×

NEPAL TIMES UPDATES

Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026

नेपालले बीआरआईमा हस्ताक्षर गर्दा अमेरिकालाई खोज्यो पारदर्शीता

२५ मंसिर २०८१

२५ मंसिर, काठमाण्डौ।

नेपालमा सत्तारुढ दलहरुबीच नै विवादका बीच चीनसँग हस्ताक्षर भएको बीआरआई परियोजनाको फ्रेमवर्कका विषयमा अझै ऋण की अनुदान भन्ने विषयमा प्रश्न उठिरहेका बेला संयुक्त राज्य अमेरिकाले समेत यो विषषयमा चासो राखेकोछ ।

Advertisement

दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भ्रमणका क्रममा बीआरआईको हस्ताक्षर भएको फ्रेमवर्कमा परादर्शीताको वकालत गरेका छन् ।

स्वदेश फर्किनुअघि सोमबार साँझ नेपाली सन्चारकर्मीसँग संवाद गरेका लूले प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै बेइजिङमा अघि बढाएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताबारे सोधिएका जिज्ञासा समाधान गर्ने क्रममा बीआरआई फ्रेमवर्क सम्झौतामा के छ भन्ने कुरामा पारदर्शिता अपनाइएको छ भन्ने अमेरिकाको विश्वास र अपेक्षा रहेको बताएका छन् ।

लुले बीआरआई फ्रेमवर्क सम्झौताले नेपालको हित, पारस्पारिक सम्मान र सम्प्रभुतामा आधारित रहोस् भनेर आफूहरुले चाहेको अर्थपुर्ण संकेत पनि गरे । ‘हामीले बीआरआईको आधिकारिक दस्तावेज त देखेका छैनौं,’ उनले अर्को टिप्पणी गरे, ‘यो सहमति नेपालको सार्वभौमसत्ता, पारस्पारिक सहयोग र सम्मानमा आधारित भएको होला भन्ने अपेक्षा गरौं ।’

दक्षिण तथा मध्य एसियाली देशका लागि जो बाइडन प्रशासनका सहायक मन्त्री रहेका लुले आफ्नो कार्यकाल सकिनुअघि भारत, श्रीलंका र नेपाल भ्रमण गरे । त्यही भ्रमण समानका क्रममा चीनसँग जोडेर यस्तो टिप्पणी गरे ।

लुले बीआरआई सम्झौताको दस्तावेज पारदर्शी नगरिएको विषयलाई कुटनीतिक शैलीमा उठाएका हुन् । उनले नेपालसँग आफ्नो देशले एमसीसी सम्झौता गर्दा पारदर्शिता अपनाएको प्रसंग पनि जोडेर बीआरआईको दस्तावेज चाहिँ किन पारदर्शी नभएको अप्रत्यक्ष रुपमा टिप्पणी गरेका छन् ।

नेपाल–चीन बढ्दो निकटतालाई कसरी लिनुभएको छ भन्ने जिज्ञासामा लुले थपे, ‘हामी नेपाललाई सबल राष्ट्रका रुपमा देख्न चाहन्छौं, ता कि यसले कुनै पनि देशको प्रभाव वा दबाबमा नपरी स्वतन्त्र निर्णय लिन सकोस् ।

नेपालले अमेरिका, भारत, चीन, टर्की, जापान, कोरिया, पाकिस्तान सबैसँग राम्रो सम्बन्ध राख्नुपर्छ । राखोस् पनि ।’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न नपाएका लुले उनका मुख्य सल्लाहकार विष्णु रिमाललाई सोमबार भेटे ।

भ्रमणका क्रममा उनले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतसँग भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल गरेका थिए ।

नेपाल बसाइका क्रममा सहायक विदेशमन्त्री लूले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रसँगको लैङ्गिक समानता र समताको कार्ययोजना अनुदानको औपचारिक शुरुआत कार्यक्रम र अमेरिकी दूतावास युवा परिषद्सँगको अन्तरक्रियामा समेत सहभागिता जनाएका थिए ।

चीनसँग बीआरआई मार्फत सम्पन्न हुने विभिन्न परियोजनामा हस्ताक्षर भएपनि नेपाली काग्रेसले चीनबाट अनुदान मात्रै स्वीकार गरिने अडान यथावत राखेको छ ।  झापामा रहेका प्रधानमन्त्री ओलीले बीआरआईमा ऋण समेत रहने भन्दै आवश्यक क्षेत्रमा ऋण समेत लिनुपर्ने धारणा राखेका छन् ।

यसले बीआरआईबाट पूर्ण अनुदान मात्रै रहने गरी हस्ताक्षर भएको भनिएकोमा ऋण समेत लिने समझदारी बनेको हो कि भन्ने आशंका उब्जिएको छ ।

Advertisement

भर्खरको समाचार

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top