×

NEPAL TIMES UPDATES

Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुदन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026

ओली सरकार एक महिनाभित्र ढल्ने, रअका पूर्व एजेन्टको दाबी

३० मंसिर २०८१

३० मंसिर ,काठमाण्डौ।
गएको असार १७ गते कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको ७ बुँदे सहमतिकै आधारमा ओलीको नेतृत्वका सरकार बनेको छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले यो सरकार आगामी निर्वाचनसम्म जाने र अन्तिम एक वर्ष शेरबहादुरले देउवाले सरकारको नेतृत्व गर्ने दावी गरिरहेका छन् ।

स्वयम प्रधानमन्त्री ओलीले समेत सहज रुपमा सहमति वमोजिम नै देउवालाई सत्ता हस्तान्तरण गर्ने बताउदै आएका छन् । दुई दलबीच भएको सहमति वमोजिम नै संविधान संशोधनको वहस अहिले चर्चामा छ ।

Advertisement
Advertisement

राष्ट्रिय राजनीतिमा समेत संविधान संशोधनको यो वहस चलिरहेका बेला नेपालको संविधान जारी गरेपछि नाकाबन्दी सम्म लगाएको दक्षिणको छिमेकी भारतमा भने ओली नेतृत्वको सरकार अबको एक महिना भित्र ढल्ने सनसनीपूर्ण दाबी गरिएको छ ।

र यो दाबी अरु कसैले नभएर भारतीय गुप्तचर संस्था रअका पूर्व एजेन्ट लक्ष्मण सिंह विष्ट अर्थात लक्की विष्टले गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षा गार्ड पनि रहिसकेका लक्कीले एक अन्तर्वार्तामा केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने दाबी गरेका छन् ।

नवभारत टाइम्ससँगको अन्तर्वार्तामा उनले नेपालमा सरकार परिर्वन हुने सनसनीपूर्ण दाबी गरेका छन् । नवभारत टाइम्सबाट प्रशारित भिडियो अन्तर्वार्तामा उनले एक महिनाभित्र नेपालमा सरकार परिवर्तन हुने दाबी गरेका छन् ।

उनले अन्तर्वार्तामा दाबी गरेका छन् , “आज १२ तारिख हो । तपाईंलाई अचम्म लाग्ला, तपाईंले केही दिनपछि एउटा अर्को समाचार सुन्नुहुन्छ, नेपालको सरकार ढल्नेवाला छ,” उनले अन्तरवार्तमा पत्रकारलाई आफूले भनेको कुरा नोट गर्न पनि आग्रह गरेका छन् ।

“तपाईं नोट गर्नुहोस्, तपाईंलाई निकै छिटो १० दिन, १५ दिनभित्र खबर आउँछ, नेपालको सरकार ढल्दै छ । जुन दुई महिना पहिले बनेको थियो ।” यसपछि पत्रकार त्रिपाठी प्रश्न गर्छन्, “यसको पछाडि को छ ? एजेन्सी ।”

विष्टले अन्तर्वार्तामा विश्वभरमा हुने सबै घटनाको पछाडि गुप्तचर एजेन्सी हुने दाबी गर्छन् । श्रीलंका, पाकिस्तान र बंगलादेशको पछिल्लो घटनाक्रममा गुप्चतर एजेन्सीको हात रहेका उनी अन्तर्वार्तामा दाबी गर्छन् ।

त्रिपाठीसँगको अन्तर्वार्तामा उनी अगाडि भन्छन्, “म १२ तारिखमा यो भन्दै छु ,यो कुरा दुनियाको कुनै न्युजपेपरमा आएको छैन, अहिलेसम्म । २०, १५, २५ दिन, एक महिनामा नेपालको सरकार ढल्दै छ ।” विष्टले अन्तर्वार्तामा नेपाल विश्वभरका गुप्चतर एजेन्सीको खेल्ने ठाउँ भएको पनि दाबी गरेका छन् ।

‘रअ’ एजेन्ट हुँदा नेपाल र बंगलादेशमा अपरेसन गरेको पनि उनले दाबी गरेका छन् । उनी अन्तर्वार्तामा भन्छन्, “मलाई सबैभन्दा नेपाल खतरनाक लाग्छ ।” उनले नेपालमा विश्वभरका गुप्चतर एजेन्सी सक्रिय हुने र तिनको सहभागिता अत्यधिक हुने दाबी गरेका छन् ।

उनी भन्छन्, “नेपालमा जति मान्छे छन्, त्यसभन्दा बढी एजेन्ट छन् ।” उनले अन्तर्वार्तामा आईएसएसको शक्तिशाली मान्छेलाई नेपाल बोलाएर नेपालबाट भारत लगिएको पनि खुलासा गरेका छन् । तर, यो कहिलेको घटना हो भनेर उनले खुलाएका छैनन् ।

पाकिस्तानबाट आईसएसआईका मान्छेलाई नेपाल ल्याएर नेपालबाट भारत लगिएको अपरेसनको नाम ‘अपरेसन क्यासिनो’ रहेको उनको दाबी छ । उनले भारतका लागि सबैभन्दा खतरनाक देश नेपाल भएको दाबी गरेका छन् ।

नेपालमा विश्वभरका गुप्तचर एजेन्सीको चलखेल हुने हुँदा भारतका लागि खतरा भएको उनको दाबी छ । सन् २०११ मा उनीमाथि दुई जनाको हत्या अभियोग लागेको थियो । यही अभियोगमा उनी तीन वर्ष जेल बसेका थिए ।

उनीमाथि लेखिएको एउटा किताब पनि छ, ‘हिटम्यान द रियल स्टोरी अफ एजेन्ट लिमा ।’ यस किताबमा उनले आफू सामेल भएका अपरेसनबारे लेखेका छन् । त्यही पुस्तकमा उल्लेखित विषयहरुका बारेमा उनीसँग प्रश्न गरिएको छ ।

पछिल्लो समय नेपालले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरेपछि सत्तारुढ दलभित्रै असन्तुष्टी पैदा भएको विश्लेषण हुँदै आएको छ । यद्यपि सत्तारुढ प्रमुख दुई दलका शीर्ष नेताहरुले नै यसमा कुनै सत्यता नरहेको बताउदै आएका छन् ।

बीआरआईका विषयमा ओलीको चीन भ्रमण अघि दुई दलको असमझदारीका विषय बाहिरिएपछि भने एमाले एमाले उपमहासचिव प्रदीप ज्ञवालीले काग्रेस तर्फ लक्षित गर्दै बीआरआईलाई गिजोल्ने काम गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

सँगैउनले भारत तर्फ लक्षित गर्दै नेपालको आन्तरिक विषयमा अन्य कुनै पनि देशको चासो राख्न आवश्यक नभएको टिप्पणी गरेका थिए । चीन भ्रमणपछि प्रधानमन्त्री ओली भारतको भ्रमणमा जाने तयारी गरिरहेको खबर बाहिरिरहेका बेला रअका पूर्व एजेन्टको यो सनसनीपूर्ण दाबीले भने नयाँ तरंग उत्पन्न भएको छ ।

Advertisement

भर्खरको समाचार

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

सम्बन्धित खबरहरु

Scroll to Top