×

NEPAL TIMES UPDATES

Playing
प्रहरी मारिएकोदेखि न्यायालय जलाइएको वर्ष २०८२ || Nepal Times
Apr 14, 2026
Playing
Top 15 Afternoon News || April-14-2026 || Nepal Times
Apr 14, 2026
Playing
इरानी सेनाको समर्थनमा सडकमा उत्रिए जनता, पुटिनले दिए साथ || Nepal Times
Apr 14, 2026
Playing
Iranले ५ वर्ष आणविक परियोजना रोक्ने, America भन्छ २० वर्ष || Nepal Times
Apr 14, 2026
Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रौद्र रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026

आफ्नो आलोचना भएको ओलीलाई चित्त बुझेन

३० मंसिर २०८१

३० मंसिर ,काठमाण्डौ ।

भर्खरै  उत्तरको छिमेकी चीनको औपचारिक भ्रमण गरेर फर्किएका प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले  पार्टीका नेता कार्यकर्तालाई चिनियाँ कम्युनिष्ट पार्टीको उदाहरण प्रस्तुत गर्दै परिवर्तन र अनुशासनको सन्देश दिएका छन् ।

Advertisement
Advertisement

एमाले केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले मुलुकको परिस्थितिमा परिवर्तन ल्याउने गरी सिङ्गो पार्टी पङ्क्ति परिचालित हुनुपर्नेमा जोड दिएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको संघर्ष, सफलता र हाल चीनको तीव्र आर्थिक विकासलाई दृष्टान्तका रूपमा प्रस्तुत गर्दै ओलीले सबै कुरामा तयार भएर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन लाग्नुपर्ने बताए ।

पार्टीभित्र वैचारिक स्पष्टता र एकता कायम गरेर समाजवादको यात्रामा अग्रसर हुनुपर्ने बताउँदै उनले कार्यशालामा सहभागी हरेक सदस्यले यसको सन्देश आमजनसमुदायमा सम्प्रेषण गर्न आग्रह गरे ।

चिनियाँ कम्युनिस्ट पार्टीले केही पनि नभएको ठाउँबाट राज्यसत्तामा पुगेर श्रेष्ठता हासिल गर्दै चीनलाई आर्थिक महाशक्ति बनाएको उदाहरण प्रस्तुत गर्दै ओलीले त्यहाँ पार्टी नेतृत्वलाई कुनै पनि नेताले विरोध नगर्ने गरेको स्मरण गराए ।

चीनले अन्य समाजवादी मुलुकको नक्कल नगरी आफ्नै विशेषताको समाजवादको यात्रा थालेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले एमालेले पनि नेपालमा समाजवाद स्थापनाको लक्ष्यमा आफूलाई अग्रसर गराउँदै आएको बताए ।

‘हाम्रो पार्टी केवल राजनीति गर्न जन्मेको होइन ।समाजवाद र राष्ट्रवादको महान् उद्देश्य बोकेर देश बनाउन र सकारात्मक परिवर्तन ल्याउन जन्मेको पार्टी हो । यसले सामाजिक परिस्थितिलाई उच्चतम रूप दिन सुरुवातदेखि नै लाग्दै आएको छ,’ ओलीले भने, ’जनताले सजिलोसँग खान, लाउन, बस्न पाउने तथा छोराछोरी पढाउन पाउने, बिरामी हुँदा उपचार गर्न पाउने आधारभूत आवश्यकताको परिपूर्ति तथा राजनीतिक अधिकार पाउनुपर्ने भन्ने उद्देश्यले कम्युनिस्ट पार्टीको स्थापना भएको हो ।राजनीतिक अधिकार प्राप्ति भएको छ, अब स्थिरता र स्थायित्व कायम गरेर आर्थिक उत्पादन र समृद्धिमा लाग्नुपर्नेछ ।’ 

उनले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तो परिस्थिति आउने भन्दै  त्यसको सामना गर्न सक्ने खालको श्रेष्ठता हासिल गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टी नेतृत्वको आलोचना हुने गरेको प्रति लक्षित गर्दै ओलीले ऐतिहासकालदेखि पार्टीमा वैचारिक स्पष्टता र एकता हुन नसक्दा वाञ्छित उपलब्धि हासिल हुन नसकेको बताउँदै  पार्टीभित्र बिमति जनाउने तर सही बाटो के हो भनेर पहिल्याउन नसक्ने प्रवृत्ति देखा पर्दै आएको टिप्पणी गरे ।

प्रतिक्रियावादीले कम्युनिस्ट पार्टीलाई विभाजन गराएर राज गर्ने नीति लिए पनि पुष्पलालले पार्टी एकताको प्रयास गरेको स्मरण गर्दै अध्यक्ष ओलीले आफूलाई जे लाग्यो, त्यही सही भन्ने प्रवृत्तिबाट मुक्त भई सही कुरा अपनाउने र त्यसमा अडिग रहने इमानदारी नेता–कार्यकर्ता आवश्यक हुने बताए ।

शनिबार सुरु भएको कार्यशालामा एमालेका सबै प्रदेश र जिल्ला कमिटीका  अध्यक्ष, सचिव, सङ्गठन विभागका प्रमुख, प्रदेश कमिटीबाट थप दुई महिला, जनसङ्गठनका केन्द्रीय अध्यक्ष÷महासचिव र महानगर÷उपमहानगरका एमालेबाट निर्वाचित प्रमुख÷उपप्रमुहरूको सहभागिता रहेको छ ।

चीनमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र नेतृत्वको आलोचना अत्यन्तै संवेदनशील विषय हो । किनकि सीपीसीको शासन एकदलीय प्रणालीमा आधारित छ। त्यहाँ आलोचनालाई प्रायः राजनीतिक स्थिरता र राष्ट्रिय एकताको विरुद्धको कार्य मानिने भएकाले यसलाई दमन गर्ने प्रवृत्ति छ  ।

चीनमा पार्टीभित्र सीमित फोरम र कार्यशालाहरूमा आत्म–समीक्षा र सुधारका लागि आलोचना गर्न सकिन्छ। तर यो ती आलोचना मुख्यतः पार्टीभित्रै रहन्छ र यसलाई “रचनात्मक आलोचना“ का रूपमा लिइन्छ। सार्वजनिक रूपमा सीपीसी र नेतृत्वको आलोचना निषेध छ।

यस्तो आलोचना गर्नेलाई प्रायः “राष्ट्रविरोधी गतिविधि“ र “सामाजिक स्थिरता खलल गर्ने“ अभियोग लगाएर कारबाही गरिन्छ।  त्याहा मिडिया, इन्टरनेट र सामाजिक सञ्जालमा कडा सेन्सरसिप लागू गरिएको छ।  त्यहा कुनै पनि सामग्री जसले पार्टी नेतृत्वको आलोचना गर्छ तिनालाई तुरुन्तै हटाइन्छ। अधिकांश कार्यकर्ताहरू पार्टी नेतृत्वप्रति पूर्ण वफादारी देखाउँछन्।

यसलाई “पार्टी अनुशासन“ र “निष्ठा“ को रूपमा लिइन्छ। पार्टी नेतृत्वको आलोचना गर्नेहरूलाई प्रायः गिरफ्तार गरिन्छ। उनीहरूलाई “राजनीतिक अपराधी“ घोषणा गरेर जेल हालिन्छ। मानव अधिकारकर्मी, लेखक, पत्रकार र विद्वानहरू आलोचना गरेकै आधारमा दमनमा परेका छन्।

चिनियाँ लेखक लियु सियाबाओले सरकारको आलोचना गरेकाले नोबेल शान्ति पुरस्कार जिते पनि उनलाई जेलमा राखिएको थियो । यद्यपि चीनको विकासलाई मुख्यतः चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को नेतृत्वमा भएको मानिन्छ ।

किनभने चीनमा सन्  १९४९ मा जनवादी गणतन्त्र स्थापनापछि सीपीसीले निरन्तर शासन गर्दै आएको छ।  सन् १९७८ मा देङ सियाओपिङको नेतृत्वमा सीपीसीले “सुधार र खुलापन“ नीति अपनायो। यसपछि कृषि, उद्योग, विदेशी लगानी र व्यापारमा सुधार गर्दै चीनलाई विश्व अर्थतन्त्रमा समाहित गराएको थियो ।

यस नीतिले चीनलाई तीव्र आर्थिक वृद्धिको मार्गमा पु¥याएको मानिन्छ । यही नीतिले नै ८० करोडभन्दा बढी मानिसलाई गरिबीको रेखामुनि बाट उठाउँदै चीनलाई मध्यम आय भएको राष्ट्र बनाएको विश्लेषण गरिन्छ ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top