×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

रोहित पौडेल पहिलो ऐतिहासक शतक बनाउनबाट चुके

२१ मंसिर २०८१

२१ मंसिर , काठमाण्डौ।

नेपाली राष्ट्रिय टिमको कप्तानी सम्हालिरहेका एनपिएलमा लुम्बिनी लायन्सका समेत कप्तान रहेका रोहित पौडेल पहिलो ऐतिहासिक शतक बनाउनबाट चुकेका छन् । धमाकेदार ब्याटिङ गरेका रोहित मात्र ५ रनले एनपिएलको पहिलो शतक बनाउनबाट चुकेका छन् ।

Advertisement
Advertisement

रोहितको ९५ रनको योगदानमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १७० रन बनाएको हो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे ।

टम मुर्सले ४५ रन बनाए । त्यसक्रममा उनले २ चौका र २ छक्का प्रहार गरे । ओपनरद्वय आशुतोष घिरैया र उन्मुक्त चन्द शून्य रनमै आउट भएपछि रोहित र मुर्स क्रिजमा आएका थिए । उनीहरुले शतकीय साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरमा पु¥याएका हुन् ।

यस्तै, सन्दीप जोराले १८ रन बनाए । पोखरा एभेन्जर्सका लागि विपिन खत्रीले २ तथा म्याट क्रिचलेले १ विकेट लिए ।अन्तिम बलमा रन आउट भएका रोहितले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे। जारी एनपिएलमा यो स्कोर व्यक्तिगत उच्च स्कोर हो।

रोहितसँग टस मुर्सले ११० रनको साझेदारी गरेका थिए। जसका कारण लुम्बिनीको रनले गति लिएको थियो। १९औं ओभरको अन्तिम बलमा आउट हुनुअघि मुर्सले ३८ बलमा २ चौका र २ छक्काको मद्दतमा ४५ रन जोडे। त्यसअघि लुम्बिनीका दुवै ओपरन डक आउट भएका थिए।

आशुतोष घिरैया इनिङ्ग्सको तेस्रो बलमा तथा उन्मुक्त चन्द तेस्रो ओभरमा शून्यमा रनमा पेभिलियन फर्के। दुवैको विकेट पोखराका विपिन खत्रीले लिएका थिए। उनले आशुतोषलाई एलबिडब्लूको धरापमा पार्दा चन्दलाई रेमन्ड राइफरबाट क्याच गराए।

पोखराका माट क्रिचलीको एलबिडब्लूको धरापमा पर्नुअघि जोराले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे। बलिङमा पोखराका विपिन खत्रीले दुई विकेट लिए। प्रतियोगितामा पोखराले दुवै खेल हार्दा लुम्बिनी आफ्नो पहिलो खेलमा पराजित भएको थियो।

त्यसैले दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा पहिलो अर्धशतक भने मार्टिन गप्टिल (विराटनगर किंग्स)का नाममा रहेको छ । उनले जनकपुर बोल्ट्सविरुद्धको उद्घाटन खेलमा ३६ बलमा अर्धशतक प्रहार गर्दै एनपिएलको पहिलो अर्धशतक बनाएका थिए।

यस्तै शिखर धवन (कर्णाली याक्स) उनले काठमाडौं गुर्खाजविरुद्धको खेलमा अविजित ७२ रन बनाएका थिए। रवि बोपारा (चितवन राइनोज), उनले कर्णाली याक्सविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका थिए।

ब्राण्डन टेलर (सुदूरपश्चिम रोयल्स), उनले काठमाडौं गुर्खाजविरुद्धको खेलमा अर्धशतक बनाएका थिए। मोहम्मद रिजवान (जनकपुर बोल्ट्स), उनले विराटनगर किंग्सविरुद्धको खेलमा ५५ रन बनाएका थिए।

डेभिड मलान (काठमाडौं गुर्खाज), उनले कर्णाली याक्सविरुद्धको खेलमा ५८ रन बनाएका थिए। एन्डी बालबर्नी (पोखरा एभेन्जर्स), उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा ५२ रन बनाएका थिए। कुशल मल्ल (चितवन राइनोज), उनले कर्णाली याक्सविरुद्धको खेलमा ५१ रन बनाएका थिए।

दीपेन्द्र सिंह ऐरी (सुदूरपश्चिम रोयल्स), उनले विराटनगर किंग्सविरुद्धको खेलमा अर्धशतक बनाएका थिए। विराटनगरका लागि लोकेश बमले लुमिबनी विरुद्ध ७१ रन बनाएका थिए । यस्तै आजकै पहिलो खेलमा चितवनका रवि बोपाराले कर्णालीविरुद्ध ५९ रन बनाए ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top