×

NEPAL TIMES UPDATES

Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026

भारतमै बसेर युनुसको कुर्सी हल्लाउँदै शेख हसिना

१८ मंसिर २०८१

१८ सांसर , एजेन्सी ।

बंगलादेशमा हिन्दुहरुमाथिको हिंसा अझै रोकिएको छैन । यसबीच स्वयं भारतको शरणमा रहेकी पूर्व प्रधानमंत्री शेख हसिना भने बंगलादेशको राजनीतिमा पुन एक्टिभ भएकी छन् । दर्जनौं आरोपसहित आफूमाथि पक्राउ पूर्जी समेत जारी भएकाबेला हसिनाले आफ्नो देशमा हिन्दु समुदायका मानिसहरुमाथि भइरहेको हिंसामा अंतरिम सरकारका प्रमुख मोहम्मद यूनुसलाई जिम्मेवार ठहर गरेकी छन् ।

उनले मोहम्मद यूनुसले नरसंहार गराइरहेको भनेकी छन् । यसका कारण देशमा फेरि अराजकताको की स्थिति पैदा भएको उनको आरोप छ । अमेरिकाकोे न्यूयोर्कमा आयोजित आफ्नो पार्टी अवामी लीगको एक कार्यक्रमलाई भर्चुअली संबोधन गर्दै शेख हसिनाले भनिन्, देशमा अल्पसंख्यकहरुमाथि भइरहेको हमलाका लागि सम्पूर्णरुपले मोहम्मद यूनुस जिम्मेवार छन् ।

उनले भनिन्, ममाथि नरसंहारको आरोप लगाइएको छ, जबकि सत्य कुरा मोहम्मद यूनुसले कट्टरपंथी विद्यार्थी नेताहरुको साथमा मिलेर नरसंहार गराइरहेका छन् । यो सबैको मास्टमाइंड युनुस भएको उनको आरोप छ ।

हसिनामात्रै होइन तारिक रहमानले पनि लण्डनबाट भनेका छन् कि यदि हत्याहरु जारी रहन्छन् भने त यो सरकार टिक्न सक्दैन । यसबीच शेख हसिनाले रहमानको प्रशंसामा पुल बाँधेकी छन्, जसको विशेष अर्थ रहेको बताइएको छ ।

तारिक रहमान पूर्व पीएम र बीएमपीकी नेतृ खालिदा जियाका छोरा हुन् । उनलाई एक मामिलामा दोषी ठहराइएपछि लण्डनमा निर्वासित भएका हुन् । यद्यपि, गत १ डिसेम्बरमा बंगलादेशको हाईकोर्टले उनलाई त्यो मामिलामा सफाइ दिएको थियो ।

बंगलादेशमा पछिल्ला दिनहरुमा हिन्दुहरु विरुद्ध निकै हिंसा भड्किएको छ । इस्कोनका एक पुजारी चिन्मय कृष्ण दासलाई गिरफ्तार गरिएको छ । त्यसपछि हिंसाका कयौं अन्य घटनाहरु पनि भएका छन् । पछिल्ला दिनहरुमा भारत आउन लागेका इस्कोनका कयौं सन्तहरुलाई देशबाट निस्कन रोक लगाइएको छ ।

यसै संदर्भमा शेख हसिनाले भनिन् कि, आज बंगलादेशमा शिक्षक, पुलिस हर कोहीमाथि हमला भइरहेको छ । हिंदु, बौद्ध र ईसाई धर्मावलम्बीहरुलाई निशाना बनाइएको छ । कयौं चर्च र मन्दिरहरुमा आक्रमण भएका छन्, हसिनाले भनेकी छन् ।

यता बीएमपीका नेता तारिक रहमानविरुद्धको मुद्या किनारा लागेपछि उनी बंगलादेश फिर्ता आउने चर्चा हुन थालेको छ । उनी १६ वर्षदेखि निर्वासित जीवन विताइरहेका छन् । रहमानविरुद्ध २०१८ मा एक अदालतले आजीवन कारावासको सजाय सुनाएको थियो ।

रहमानका पिता जियाउर रहमान थिए । उनी बंगलादेशका पूर्वराष्ट्रपति हुन् । उनको ३० मे १९८१ मा हत्या भएको थियो । शेख हसिनाले बंगलादेश छोडेको केही दिनभित्रै बेगम खालिदा जियालाई पनि रिहा गरिएको थियो ।

यस्तोमा यदि तारिक रहमान बंगलादेश आउँछन् भने त अहिलेको परिस्थितिहरु पनि बदलिने विश्वास गरिएको छ । हुन त शेख हसिना र बीएनपीको सम्बन्ध निकै तितो रहेको छ । तर बांग्लादेशको ताजा अवस्थालाई मध्यनजर गर्दै शेख हसिनाले आफ्नो बयानमा जुन प्रकारले तारिक रहमानको सम्झना गरेकी छन् त्यसबाट अहिलेको अवस्थामा हसिना कुनै हालतमा मोहम्मद यूनुसलाई सत्ताबाट हटाउन चाहान्छिन् ।

यसबीच तारिख रहमान पनि १० जनवरीमा बंगलादेश आउने विश्वास गरिएको छ । यसैदिन १९७२ मा शेख मुजीबउर रहमान पाकिस्तानी जेलबाट रिहा भएर ढाका पुगेका थिए । कोर्टबाट सफाइ पाएपछि रहमानले मिडियासंग कुरा गर्दै भने, हामीले एकजुट हुनुपर्दछ ।

राजनीतिक घृणालाई अन्त्य गर्नुपर्छ । हामीले नयाँ अध्याय लेख्नुपर्छ । उनी भारतका साथ राम्रो सम्बन्धको वकालत गर्छन । लोकतंत्रको हिमायती पनि हुन् । यद्यपि उनको आफ्नो पार्टीका कट्टरपंथीले उनलाई त्यति मन पाउदैनन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top