Nepal Times
Nepal Times
3
Shares

अन्तिम खेलमा पनि हार्याे लुम्बिनी, कर्णालीको रोमान्चक जित कर्णाली प्लेअफको नजिक

अन्तिम खेलमा पनि हार्याे लुम्बिनी, कर्णालीको रोमान्चक जित कर्णाली प्लेअफको नजिक

२८ मंसिर , काठमाण्डौ ।

नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सको यात्रा पराजयमा अन्त्य भएको छ । आफ्नो अन्तिम खेलमा लुम्बिनीले कर्णाली याक्ससँग ५ रनको साँघुरो हार स्वीकार्यो । सहज जितको बाटोमा देखिएको लुम्बिनी अन्तिम ओभरहरूमा लड्खडाउँदा हार स्वीकार्न वाध्य भयो ।

१८.१ ओभरमा लुम्बिनीका ब्याटर साद बिन जाफर दुर्भाग्यपूर्ण रनआउट भएपछि खेल कर्णालीको पक्षमा मोडिएको थियो । आजको जितले कर्णाली प्लेअफको नजिक पुगेको छ । टस जितेर पहिले बलिङ गरेको लुम्बिनीले १२९ रनको लक्ष्य पाएको थियो ।

लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्रै जोड्न सक्यो । अन्तिम बलमा ६ रनको आवश्यकता थियो तर ब्याट्सम्यान रन लिन सकेनन् । लुम्बिनीका लागि टोम मूलेसले सर्वाधिक ३६ रन बनाए । यस्तै, सन्दीप जोराले २४ रन बनाए ।

आशुतोष घिरैयाले १६, अर्जुन साउदले १३ रन बनाए । कप्तान रोहित पौडेल १० रनमा आउट हुँदा साद बिन जफरले १६ रन बनाए । कर्णालीका लागि जीसम मक्सुदले २ विकेट लिए । सोमपाल कामी, नन्दन यादव, विलियम बसिस्टो र विपिन शर्माले १–१ विकेट लिए ।

त्यसअघि कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनायो । कर्णालीका लागि विलियम बसिस्टोले सर्वाधि ४४ रन जोडे । अर्जुन घर्तीले २५, बाबर हायातले २० रन बनाए । लुम्बिनीका लागि वकास आग्रीले ३ तिलक भण्डारीले २ विकेट लिए ।

रोहित पौडेल, सादबीन जफर र रामोन सिम्मोन्डस्ले १–१ विकेट लिए । आजको जितसँगै कर्णाली ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । लुम्बिनी भने २ अंकसहित प्रतियोगिताबाट बाहिरिएको छ ।

आजको दोस्रो खेलमा अहिले विराटनगरविरुद्ध चितवन खेल्दैछ । आजको खेल विराटनगरका लागि प्रतिष्ठा बनेको छ भने चितवनलाई प्लेअफको संभावना बढाउन आजको खेल जित्नै पर्ने दबाब छ ।

चितवन ६ अंकसहित चौथो स्थानमा छ । यो खेल जितेमा कर्णाली तेस्रो स्थानमा उक्लिनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.