सीमानाका ७२ घन्टाका लागि बन्द

१८ मंसिर ७४, मंगलबार

सीमा क्षेत्रमा निर्वाचनविरोधी गतिविधि हुन नदिन जिल्ला प्रशासन कार्यालय कैलालीले तीन दिनका लागि कैलालीको सम्पूर्ण सीमानाका बन्द गरेको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गर्दै १८ मंसिरको बेलुका ५ बजेदेखि २१ गते बेलुका ५ बजेसम्म कैलालीको सम्पूर्ण सीमानाका बन्द गरेको जनाएको छ ।

केही दिनअघि भारतको पलियामा बसेको अन्तरदेशीय बैठकमा निर्वाचनका लागि सीमानाका बन्द गर्ने सहमति भएको थियो ।

Advertisement

यस अवधिमा मतदातालाई भने आवागमनमा कुनै रोक नलगाइने प्रमुख जिल्ला अधिकारी रिजालले बताए । ‘मतदानका लागि नेपाल आउनेलाई भने सहज प्रवेशको व्यवस्था गर्नेछौँ,’ उनले भने ।

निर्वाचन नजिकिएसँगै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरीसँगै नेपाली सेनाले पनि विभिन्न स्थानमा अस्थायी बेसक्याम्प खडा गरेर सुरक्षा व्यवस्था मजबुत पारेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top