×

NEPAL TIMES UPDATES

Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026

टियू मैदानमा पारस खड्का हाईहाईको नारा,जे गरे पारसले गरे

१६ मंसिर २०८१

१६ मंसिर , काठमाण्डौ ।
नेपाली क्रिकेटको ‘महाउत्सव’ मानिएको सिद्धार्थ बैंक नेपाल प्रमियर लिग (एनपिएल) कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सुरु भइसकेको छ । पहिलो दिनको उद्घाटन खेल हेर्न दर्शकहरु खचाखच भरिए छ ।

केही व्यवस्थापकीय त्रुटिका कारण टिकट काटेका दर्शकहरुले समेत मैदान भित्रै बसेर क्रिकेट हेर्न पाएनन् भने केही दर्शक विना टिकट स्टेडियममा लगाइएको तारबार नाघेर मैदानमा पसेको दृश्य समेत देखियो ।

Advertisement
Advertisement

सीमित क्षेत्रफल र भौतिक संरचनाको अभावमा पर्याप्त दर्शक अटाउन नसकिने उक्त मैदानमा शनिबारको उद्घाटन खेल सुरु हुनु तीन घण्टाअघिदेखि दर्शकहरु प्रवेशद्वारमा खचाखच थिए । खेल हेर्नको लागि मैदान बाहिर दर्शकको उपस्थिति थामिनसक्नुको थियो ।

यसले नेपाली दर्शकमा रहेको क्रिकेट मोह र भौतिकपूर्वाधार निर्माणमा राज्यको कमजोरी फेरि एकपटक उजागर गरेको छ । दर्शकको प्रवेश व्यवस्थित हुन नसक्दा मैदानबाहिर भीडभाड मात्र होइन, नाराबाजी, ढुंगामुढा र लाठीचार्ज समेत भयो ।

केही दर्शक घाइते भए । क्रिकेटप्रेमी नै आयोजकप्रति रुष्ट भए । क्यानका सचिव पारस खड्काले गेटमा नै पुगेर दर्शकसँग विनम्रताका साथ सहज वातावरणका लागि आग्रह गरे । तर प्रवेश नपाएपछि टिकटको पैसा फिर्ता माग्दै नाराबाजी गरेपछि प्रहरीले हल्का लाठीचार्ज गरेको थियो भने दर्शकले ढुंगामुढा गरेका थिए ।

जसमा दर्शक र प्रहरी समेत घाइते भएका छन् । यो हिजो टियू मैदानमा घटेको अप्रत्यासित घटना थियो । क्रिकेटको यो महाउत्सवमा घटेको यो घटनाले आयोजकलाई व्यवस्थापकीय कमजोरी सुधार्न र दर्शकलाई संमयमता अपनाउन सन्देश दिएको छ ।

यो अप्रत्यसित घटनावाहेक एनपिएलको पहिलो संस्करणको भव्यताका साथ सुरुवात भइसकेको छ । पहिलो खेलमा विराटनगर किंग्स्लाई जनकपुर बोल्टले पराजित गरेको छ । नेपालमा आफ्नै विशेष क्रिकेट लिग आयोजना गर्ने जहाँ चर्चित विदेशी खेलाडीहरुको पनि आईपिएलमा जस्तै जमघट होस् भन्ने नेपाली क्रिकेटप्रेमीको सपना साकार बनाउन भने नेपाल क्रिकेट संघका सचिव पारस खड्का एक बलियो चट्टानका रुपमा एनपिएलको मेरुदण्ड बनेका छन् ।

दर्शकले हिजो उनलाई दिएको मायाले पनि एनपिएलमा पारसको भूमिका कति छ भन्ने सन्देश दिएको छ ।नेपाली क्रिकेटप्रेमीहरूको लागि ऐतिहासिक क्षण मानिएको एनपिएलको उद्घाटन खेलमा टियू क्रिकेट मैदानमा जब पारस खड्काको नाम लिइएयो स्टेडियमले नै दर्शकको ताली र आवाजले गुन्जिएको थियो ।

उनको सम्मानमा “पारस खड्का हाईहाई“ को नाराले माहोल झन् उत्साहपूर्ण बनेको थियो । पारस खड्काले नेपाली क्रिकेटमा स्थापित गरेको उच्च मानक र उनको नेतृत्वमा प्राप्त भएका उपलब्धिहरूलाई सम्झिँदै समर्थकहरूले यस्तो नारा लगाएका थिए।

यो नारा पारसप्रतिको माया र कृतज्ञताको प्रतीक हो, जसले उनीसँग जोडिएको ऐतिहासिक खेल भावना झल्काउँछ। एनपिएल जस्ता प्रतियोगिताहरूमा पारसजस्ता व्यक्तित्वहरूको नाम गुञ्जिनु नेपाली क्रिकेटको भविष्यप्रतिको उत्साहलाई प्रतिबिम्बित गर्छ।

यो घटना पारस खड्काको मात्र होइन, नेपाली क्रिकेटकै गौरवपूर्ण क्षणको प्रतीक हो। पारसले पहिलो पटक आयोजित नेपाल प्रिमियर लिग (एनपिएल) लाई सफलतापूर्वक सुरुवात गरेर नेपाली क्रिकेटमा अर्को ऐतिहासिक कोशेढुंगा थप्न सफल भएका छन्।

नेपाली क्रिकेटका पूर्व कप्तान र एक प्रशासकको भूमिकामा रहेका पारसले आफ्नो नेतृत्वदायी क्षमताले मैदान भित्र मात्र होइन, बाहिर पनि महत्वपूर्ण प्रभाव पारेका छन्। एनपिएलको सफल आयोजनामा पारस खड्काको योजनाबद्ध सोच, व्यवस्थापकीय कौशल र अन्तर्राष्ट्रिय स्तरको फ्रेन्चाइज लिगको मोडेल नेपाली भूमिमा लागू गर्ने दृढताले महत्वपूर्ण भूमिका खेलेको छ।

यो लिगले न केवल खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने उत्कृष्ट मञ्च प्रदान गरेको छ, यसले नेपाली क्रिकेटलाई आर्थिक र व्यावसायिक रूपमा उचाइमा पु¥याउने दिशामा नयाँ बाटो खोलिदिएको छ। पारसको यो योगदानले उनलाई न केवल क्रिकेट खेलाडीका रूपमा, एक दूरदर्शी प्रशासकका रूपमा पनि स्थापित गरेको छ।

उनका प्रयासले नेपाली क्रिकेटप्रेमीहरूलाई आगामी दिनमा अझ ठूला र सफल प्रतियोगिताहरूको अपेक्षा गर्ने आधार दिएको छ। पारस नेपालका पूर्व सफल कप्तान हुन् । जो नेपाली क्रिकेटको कप्तानका रुपमा अन्तराष्ट्रिउ स्तरमा समेत छुट्टै छाप छोड्न सफल भए ।

क्रिकेट एशोसिएसन अफ नेपालको सचिवमा निर्वाचित भएपछि उनले नेपाली क्रिकेटको समग्र विकास र व्यवस्थित रूपान्तरणका लागि छोटो समयमा निक्कै महत्त्वपूर्ण कदमहरू चालिसकेका छन् । नेपालको क्रिकेट इतिहासमा पहिलो पटक ‘ए’ टिम को औपचारिक घोषणा गरिएको छ ।

यसले नेपालका उदीयमान खेलाडीहरूलाई राष्ट्रिय टिममा स्थान बनाउनुअघि अनुभव हासिल गर्ने अवसर प्रदान ग¥यो। ‘ए’ टिमले विभिन्न प्रतियोगितामा सहभागिता जनाएर खेलाडीहरूको क्षमता र स्थायित्वको परीक्षण सुरु भयो ।

ए टिमबाट अहिले एनपिएलमा अधिकांश खेलाडीहरुले खेल्ने अवसर पाएका छन् । यस्तै नेपाललाई विश्व क्रिकेटमा अझ सशक्त बनाउन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरूको आयोजना भएका छन्। अन्य क्रिकेट राष्ट्रहरूसँग सहकार्य गर्दै, नेपालमा खेलको स्तरवृद्धि गर्न अन्तर्राष्ट्रिय टिमहरूको भ्रमण पारसकै भूमिमा सुनिश्चित भएको छ ।

यसले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय खेलको दबाब र चुनौतीको अनुभव दिलायो। अहिलेको एनपिएलमा पारसको संयोजनले यसले न केवल नेपाली क्रिकेटलाई आर्थिक रूपमा बलियो बनायो स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता मार्फत नेपाली क्रिकेटको ब्रान्ड बढाएको छ ।

यस्तै देशभरका क्रिकेट मैदानहरू सुधार गर्ने योजना क्यानले अघि बढाएको छ । टियू क्रिकेट मैदान र अन्य क्षेत्रीय मैदानहरूलाई अन्तर्राष्ट्रिय मान्यता योग्य बनाउन निरन्तर पहल भइरहेका छन् । नेशनल टी–२० लिग र वनडे प्रतियोगिता लाई व्यवस्थित ढंगले सञ्चालन भएका छन् ।

क्षेत्रीय लिगहरूलाई थप व्यवस्थित बनाउँदै खेलाडीहरूको प्रदर्शनमा सुधार ल्याउने वातावरण तयार भएको खेलाडीहरुले समेत बताउने गरेका छन् । क्रिकेट बुझेका पारस क्यानमा पुगेपछि क्रिकेटमा ठूलो परिवर्तन देखिएको स्वयम खेलाडीहरुले बताएका छन् ।

महिला क्रिकेटका लागि विशेष योजनाहरू लागू गर्दै, प्रतियोगिता र प्रशिक्षण कार्यक्रमको संख्या वृद्धि भएका छन् । महिला खेलाडीहरूलाई प्रोत्साहन गर्न बजेट र स्रोतसाधनको व्यवस्थापन गरिएको छ । राष्ट्रिय र क्षेत्रीय स्तरमा हाई परफर्मेन्स क्याम्प को आयोजना भएका छन् ।

खेलाडीहरूको दीर्घकालीन विकासका लागि उच्चस्तरीय कोच र प्रशिक्षकहरू भित्रिएका छन् । आईसीसीसँग सहकार्य गर्दै, नेपाललाई थप अन्तर्राष्ट्रिय प्रतियोगितामा स्थान दिलाउने प्रयास भएका छन् । फण्ड र प्राविधिक सहयोग प्राप्त गर्न आवश्यक योजनासहितको क्यालेन्डर सार्वजनिक गरिएको छ ।

यस्तै सामाजिक सञ्जाल र मिडियामार्फत नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय दर्शकसम्म पु¥याउने रणनीतिमा पारस एक कदम अगाडि देखिएका छन् । पहिलो पटक नेपालको प्रत्यक्ष प्रशारण नै विश्वभर पुगेको छ। युट्युवमा एक नम्बर ट्रेन्डिङमा रहेको यसको प्रत्यक्ष प्रशारण मात्रै २४ घण्टा नपुग्दै २१ लख भन्दा बढी पटक हेरिसकिएको छ ।

यस्तै प्रायोजकहरूलाई आकर्षित गर्न ब्रान्डिङमा जोड दिइएकोछ ।यस बीचमा गएको फागुनमा मात्रै नेपाली पुरुष राष्ट्रिय क्रिकेट खेलाडी मासिक तलब १ लाख रुपैयाँ पाउने निर्णय भयो ।यस्तै शीर्ष महिला राष्ट्रिय खेलाडीले ५० हजार मासिक तलब पाउनेछन् ।

पाँच श्रेणी बनाई पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडीलाई केन्द्रीय सम्झौतामा राखिएको छ । अहिले ‘ए’ श्रेणीमा रहेका खेलाडीहरुले मासिक १ लाख पाउँछन् भने  । ‘बी’ श्रेणीका खेलाडीहरुले मासिक ७० हजार पाउँछन् ।

यसैगरी क्रमश श्रेणीले ५५ हजार र ‘डी’ मा रहनेले मासिक ३५ हजार पाउदै आएका छन् । यस्तै क्यानले पहिलो पटक इमर्जिङ श्रेणी बनाएको छ, त्यसमा सातै प्रदेशका १–१ खेलाडी राखिएको छ । उनीहरूको मासिक तलब २५ हजार रहेको छ ।

नेपाली क्रिकेटमा आएका यी परिवर्तनहरुको पछाडि पारस खड्का उभिएका छन् । आफूले भोगेका खेल जीवनका पीडा आजका खेलाडीहरुले भोग्नु नपरोस् भन्ने योजनामा छन् पारस । उनका यी पहलहरूले नेपाली क्रिकेटलाई रणनीतिक र व्यावसायिक रूपमा नयाँ युगतर्फ डोर्याएको छ। खेलप्रेमीहरूले उनको नेतृत्वबाट अझै ठूला उपलब्धिहरूको अपेक्षा राखेका छन्।

Advertisement

भर्खरको समाचार

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

सम्बन्धित खबरहरु

Scroll to Top