ऋषिकेशकी पत्नीलाई पक्राउ नगरी अदालतमा मुद्दा,सहकारी प्रकरण के हो ?

२७ मंसिर ८१, शुक्रबार

२८ मंसिर , काठमाण्डौ।

Advertisement

मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरूद्ध मुद्दा दर्ता भएको छ। जिल्ला अदालत मोरङमा बिहीबार सरकारी वकिलको कार्यालयले २६ जनाविरूद्ध मुद्दा दायर गरेको हो ।

अहिले तीन जना मात्रै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनीहरूविरूद्ध अहिले सहकारीको बचत रकम अपचलनमा मात्रै मुद्दा दायर भएको हो। सरकारी वकिल कार्यालयका अनुसार उक्त सहकारीको २२ करोड बिगो मागदाबी गरिएको छ ।

Advertisement

अञ्जला उक्त सहकारीकी पूर्व सञ्चालक हुन् । उनीसहित सहकारीका अध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद रौनियार, उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ र कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंहलगायत फरार छन्।

यसअघि संसदको लेखा समितिका सभापति समेत रहेका एमाले सांसद पोखरेलकी पत्नी जोडिएको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणको अनुसन्धानका लागि प्रहरीले १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

Advertisement

ऋषिकेश पत्नी कोइराला उमागौरी सहकारीकी पूर्वसञ्चालक हुन् । सहकारी संकटमा परेपछि उनले पदबाट राजीनामा दिएकी थिइन् । उमागौरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिएको छ ।

सहकारीले फिर्ता गर्नुपर्ने बचत रकम २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ । उमागौरी कृषि सहकारी २०६८ सालमा स्थापना भएको हो । कोइराला दुई कार्यकाल सहकारीमा सदस्य रहेकी थिइन् । कोइरालाले २०७८÷१०÷०५ गतेदेखि सहकारीबाट राजीनामा दिएको बताएकी छन् ।

सहकारीमा १२ करोड रुपैयाँ हिनामिना भएको जनाइएको छ । सहकारीको नाममा विभिन्न बैंकबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण देखिएको छ भने सो सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १५६ रुपैयाँ छ ।

बचतकर्ताले बचत फिर्ता मागेपछि अहिले सहकारीको कार्यालय नै बन्द छ । १८ करोड ४९ लाख कुल पुँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।

सहकारीका सञ्चालकलाई रुपन्देहीको बुटवलस्थित आरएसडीसी लघुवित्तले कालो सूचीमा समेत राखेको थियो । आफू कालोसूचीमा परेको विषयमा सफाइ माग गर्दै अञ्जलाले उच्च अदालत विराटनगरमा सफाइ माग गर्दै रिट दायर गरेकी छिन् ।

उक्त मुद्दा विचाराधीन छ । कोइराला सञ्चालक भएको समयमा सहकारीले लघुवित्तबाट लिएको ऋण चुक्ता नगरेपछि लघुवित्तले सहकारीका अध्यक्ष श्याम रौनियार र पोखरेल पत्नी कोइरालासहित सबै सञ्चालकलाई कालो सूचीमा राखेको हो ।

आरएसडीसीले उमागौरी कृषि सहकारीले २०८१ असोज १० गतेसम्ममा साँवा तथा ब्याज र हर्जाना बापत ३ करोड ४३ लाख ७२ हजार ८८३ रुपैयाँ ५४ पैसा भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि रास्वपासहित प्रतिक्ष दलले सरकारले राजनीतिक प्रतिशोध साधेको र आफ्ना पक्षकाहरुलाई संरक्षण गरिरहेको आरोप लगाउँदै आएका छन् ।

अहिलेसम्म प्रहरीले अञ्जलालाई पक्राउ गरेको छैन् । तर मुद्दा भने अदालतमा दर्ता गराइसकेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top