NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रुसी जलसेनाका उपप्रमुख मारिए, ट्रम्पको प्रस्ताव पुटिनलाई अस्वीकार शुक्रबार असार २० , २०८२
धनुषा प्रहरी र तस्कर समूहबीच झडपः ६ सशस्त्र प्रहरी घाइते शुक्रबार असार २० , २०८२
४ प्रदेशमा आज भारी वर्षाको सम्भावना, २४ घण्टाका लागि चेतावनी शुक्रबार असार २० , २०८२
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

रवि अपराधी होइनन् आरोपी हुन्, बाबुरामले काँध थापे

शुक्रबार मंसिर २१ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
रवि अपराधी होइनन् आरोपी हुन्, बाबुरामले काँध थापे
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ मंसिर , विराटनगर।

सहकारी प्रकरणमा प्रहरी अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएपछि सरकारको रविप्रतिको दृष्टिकोणलाई लिएर प्रश्न उठेको छ ।

रवि पक्राउ परेदेखि नै रास्वपाले राजनीतिक प्रतिशोध भनिरहेकामा अब रास्वपाबाहिरका राजनीतिज्ञहरुले समेत यसलाई राजनीतिक प्रतिशोध र रविलाई दुःख दिने नियतका रुपमा टिप्पणी गरेका छन् ।

Advertisement

पछिल्लो पटक चितवनबाट रविलाई रातारात पोखरा लगिएको घटनापछि पूर्वप्रधानमन्त्री नै कास्की हिरासतमा पुगेर रविप्रति ऐक्यवद्धता जनाएका छन् । रविमाथि सहकारी प्रकरणमा अनुसन्धान चलिरहेको अवस्थामा हिरासत कक्षमै पुगेर ऐक्यवद्धता जनाउने पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई नै पहिलो उच्च राजनीतिक ब्यक्तित्व हुन् ।

यस्तै रविलाई रातारात चितवनबाट कास्की पुर्याइएको घटनाप्रति उनको दल रास्वपाले समेत घोर आपत्ति प्रकट गरेको छ। रास्वपाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराई राति सुतिरहेका बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा लगिएको जनाएको हो।

प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै सभापति लामिछानेलाई दिनभर चितवन जिल्ला सरकारी वकीलको कार्यालयमा बयान गराई राति सुतिरहेको बेलामा अचानक उठाई मध्यरातमा चितवनबाट सडक मार्ग हुँदै राति ३ बजे पोखरा पुर्याइको घटनाप्रति चर्को असन्तुष्टि जनाएका हुन् ।

यो घटना सरकारको प्रत्यक्ष निर्देशनमा भएको सूचनाहरु प्रहरी सुत्रबाट प्राप्त भएको रास्वपाको दाबी छ । विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो कदम राज्य संयन्त्रको दुरुपयोग गरी एक प्रतिस्पर्धी राजनीतिक दलको नेतालाई विभिन्न बहानामा यातना दिने अमानवीय, अपमानजनक तथा गैरन्यायिक चाल हो ।

यसैबीच सभापति लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको छ । हामी यसको घोर भर्त्सना गर्दछौं । सरकारको यो कर्मले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको छ । यो निर्मम कदमको औचित्य राज्यले पुष्टि गर्नुपर्नेछ ।

यसतर्फ राष्ट्रिय मानवअधिकार आयोग एवं सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारकर्मी तथा मानवअधिकारवादी संघ संस्थाहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । रवि लामिछाने कसुरदार नभई एक आरोपित भएको भन्दै सरकारको कानुनी प्रक्रियामा साथ दिएर उनले नागरिक कर्तव्य निर्वाह गरिरहेको उल्लेख गरेको छ ।

’जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रचार गरिनुका साथै त्यस्तै, व्यवहार देखाइनु नेपालको संविधानविरुद्ध भएको विज्ञप्तिमा जनाइएको छ । ‘अनुसन्धानमा साथ दिइरहेको एक लोकप्रिय जनप्रतिनिधिलाई अपराधी जस्तो गरी प्रचार गरिनुका साथै सोही स्तरको व्यवहार हुनु नेपालको संविधानको धारा १८, धारा २२ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा १६७ एवम् यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय विरुद्धको महासन्धि, १९८४ विपरीत समेत रहेको तर्फ सम्बन्धित सबैलाई सचेत गराउँछौं ।

अतः यस घटनाका दोषीमाथि उल्लिखित कानुनी प्रावधान बमोजिम कारवाही गर्न जोडदार माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुबाट सुक्ष्म रुपमा नियालीरहेको परिप्रेक्ष्यमा राज्य संयन्त्र रास्वपा र सभापतिविरुद्ध षडयन्त्रपूर्ण रुपमा सक्रिय रहेको थप स्पष्ट बनाएको रास्वपाको ठहर छ ।

‘सांसद रवि लामिछानेका माध्यमबाट दुई तिहाईको दम्भमा नेपालमा लोकतान्त्रिक व्यवस्थालाई दलीय कुशासनको पञ्जामा पार्न राज्यसत्ता उद्दत रहेको छ । तसर्थ राज्यको न्यायिक पद्दति, कानुनी शासन र लोकतान्त्रिक अधिकारको रक्षार्थ सक्रिय रहन सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अपील गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

रविमाथि पछिल्लो पटक अनुसन्धानमा लागि थपिएको १५ दिनको समय आज सकिएको छ । अब आइतबार उनलाई म्याद थपका लागि पुनः प्रहरीले कास्की अदालत लैजाने छ । पर्सामा समेत रविविरुद्ध पक्राउ पुर्जी जारी भएकाले म्याद थप गरेर रविलाई प्रहरीले पर्सा लैजाने छ ।

आज मात्रै पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिशोध साँधेर लामिछानेलाई पक्राउ गरिएको बताएका थिए । शुक्रवार लामिछानेलाई भेट्न हिरासतमा पुगेका उनले सञ्चारकर्मीहरुसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले आफूहरुले नयाँ शक्तिको अभियान शुरु गरेपछि नयाँ राजनीतिक शक्तिहरुको उदय भइरहेको र नयाँ शक्तिकै सशक्त धारको प्रतिनिधित्व गर्ने व्यक्तिको रुपमा रविलाई चिनेको बताए । उनले सभापति लामिछानेलाई अस्वभाविक रुपमा दुःख दिने काम भइरहेको र यो अन्यायपूर्ण रहेको बताए ।

सहकारी सम्बन्धी समस्या सरकारमा रहने तीन ठूला राजनीतिक दलहरुकै वरपर रहेको र पालैपालो सहकारीको रकम अपचलन गरिरहेको आरोप लगाए । उनले सहकारी पीडितलाई न्याय दिनुपर्नै बताउदै रविमाथि राज्यले प्रतिशोध साँधेर सहकारीको वचत अपचलनको विषयलाई विषयान्तर गरिरहेको समेत बताए ।

उनले तीन टाउकाले नै जनतालाई ठग्ने र प्रतिस्पर्धीलाई तर्सादै देशलाई बर्बादीतर्फ लैजाने चिन्ता ब्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले सहकारीको वचत तीन दलका तीन शीर्ष नेताकै वरिपरि अपचलन भएको दाबी समेत गरेका छन् ।

रविले आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेपनि आफूलाई दुःख दिने काम भएको बताएको भट्टराईले बताएका छन् । उनले भनेका छन्, जुन प्रकारले अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ ।

योप्रति अस्वभाविक लागेर अन्यायपूर्ण भयो भनेर नै मैले आफ्नो ऐक्यवद्धता जनाउन यहाँ आएको हो । उहाँको स्वास्थ्य कस्तो छ भनेर हो । सहकारी सम्बन्धि समस्या छ त्यसको जरो धेरै फैलिएको छ ।

सत्तामा अहिलेसम्म जोजो बसिरहेका छन् पालैपालो मुख्य तीन दलका तीन नेताहरुकै वरिपरी बढी अपचलन भइरहेको छ । त्यसको समस्या हल नगर्ने हो भने र पचासौँ लाख साना वचत कर्ताहरु मर्कामा परेका छन् ।

कानूनले आफ्नो बाटो लिओस् । त्यसको बहानामा राजनीतिक प्रतिशोध लिनु हुँदैन । रविजीले राजनीतिक प्रतिशोध नै लिएको हो, मैले सहयोग नै गरिरहेको छु भन्नेकुरा गर्नुभयो । सहकारी पीडितको समस्यालाई विषयान्तर गरिँदैछ । उनीहरुको समस्या समाधान गर्नुपर्छ ।’

यही प्रकरणमा चर्चित अग्रज पत्रकार विजयकुमार पाण्डेले समेत प्रधानमन्त्री र गृहमन्त्रीलाई सामाजिक संजालबाट प्रश्न सोधेका छन् । उनले लेखेका छन्, हाल हिरासतमा रहेका रास्वपा सभापति रबि लामिछानेलाई, चितवनमा मध्यरातमा सुतेको बखत प्रहरीले जबजस्ती उठाई रातारात पोखरा अड्डासार गरिएको समाचारआएको छ ।

आजको दिनमा पनि , नेपालको कानुन अनुसार उनलाई अदालतले दोषी भनेको छैन। कानुनी प्रकृया जारी छ । नेपालको संविधानले , अदालतले दोषी घोषणा गरेकाहरुको वा जेल चलान भैसकेकाहरुको पनि मानव अधिकार सुरक्षित राखेको छ ।कानुन पढेका हाल कायम गृहमंत्री रमेश लेखक र लामिछाने गृहमंत्री छदा पनि आईजिपी पदमा नै रहेकाअधिकृतलाई – यो प्रावधान थाहा नहुने कल्पना गर्न सकिन्न । मलाई लाग्छ– सबैभन्दा पहिला हामी सबै मान्छे हौ । त्यसपछी मात्र पक्ष–बिपक्ष , दोषी –निर्दोष हौ । कोही दोषी नै हो भने पनि, के कति मात्राको दोषभागी हो ? यो सब परिवेशको अन्तिम व्याख्याताका रुपमा अदालतहरुको संवैधानिक व्यवस्था छदैछ । उनले थप भनेका छन् प्रिय ओलीजी,तपाईले कुनै रात सुनाउनु भएको हरिभक्त कटुवालको कविता भुलेको छुइन मैले – जूनलाई धेरै नजिकबाट नहेर .. दाग देखिन सक्छ त्यसमा ..

रविलाई बाबुरामले जनाएको ऐक्यवद्धतालाई भने विभिन्न कोणबाट हेरिएको छ । यही ऐक्यवद्धतापछि लामिछाने र डा. भट्टराई बीचको व्यक्तिगत र राजनीतिक सम्बन्ध अहिले नेपाली राजनीतिक परिदृश्यमा चासोको विषय बनेको छ।

यी दुईले भिन्न पृष्ठभूमिबाट राजनीति सुरु गरे पनि, उनीहरूबीच केही समानता पनि देखिन्छन् । दुवैले वैकल्पिक राजनीति गर्ने र पुराना दलहरूप्रति असन्तुष्टि व्यक्त गर्दै नयाँ राजनीति स्थापित गर्ने प्रयास गरेका छन्।

भट्टराईले आफ्नो नयाँ शक्ति पार्टीमार्फत नेपाली राजनीतिमा सुधारको एजेन्डा अघि बढाएका थिए भने रविले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्दै भ्रष्टाचारविरोधी, सुशासन र सुधारवादी नीति अँगालेका छन्।

यसैले बाबुरामले आज भनेजस्तै उनीहरु एकअर्काप्रति सम्मान प्रकट गर्ने गर्दछन् । भट्टराईको पृष्ठभूमि विद्रोही माओवादी आन्दोलन र प्रजातान्त्रिक प्रणालीमा आधारित छ भने रविको राजनीतिक यात्रा पत्रकारिता बाट सुरु भएको छ ।

जतिबेला रबि सहकारीको अपचलनको गम्भिर आरोपमा अनुसन्धानमा तानिएका छन् यस्तो बेला डा. भट्टराईले उनी प्रति हिरासतमा पुगेर ऐक्यवद्धता प्रकट गर्नुको पछाडि विभिन्न संभावनालाई आधार मानेर हेर्न सकिन्छ ।

बाबुरामले यस कदमलाई लोकतान्त्रिक प्रणालीमा व्यक्तिगत स्वतन्त्रता र मानव अधिकारको पक्षमा रहेको संकेतको रूपमा प्रस्तुत गर्न चाहेका हुन सक्छन्। उनले हिरासतमा रहेका व्यक्तिलाई राजनीतिक मुद्दा र व्यक्तिगत न्यायको दृष्टिकोणबाट हेरेको हुन सक्छ।

अर्काेतर्फ उनले यो कदमबाट आफू वैकल्पिक शक्तिहरूबीच सहकार्यको पक्षधर रहेको र पुराना राजनीतिक संरचनाविरुद्ध साझा मुद्दामा ऐक्यवद्धता कायम गर्न तयार रहेको संकेत दिन चाहेको पनि हुन सक्छ।

साथै रवि नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले युवामाझ लोकप्रियता पाएको छ। बाबुरामले वैकल्पिक राजनीतिक ध्रुवलाई बलियो बनाउन यो कदम उठाएको हुन सक्ने समेत विश्लेषण गरिन्छ । केहीले भने भट्टराईले आफ्नो पुरानो राजनीतिक प्रभाव घटिरहेको महसुस गर्दै नयाँ पुस्तासँग सहकार्य गर्न यो कदमलाई रणनीतिक रूपमा उपयोग गर्न चाहेको हुन सक्ने समेत टिप्पणी गरेका छन् ।

बाबुरामको यो कदमले वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्यको सम्भावना बढाउन सक्ने समेत विश्लेषण गरिएको छ । भट्टराईको रवि प्रति ऐक्यवद्धता प्रकट गर्ने कदमलाई विधिको शासन, राजनीतिक, नैतिक र रणनीतिक रूपमा अर्थपूर्ण मान्न सकिन्छ।

यो कदमले पुराना र नयाँ वैकल्पिक शक्तिहरूलाई एकसाथ ल्याउने प्रयासको संकेत दिन सक्छ, जसले नेपाली राजनीतिक भविष्यमा महत्वपूर्ण प्रभाव पार्नसक्छ। यस बारेमा तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।

Tags: #‘रविलाई मध्यरातमा पोखरा लगियो#नेपाल टाईम्स ट्रेन्डिंग#रवि अपराधी होइनन्#रवि पक्राउ#सहकारी प्रकरण

लोकप्रीय

रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर

रुसी जलसेनाका उपप्रमुख मारिए, ट्रम्पको प्रस्ताव पुटिनलाई अस्वीकार

शुक्रबार असार २० , २०८२
धनुषा प्रहरी र तस्कर समूहबीच झडपः ६ सशस्त्र प्रहरी घाइते

धनुषा प्रहरी र तस्कर समूहबीच झडपः ६ सशस्त्र प्रहरी घाइते

शुक्रबार असार २० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

४ प्रदेशमा आज भारी वर्षाको सम्भावना, २४ घण्टाका लागि चेतावनी

शुक्रबार असार २० , २०८२

विचार

रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर

रुसी जलसेनाका उपप्रमुख मारिए, ट्रम्पको प्रस्ताव पुटिनलाई अस्वीकार

शुक्रबार असार २० , २०८२
धनुषा प्रहरी र तस्कर समूहबीच झडपः ६ सशस्त्र प्रहरी घाइते

धनुषा प्रहरी र तस्कर समूहबीच झडपः ६ सशस्त्र प्रहरी घाइते

शुक्रबार असार २० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

४ प्रदेशमा आज भारी वर्षाको सम्भावना, २४ घण्टाका लागि चेतावनी

शुक्रबार असार २० , २०८२

थप समाचार

रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर
अन्तर्राष्ट्रिय

रुसी जलसेनाका उपप्रमुख मारिए, ट्रम्पको प्रस्ताव पुटिनलाई अस्वीकार

शुक्रबार असार २० , २०८२
धनुषा प्रहरी र तस्कर समूहबीच झडपः ६ सशस्त्र प्रहरी घाइते
अन्तर्राष्ट्रिय

धनुषा प्रहरी र तस्कर समूहबीच झडपः ६ सशस्त्र प्रहरी घाइते

शुक्रबार असार २० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

४ प्रदेशमा आज भारी वर्षाको सम्भावना, २४ घण्टाका लागि चेतावनी

शुक्रबार असार २० , २०८२
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर

रुसी जलसेनाका उपप्रमुख मारिए, ट्रम्पको प्रस्ताव पुटिनलाई अस्वीकार

शुक्रबार असार २० , २०८२
धनुषा प्रहरी र तस्कर समूहबीच झडपः ६ सशस्त्र प्रहरी घाइते

धनुषा प्रहरी र तस्कर समूहबीच झडपः ६ सशस्त्र प्रहरी घाइते

शुक्रबार असार २० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

४ प्रदेशमा आज भारी वर्षाको सम्भावना, २४ घण्टाका लागि चेतावनी

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.