नरेशविरुद्ध भेटियो बलियो प्रमाण, रगतसँग डीएनए मिल्यो

१८ सांसर ,एजेन्सी ।

अमेरिकाको भर्जिनियामा बस्दै आएकी नेपाली नर्स ममता काफ्लेको हत्या आरोपमा उनका श्रीमान् नरेश भट्टविरुद्ध अब हत्या अभियोग दर्ता गरिने भएको छ । लामो समयदेखि रहस्यमय रहेको र अनुसन्धान भइरहेको यो हत्या प्रकरणमा प्रहरीले अहिलेसम्मकै सबैभन्दा बलियो प्रमाण फेला पारेको अमेरिकी संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

गत जुलाईदेखि बेपत्ता काफ्लेको विषयमा जानकारी दिन मानसास पार्कका प्रहरी प्रमुख मारियो लुगोले सोमबार साँझ पत्रकार सम्मेलन गरेका थिए । त्यसक्रममा लुगोले ममताको घरमा भेटिएको डीनएन रिपोर्ट सार्वजनिक गरेका छन् ।

Advertisement

भट्टको सुत्ने कोठामा रहेको रगत ममताको नै भएको र जुलाई २९ मा नै हत्या भएको प्रमाण पाइएको खुलेको सीएनएनले जनाएको छ । यसअघि अदालतमा पेस गरिएको तस्वीरमा कोठाभित्र कार्पेट र बाथरुममा रगतका टाटा देखिएको थियो ।

अवस्था हेर्दा ममता जिउँदो हुने सम्भावना नरहेको पनि प्रहरीले अदालतमा बताएका थिए । लुगोले भने, ‘सुरुवातदेखि हामीले अपराधस्थलको आधारमा उनको हत्या भएको विश्वास गर्यौं, यसले (डीएनए परीक्षणको नतिजा) केसलाई मद्दत गर्दछ ।’

Advertisement

काफ्लेको शव टुक्रा–टुक्रा भएको देखाउने प्रमाणसँग शव लुकाएको आरोप जोडिएको भन्दै उनले भने, ‘हामीसँग बलियो प्रमाण छ जस्तो लाग्छ ।’ प्रिन्स विलियम काउन्टीको अनलाइन अदालतको रेकर्डअनुसार यसअघि भट्टलाई पनि हत्या गरेर शव लुकाएको आरोप लगाइएको थियो ।

मंगलबार भट्टविरुद्ध हत्या अभियोगमा मुद्दा दर्ता गरिने प्रहरी प्रमुख लुगोले जानकारी दिए । भट्ट अहिले प्रहरी हिरासतमै छन् । ममता गत साउन १५ गतेदेखि सम्पर्कविहीन थिइन् । ७ भदौमा नरेशलाई प्रहरीले पक्राउ गरेको थियो ।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–२ घर भएका नरेश भट्ट ८ वर्ष अघि अमेरिका गएका थिए । उनी ०७३ साल साउनमा अमेरिका पुगेपछि केही समय उनले एउटा कम्पनीमा काम गरेका थिए।

अमेरिका पुगेको एक वर्षपछि ०७४ साल असारमा उनी यूएस आर्मीमा भर्ती भएका थिए । ५ वर्षअघि अमेरिका बसाइकै क्रममा काभ्रेको पनौती घर भएकी ममता काफ्लेसँग नरेशको सामाजिक सञ्जालमार्फत चिनजान भएको थियो ।

सामाजिक सञ्जालबाटै दुईबीच प्रेम सम्बन्ध भयो । त्यतिबेला ममता भारतको बैङ्लोरमा नर्सिङ पढिरहेकी थिइन् । उनी भारतमै हुँदा नरेशले काभ्रेमा भएका ममताकी बुबाआमासँग फोनमा कुराकानी गरेका थिए ।

पढाइ सकेर ममता नेपाल आइन् । ०७७ साल मङ्सिर २७ मा नरेश र ममताको विवाह भएको थियो । विवाहको ८ महिनापछि ०७८ साल साउन १० मा ममता पनि अमेरिका उडिन् । एक वर्षअघि भदौमा ममताले छोरीलाई जन्म दिइन् ।

ममता भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा रजिस्टर्ड नर्सका रूपमा कार्यरत थिइन् । ममताको न्यायको लागि अमेरिकामा रहेका नेपालीहरुले त्याहाको प्रहरीमार्फत दबाब अभियान समेत चलाइरहेका छन् ।

स्थानीय प्रहरीले यसको अनुशन्धानका क्रममा एपबीआइको समेत सहयोग लिएको थियो । ममताकी आमा र भाइ अहिले अमेरिकामा नै रहेका छन् भने उनकी छोरीसमेत उनीहरुसँगै रहेकी छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top