितिसम्म आइपुग्दा तीनवटै दल छोटो अवधिमै नयाँ प्रकारको विग्रह, अविश्वास र नैतिक सङ्कटमा फस्दै गएको देखिन्छ ।

यी तीनवटै दलले गत आम चुनावमा पुराना दलको विरोध गर्दै राजनीतिक विकल्प दिने प्रतिबद्धता गरेका थिए । तर, यो छोटो अवधिमा नै पुरानै दलको सिन्डिकेटको साझेदार बनेका छन् । रास्वपा दुई दुईपटक सरकारमा सामेल भइसकेको छ । जनमत पार्टी पनि सरकारमा समेल भएको छ ।

जस्तोसुकै गठबन्धनको प्रधानमन्त्रीलाई विश्वासको मत दिने गरेको छ । नागरिक उन्मुक्ति पार्टी विचित्र प्रकारको आन्तरिक विग्रहबाट गुज्रिरहेको छ । रेशम चौधरी आफूलाई यो पार्टीको वास्तविक नेता तथा महाधिवेशनबाट निर्वाचित अध्यक्ष ठान्दछन् । रञ्जिता चौधरी पार्टीको वैधानिक अध्यक्ष छन् ।

पार्टी संसदीय दल भने अर्कैतिर छ । दाबी गर्दैमा कुनै दल नयाँ र ‘विकल्प’ हुने हैन । त्यो उसको सोच, सङ्गठन, कार्यशैली, संस्थागत प्रक्रिया, नैतिक मूल्य, आन्तरिक लोकतन्त्र, राजनीतिक संस्कृति र परिणाममा देखिनुपर्ने हुन्छ । तर, नयाँ भनिएका दल र नेतृत्वमा पुरानैको जस्तो चरित्र देखिन्छ ।

उस्तै चरित्र, आचरण, कार्यशैली, नेतृत्व प्रणाली र नैतिक सङ्कट बोकेर नयाँ दल लामो अवधि टिक्न स्वाभाविक रूपमा सम्भव हुँदैन । नयाँ भनिएका दल पनि अर्को एक थान पार्टी मात्र बनेका छन् । पुराना दलको विरोध, आलोचना, गाली र निन्दा त गर्छन् तर, रचनात्मक पहलकदमीसहित विकल्प निर्माण गर्न सकेका छैनन् ।

यस्तो अवस्थामा वैकल्पिक शक्तिका रुपमा अहिले जनताले रुचाएका देखिएका बालेन, हर्क, गोपाल, सागरसहितको नाम नै उल्लेख गरेर मुकुलले गरेको आह्वान कति अर्थपूर्ण रहदा ? के नेपालमा फेरि अर्काे वैकल्पिक शक्ति जन्मन्छ ? आफ्ना विचार अवश्य ब्यक्त गर्नुहोला ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top