NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी शुक्रबार कार्तिक २१ , २०८२
फागुनको चुुनावमा २४ नयाँ दल, निर्वाचनको तयारी ६० प्रतिशत पूरा शुक्रबार कार्तिक २१ , २०८२
ओलीले फेरि जेनजीलाई जिस्क्याए, डिस्कर्डको भोटिङ मतपत्र कस्तो थियो ? शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

टियू मैदानमा पारस खड्का हाईहाईको नारा,जे गरे पारसले गरे

आइतवार मंसिर १६ , २०८१
Reading Time: 1 min read
A A
टियू मैदानमा पारस खड्का हाईहाईको नारा,जे गरे पारसले गरे
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१६ मंसिर , काठमाण्डौ ।
नेपाली क्रिकेटको ‘महाउत्सव’ मानिएको सिद्धार्थ बैंक नेपाल प्रमियर लिग (एनपिएल) कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सुरु भइसकेको छ । पहिलो दिनको उद्घाटन खेल हेर्न दर्शकहरु खचाखच भरिए छ ।

केही व्यवस्थापकीय त्रुटिका कारण टिकट काटेका दर्शकहरुले समेत मैदान भित्रै बसेर क्रिकेट हेर्न पाएनन् भने केही दर्शक विना टिकट स्टेडियममा लगाइएको तारबार नाघेर मैदानमा पसेको दृश्य समेत देखियो ।

सीमित क्षेत्रफल र भौतिक संरचनाको अभावमा पर्याप्त दर्शक अटाउन नसकिने उक्त मैदानमा शनिबारको उद्घाटन खेल सुरु हुनु तीन घण्टाअघिदेखि दर्शकहरु प्रवेशद्वारमा खचाखच थिए । खेल हेर्नको लागि मैदान बाहिर दर्शकको उपस्थिति थामिनसक्नुको थियो ।

यसले नेपाली दर्शकमा रहेको क्रिकेट मोह र भौतिकपूर्वाधार निर्माणमा राज्यको कमजोरी फेरि एकपटक उजागर गरेको छ । दर्शकको प्रवेश व्यवस्थित हुन नसक्दा मैदानबाहिर भीडभाड मात्र होइन, नाराबाजी, ढुंगामुढा र लाठीचार्ज समेत भयो ।

केही दर्शक घाइते भए । क्रिकेटप्रेमी नै आयोजकप्रति रुष्ट भए । क्यानका सचिव पारस खड्काले गेटमा नै पुगेर दर्शकसँग विनम्रताका साथ सहज वातावरणका लागि आग्रह गरे । तर प्रवेश नपाएपछि टिकटको पैसा फिर्ता माग्दै नाराबाजी गरेपछि प्रहरीले हल्का लाठीचार्ज गरेको थियो भने दर्शकले ढुंगामुढा गरेका थिए ।

जसमा दर्शक र प्रहरी समेत घाइते भएका छन् । यो हिजो टियू मैदानमा घटेको अप्रत्यासित घटना थियो । क्रिकेटको यो महाउत्सवमा घटेको यो घटनाले आयोजकलाई व्यवस्थापकीय कमजोरी सुधार्न र दर्शकलाई संमयमता अपनाउन सन्देश दिएको छ ।

यो अप्रत्यसित घटनावाहेक एनपिएलको पहिलो संस्करणको भव्यताका साथ सुरुवात भइसकेको छ । पहिलो खेलमा विराटनगर किंग्स्लाई जनकपुर बोल्टले पराजित गरेको छ । नेपालमा आफ्नै विशेष क्रिकेट लिग आयोजना गर्ने जहाँ चर्चित विदेशी खेलाडीहरुको पनि आईपिएलमा जस्तै जमघट होस् भन्ने नेपाली क्रिकेटप्रेमीको सपना साकार बनाउन भने नेपाल क्रिकेट संघका सचिव पारस खड्का एक बलियो चट्टानका रुपमा एनपिएलको मेरुदण्ड बनेका छन् ।

दर्शकले हिजो उनलाई दिएको मायाले पनि एनपिएलमा पारसको भूमिका कति छ भन्ने सन्देश दिएको छ ।नेपाली क्रिकेटप्रेमीहरूको लागि ऐतिहासिक क्षण मानिएको एनपिएलको उद्घाटन खेलमा टियू क्रिकेट मैदानमा जब पारस खड्काको नाम लिइएयो स्टेडियमले नै दर्शकको ताली र आवाजले गुन्जिएको थियो ।

उनको सम्मानमा “पारस खड्का हाईहाई“ को नाराले माहोल झन् उत्साहपूर्ण बनेको थियो । पारस खड्काले नेपाली क्रिकेटमा स्थापित गरेको उच्च मानक र उनको नेतृत्वमा प्राप्त भएका उपलब्धिहरूलाई सम्झिँदै समर्थकहरूले यस्तो नारा लगाएका थिए।

यो नारा पारसप्रतिको माया र कृतज्ञताको प्रतीक हो, जसले उनीसँग जोडिएको ऐतिहासिक खेल भावना झल्काउँछ। एनपिएल जस्ता प्रतियोगिताहरूमा पारसजस्ता व्यक्तित्वहरूको नाम गुञ्जिनु नेपाली क्रिकेटको भविष्यप्रतिको उत्साहलाई प्रतिबिम्बित गर्छ।

यो घटना पारस खड्काको मात्र होइन, नेपाली क्रिकेटकै गौरवपूर्ण क्षणको प्रतीक हो। पारसले पहिलो पटक आयोजित नेपाल प्रिमियर लिग (एनपिएल) लाई सफलतापूर्वक सुरुवात गरेर नेपाली क्रिकेटमा अर्को ऐतिहासिक कोशेढुंगा थप्न सफल भएका छन्।

नेपाली क्रिकेटका पूर्व कप्तान र एक प्रशासकको भूमिकामा रहेका पारसले आफ्नो नेतृत्वदायी क्षमताले मैदान भित्र मात्र होइन, बाहिर पनि महत्वपूर्ण प्रभाव पारेका छन्। एनपिएलको सफल आयोजनामा पारस खड्काको योजनाबद्ध सोच, व्यवस्थापकीय कौशल र अन्तर्राष्ट्रिय स्तरको फ्रेन्चाइज लिगको मोडेल नेपाली भूमिमा लागू गर्ने दृढताले महत्वपूर्ण भूमिका खेलेको छ।

यो लिगले न केवल खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने उत्कृष्ट मञ्च प्रदान गरेको छ, यसले नेपाली क्रिकेटलाई आर्थिक र व्यावसायिक रूपमा उचाइमा पु¥याउने दिशामा नयाँ बाटो खोलिदिएको छ। पारसको यो योगदानले उनलाई न केवल क्रिकेट खेलाडीका रूपमा, एक दूरदर्शी प्रशासकका रूपमा पनि स्थापित गरेको छ।

उनका प्रयासले नेपाली क्रिकेटप्रेमीहरूलाई आगामी दिनमा अझ ठूला र सफल प्रतियोगिताहरूको अपेक्षा गर्ने आधार दिएको छ। पारस नेपालका पूर्व सफल कप्तान हुन् । जो नेपाली क्रिकेटको कप्तानका रुपमा अन्तराष्ट्रिउ स्तरमा समेत छुट्टै छाप छोड्न सफल भए ।

क्रिकेट एशोसिएसन अफ नेपालको सचिवमा निर्वाचित भएपछि उनले नेपाली क्रिकेटको समग्र विकास र व्यवस्थित रूपान्तरणका लागि छोटो समयमा निक्कै महत्त्वपूर्ण कदमहरू चालिसकेका छन् । नेपालको क्रिकेट इतिहासमा पहिलो पटक ‘ए’ टिम को औपचारिक घोषणा गरिएको छ ।

यसले नेपालका उदीयमान खेलाडीहरूलाई राष्ट्रिय टिममा स्थान बनाउनुअघि अनुभव हासिल गर्ने अवसर प्रदान ग¥यो। ‘ए’ टिमले विभिन्न प्रतियोगितामा सहभागिता जनाएर खेलाडीहरूको क्षमता र स्थायित्वको परीक्षण सुरु भयो ।

ए टिमबाट अहिले एनपिएलमा अधिकांश खेलाडीहरुले खेल्ने अवसर पाएका छन् । यस्तै नेपाललाई विश्व क्रिकेटमा अझ सशक्त बनाउन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरूको आयोजना भएका छन्। अन्य क्रिकेट राष्ट्रहरूसँग सहकार्य गर्दै, नेपालमा खेलको स्तरवृद्धि गर्न अन्तर्राष्ट्रिय टिमहरूको भ्रमण पारसकै भूमिमा सुनिश्चित भएको छ ।

यसले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय खेलको दबाब र चुनौतीको अनुभव दिलायो। अहिलेको एनपिएलमा पारसको संयोजनले यसले न केवल नेपाली क्रिकेटलाई आर्थिक रूपमा बलियो बनायो स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता मार्फत नेपाली क्रिकेटको ब्रान्ड बढाएको छ ।

यस्तै देशभरका क्रिकेट मैदानहरू सुधार गर्ने योजना क्यानले अघि बढाएको छ । टियू क्रिकेट मैदान र अन्य क्षेत्रीय मैदानहरूलाई अन्तर्राष्ट्रिय मान्यता योग्य बनाउन निरन्तर पहल भइरहेका छन् । नेशनल टी–२० लिग र वनडे प्रतियोगिता लाई व्यवस्थित ढंगले सञ्चालन भएका छन् ।

क्षेत्रीय लिगहरूलाई थप व्यवस्थित बनाउँदै खेलाडीहरूको प्रदर्शनमा सुधार ल्याउने वातावरण तयार भएको खेलाडीहरुले समेत बताउने गरेका छन् । क्रिकेट बुझेका पारस क्यानमा पुगेपछि क्रिकेटमा ठूलो परिवर्तन देखिएको स्वयम खेलाडीहरुले बताएका छन् ।

महिला क्रिकेटका लागि विशेष योजनाहरू लागू गर्दै, प्रतियोगिता र प्रशिक्षण कार्यक्रमको संख्या वृद्धि भएका छन् । महिला खेलाडीहरूलाई प्रोत्साहन गर्न बजेट र स्रोतसाधनको व्यवस्थापन गरिएको छ । राष्ट्रिय र क्षेत्रीय स्तरमा हाई परफर्मेन्स क्याम्प को आयोजना भएका छन् ।

खेलाडीहरूको दीर्घकालीन विकासका लागि उच्चस्तरीय कोच र प्रशिक्षकहरू भित्रिएका छन् । आईसीसीसँग सहकार्य गर्दै, नेपाललाई थप अन्तर्राष्ट्रिय प्रतियोगितामा स्थान दिलाउने प्रयास भएका छन् । फण्ड र प्राविधिक सहयोग प्राप्त गर्न आवश्यक योजनासहितको क्यालेन्डर सार्वजनिक गरिएको छ ।

यस्तै सामाजिक सञ्जाल र मिडियामार्फत नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय दर्शकसम्म पु¥याउने रणनीतिमा पारस एक कदम अगाडि देखिएका छन् । पहिलो पटक नेपालको प्रत्यक्ष प्रशारण नै विश्वभर पुगेको छ। युट्युवमा एक नम्बर ट्रेन्डिङमा रहेको यसको प्रत्यक्ष प्रशारण मात्रै २४ घण्टा नपुग्दै २१ लख भन्दा बढी पटक हेरिसकिएको छ ।

यस्तै प्रायोजकहरूलाई आकर्षित गर्न ब्रान्डिङमा जोड दिइएकोछ ।यस बीचमा गएको फागुनमा मात्रै नेपाली पुरुष राष्ट्रिय क्रिकेट खेलाडी मासिक तलब १ लाख रुपैयाँ पाउने निर्णय भयो ।यस्तै शीर्ष महिला राष्ट्रिय खेलाडीले ५० हजार मासिक तलब पाउनेछन् ।

पाँच श्रेणी बनाई पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडीलाई केन्द्रीय सम्झौतामा राखिएको छ । अहिले ‘ए’ श्रेणीमा रहेका खेलाडीहरुले मासिक १ लाख पाउँछन् भने  । ‘बी’ श्रेणीका खेलाडीहरुले मासिक ७० हजार पाउँछन् ।

यसैगरी क्रमश श्रेणीले ५५ हजार र ‘डी’ मा रहनेले मासिक ३५ हजार पाउदै आएका छन् । यस्तै क्यानले पहिलो पटक इमर्जिङ श्रेणी बनाएको छ, त्यसमा सातै प्रदेशका १–१ खेलाडी राखिएको छ । उनीहरूको मासिक तलब २५ हजार रहेको छ ।

नेपाली क्रिकेटमा आएका यी परिवर्तनहरुको पछाडि पारस खड्का उभिएका छन् । आफूले भोगेका खेल जीवनका पीडा आजका खेलाडीहरुले भोग्नु नपरोस् भन्ने योजनामा छन् पारस । उनका यी पहलहरूले नेपाली क्रिकेटलाई रणनीतिक र व्यावसायिक रूपमा नयाँ युगतर्फ डोर्याएको छ। खेलप्रेमीहरूले उनको नेतृत्वबाट अझै ठूला उपलब्धिहरूको अपेक्षा राखेका छन्।

Tags: #टियू मैदान#नेपाली क्रिकेटप्रेमी#पारस खड्का

लोकप्रीय

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२

विचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२

थप समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?
ताजा समाचार

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा
ताजा समाचार

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

फागुनको चुुनावमा २४ नयाँ दल, निर्वाचनको तयारी ६० प्रतिशत पूरा

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक

शुक्रबार कार्तिक २१ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा

११ देशका कार्यवहाक राजदूत,फिर्ता बोलाइएकालाई मन्त्रालयमा टेबल कुर्सी

शुक्रबार कार्तिक २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.