×

NEPAL TIMES UPDATES

Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026

एनपिएलको भोलि भव्य उद्घाटन,चिटिक्क पारियो स्टेडियम

१४ मंसिर २०८१

१४ मंसिर, काठमाण्डौ।

घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) भोलि शनिबार देखि काठमाडौँमा सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने एनपिएल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भोलि भव्य रूपमा उद्घाटन गरिँदै छ।

Advertisement
Advertisement

उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स भिड्दै छन्। यो खेलका सबै टिकट बिक्री भइसकेका छन् भने पास समेत सकिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलको टिकट सकिएको बताएका छन् ।

शुक्रबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पहिलो खेलको टिकट र भिआइपी पासहरू सबै सकिएको उल्लेख गरेका हुन्। उनले टिकट नपाएको भएमा टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट खेल हेर्न अनुरोध गरेका छन्।

‘भोलिको खेलको लागि टिकट नभएका महानुभावहरूले कृपया टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्नुहुन हार्दिक अनुरोध गर्दछौं,’ उनले भने, ‘कृपया भोलिको पासका लागि फोन वा सन्देश नगर्नु हुन हार्दिक अनुरोध गर्दछौं।’

एनपिएलमा ८ फ्रेन्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्टस्, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दै छन्।

प्रतियोगितामा चर्चित स्वदेशी तथा विदेशी खेलाडी सहभागी छन्।हरेक टिममा ४ देखि ६ जनासम्म विदेशी खेलाडी छन्। एनपिएलका लागि कीर्तिपुर मैदानको बाउन्ड्री बढाउनेदेखि डिजिटल स्कोर बोर्ड, नयाँ विकेटसम्म बनाइएका छन्।

केही दर्शकका लागि यसपटक कुर्सीको समेत व्यवस्था गरिएको छ ।तर आवश्यक पूर्वाधार नहुँदा एनपिएलमय बनेको कीर्तिपुरमा पुगेर एतिहासिक खेलको प्रत्यक्ष दर्शक बन्ने धेरै खेल प्रशंसकहरुको योजना भने अधुरै रहने भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान नेपालका क्रिकेट प्रेमीहरूको लागि ऐतिहासिक स्थल हो। तर, दर्शक क्षमताको अभावले धेरै समर्थकहरूले धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरु मैदानमै पुगेर हेर्ने सपना पुरा गर्न सकिरहेका छैनन्।

पार्किङ, सिट व्यवस्था र आधुनिक सुविधाहरूको कमीले खेल हेर्न सहजता छैन। ठूलो संख्यामा दर्शक व्यवस्थापन गर्न चुनौती हुने गर्दछ। नेपाल प्रिमियर लिग (एनपिएल) जस्तो प्रतियोगिताले क्रिकेटप्रति जनताको उत्साहलाई अझ बढी बढाएको छ।

ठूलो दर्शक संख्याले मैदानकै अनुभव लिन चाहने भए पनि सीमित क्षमताले धेरैलाई निराश तुल्याएको छ। एनपिएल आयोजनाले नेपाली समर्थक मात्रै हैन खेलाडी पनि उत्तिकै उत्साहित छन्। मार्की खेलाडीदेखि अक्सनमा खेलाडी लिन हानाथाप नै भएको थियो।

टिम र खेलाडी खरिदसम्म पुग्दा फ्रेन्चाईजका मालिकहरुले करोडौं रुपैया लगानी गरेका छन् । एनपिएलकै लागि पहिलो पटक तीन दर्जन बढी विदेशी चर्चित क्रिकेटरहरु नेपाल आएका छन् । कीर्तिपुरको मैदानको क्षमता सीमित हुँदा धेरै समर्थकहरू मैदानमै पुगेर खेल हेर्ने मौका गुमाउँदै आएका छन्।

टिकट र पास सकिएपछि घरबाटै क्रिकेट हेर्नका लागि क्यानले आज पहिलो पटक मात्रै यस्तो आग्रह गरेको होइन ।यसअघि पनि क्यानले नै क्रिकेटप्रेमीहरुलाई यस्तो आग्रह गरिसकेको छ । गत वर्षको कात्तिकमा मात्रै मुलपानी क्रिकेट मैदानमा यूएईसँगको विश्वकप छनोट खेलका लागि क्यानले यस्तो आग्रह गरेको थियो ।

मुलपानीमा नेपाल टि २० विश्वकपमा छनोट भएको सो खेल ३५ सय दर्शकले मात्रै मैदानबाटै प्रत्यक्ष हेर्ने अवसर पाएका थिए । नेपालमा खेलपूर्वाधारको अभाव वर्षाैको समस्या हो । यो समस्याको समाधान भनेको पूर्वाधार निर्माण नै हो ।

Advertisement

यसका लागि दीर्घकालीन योजनामा ध्यान दिनुपर्छ । जसले नेपाली क्रिकेटको विकाससँगै समर्थकहरूको अपेक्षा पनि पूरा गर्नेछ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top