×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026

कलंक बोकेर विदा हुँदै बाइडेन, लोकप्रियता सबैभन्दा कमजोर

२० मंसिर २०८१

२० मंसिर, एजेन्सी ।

राष्ट्रपतीय कार्यकाल समाप्त हुने बेलामा छोरा हन्टरलाई आममाफी दिएर अमेरिकी राष्ट्रपति जो बाइडनले राजनीतिक जीवनको उत्तरार्धमा बदनामी रोजेका छन् । ८२ वर्षीय बाइडनको कार्यकाल सन् २०२५ जनवरी २० मा समाप्त हुँदैछ ।

सोही दिन नवनिर्वाचित राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले पदबहाली गर्नेछन् । वयोवृद्ध उमेरका बाइडन सायद त्यसपछिका दिनमा सक्रिय राजनीतिक र सार्वजनिक जीवनमा नरहलान् । राष्ट्रपतिजस्तो उच्च पदमा निर्वाचित हुनुका बाबजुद बाइडन एक प्रभावशाली र प्रखर राजनीतिज्ञ कहिल्यै मानिएनन् ।

तर, उनलाई एक शालीन, भद्र, धेरै नबिगार्ने, खराब काम नगर्ने र विधिको शासन पालना गर्ने विरासतको नेता मानिन्थ्यो । तर, पुत्रमोहले उनको यो छविसमेत ध्वस्त भएको छ । सन् २०२० मा उनी सत्तामा आउँदा ट्रम्प र बाइडनको तुलना यही कारणले हुने गर्दथ्यो कि ट्रम्प स्वेच्छाचारी छन् तर, बाइडनले अमेरिकी मूल्य प्रणाली र विधिको शासनको पालना गर्नेछन् ।

बाइडनको यो निर्णयले उनको डेमोक्र्याटिक पार्टीको प्रतिष्ठा झनै गिर्नेछ । डेमोक्र्याटिक समर्थकहरूले शिर निहुराउनुपर्ने स्थिति उत्पन्न हुनेछ । भर्खरै निर्वाचनमा पराजित भएको पार्टीको मनोबल त्यसै पनि कमजोर थियो ।

पार्टीको पराजयका लागि समेत कतिपय समर्थक बाइडनका कमजोरीलाई जिम्मेवार ठान्दथे । उनी अन्तिम बेलासम्म पनि दोस्रो कार्यकालका लागि आफैँ उम्मेदवार हुने मनस्थितिमा थिए । तर, प्राइमरीको अवधि गुजारेर उनी फिर्ता भए तर, उपराष्ट्रपति कमला ह्यारिसलाई उम्मेदवारका रूपमा अघि सारे ।

ह्यारिसको हारमा उम्मेदवार छनोटका कमजोरी र बाइडन प्रशासनको खराबीलाई जिम्मेवार ठानिन्थ्यो । अर्थात् लामो राजनीतिक जीवन र कठिन सङ्घर्षबाट बाइडनले जुन प्रतिष्ठा कमाएका थिए, उत्तरार्धमा आफैँले त्यसलाई मटियामेट पारेका छन् ।

बाइडनको आममाफीको निर्णयले अमेरिकी परम्पराको राज्यको शुद्धता र निष्पक्षतामा मात्र हैन, न्यायिक प्रणालीलाई समेत अविश्वसनीय बनाउँछ । कोलोराडोका डेमोक्रेटिक सिनेटर माइलक बेनेटकाअनुसार ‘बाइडनले पुत्रप्रेममा परेर राजनीतिक धर्म निर्वाहको दायित्व बिर्सेका छन् ।

राज्यको उत्तरदायित्व निर्वाह गर्दा यसरी व्यक्तिगत तथा पारिवारिक स्वार्थ हेरिनु हुँदैनथ्यो ।’ हन्टरलाई दिइएको आममाफी पछि उठेका सार्वजनिक प्रश्नको राष्ट्रपति बाइडनले कुनै चित्तबुझ्दो उत्तर दिएका छैनन् । सायद उनीसँग कुनै उत्तर पनि छैन ।

यो विषयमा पत्रकारको प्रश्नले अन्य डेमोक्रेट नेताहरू भने हैरान हुँदैछन् । उनीले कार्यकाल पूरा गर्नै लाग्दा गरिएको एक सर्वेक्षणमा उनको लोकप्रियता सर्वाधिक कमजोर बिन्दुमा झरेको छ । बाइडनले ३७.७ प्रतिशतको मात्र अनुमोदन पाएका छन् ।

बाइडनपुत्र हन्टरलाई केही दशकयता कर छली, सम्पत्ति शुद्धीकरण, अवैध बन्दुक र चीनसँग गोप्य डिललगायतका आरोप लाग्दै आएका थिए । सङ्घीय जाँच ब्यूरोले सन् २०१८ पछि हन्टरविरूद्ध जाँच गर्न थालेको थियो ।

बाइडनपुत्र हन्टरले एक चिनियाँ कम्पनीलाई आफैँले पैसा दिई पुनश्चः वैदेशिक लगानीका रूपमा भित्र्याएका आरोप सन् २०१९ को राष्ट्रपतीय निर्वाचन अभियानकै क्रममा लागेको थियो । हन्टरमाथि क्यालिफोर्नियामा १४ लाख डलर कर छलीको मुद्दा चलिरहेको थियो ।

हन्टरमाथि डेलाबर राज्यमा अवैध बन्दुकसम्बन्धी मुद्दा थियो । उनीमाथि चलिरहेका मुद्दाको सजाय यति कडा थियो कि उनलाई १७ देखि २५ वर्षसम्म जेल सजाय हुन सक्दथ्यो ।

डिसेम्बर १ मा आममाफी घोषणामार्फत राष्ट्रपति जो बाइडनले ५४ वर्षीय छोरा रोबर्ट हन्टरमाथिका यी सबै आरोप राष्ट्रपतीय विशेष अधिकार प्रयोग गरी खारेज गरिदिएका छन् ।सोमबारको कांग्रेस बैठकमा केही डेमोक्रेटिक सांसदले बाइडनको आममाफीको निर्णयलाई कडा चुनौती दिएका छन् ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top