×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

धरानका मेयर हर्कले पत्रकारलाई धम्क्याए

२० मंसिर २०८१

२० मंसिर, विराटनगर।

अभिब्यक्तिकै कारण धरान उपमहानगरपालिकाका मेयरमा निर्वाचित भएयता जनप्रतिनिधिहरु बीच नै सर्वाधिक आलोचना खेपिएरहेका मेयर हर्कराज राई साम्पाङले समाचार लेखेकै आधारमा फेरि एक पत्रकारलाई धम्क्याएका छन् । मेयर साम्पाङले पत्रकार दाहाललाई धम्क्याउँदै पत्रकारिता सिध्याइदिने बताएका छन् ।

Advertisement
Advertisement

उनको धम्कीपछि पत्रकार दाहालले असुरक्षित महसुस गरेको बताएका छन्। दाहालले खोज पत्रकारिता केन्द्र (खोपके)का लागि ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितीको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेका थिए ।

त्यो समाचारमा हर्क साम्पाङ नक्कली माओवादी बनेको, तत्कालीन वाईसीएल कार्यकर्ताहरुले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेको लगायतका प्रसंग पनि छन् । यसबारे उनले आज १० बजे पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गर्ने बताएपनि अझैसम्म आफ्ना धारणा सार्वजनिक गरेका छैनन् ।

हर्कले लेखेका छन्, ‘खोज पत्रकारिता केन्द्रका गोपाल दहाल या कोही प्रतिनिधि भोलि १० बजे तुरुन्तै धरान १८ को ग्रीन टीमा हाजिर हुनु अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन !’

लगत्तै अर्कोपटक पनि हर्क साम्पाङले स्टाटस लेख्दै ‘शीर ठाडो पारेर’ हिँड्न नसक्ने बनाइदिने भन्दै धम्क्याएका छन् । दाहालले समाचार लेखेकै कारण हर्क साम्पाङले धम्की दिएपछि नेपाल पत्रकार महासंघ लगायतले विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।

त्यसप्रति आपत्ति जनाउँदै महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष जनकऋषि राई र महासंघका राष्ट्रिय परिषद् सदस्य गोपाल दाहाललाई समाचारको विषयलाई लिएर सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ (हर्कराज राई) ले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेखेर धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।’

समाचारमा चित्त नबुझ्दा त्यसउपर कानुनी प्रक्रिया हुँदाहुँदै मेयर साम्पाङबाट भएको उक्त हर्कत निन्दनीय भएको विज्ञप्तिमा जनाइएको छ ।  ‘समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी प्रक्रियामा जाने या प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने स्थापित प्रावधान छ । यसलाई बेवास्ता गर्दै सार्वजनिक पदधारी प्रमुख जस्तो जिम्मेवार व्यक्तिबाट गरिएको यो हर्कत अत्यन्त निन्दनीय हुनुका सार्थै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो’– महासंघको विज्ञप्तिमा भनिएको छ ।

साम्पाङको हर्कतलाई अराजक र अशोभनीय भन्दै यसले पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुगेको महासंघको ठहर छ । यस्तै पत्रकार महासंघ कोशी प्रदेश र महासंघ सुनसरी शाखाले पनि विज्ञप्ति जारी गर्दै हर्कको अभिब्यक्तिको भर्तसना गर्दै कानूनी दायरामा ल्याउन माग गरेका छन् ।

यसअघि पनि मेयर हर्कले पटक पटक पत्रकारलाई धम्की दिइसकेका छन् । हर्क काकाकुल धरानमामा पानीको व्यवस्थापन गर्ने लगायतका चुनावी योजनासहित स्वतन्त्र रुपमा मेयरमा निर्वाचित भएका थिए । उनले सप्तकोशीको पानीको धरानमा लैजाने समेत बताउदै आएका छन् ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top