×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

एनपिएलमा सुदूरको दबदबा, प्लेअफसँगै शीर्षस्थानमा

३० मंसिर २०८१

३० मंसिर ,काठमाण्डौ।

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई पाँच रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगेको छ। अन्तिम खेलअघि सुदूरपश्चिम १० अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ।

Advertisement

१० अंक नै जोडेको जनकपुर बोल्ट्स यसअघि नै प्लेअफमा पुगिसकेको छ। ८ अंक बटुलेको तेस्रो स्थानको चितवन राइनोजले पनि प्लेअफमा स्थान पक्का गरिसकेको छ। अब सोमबार कर्णाली याक्स र सुदूरपश्चिमबीच हुने लिगको अन्तिम खेलबाट प्लेअफमा पुग्ने चौथो टोलीको टुंगो लाग्नेछ।

कर्णालीले ठूलो अन्तरले पराजय भोगेको अवस्थामा काठमाडौं गुर्खाज प्लेअफमा पुग्नेछ । प्रतिस्पर्धात्मक हार ब्यहोरे पनि कर्णालीले प्लेअफमा स्थान पक्का गर्दा काठमाडौं बाहिरिनेछ । सुदूरपश्चिम र कर्णालीबीचको खेलले शीर्षदेखि चौथो स्थान हात पार्ने टोलीको स्थान पक्का हुनेछ।

जसमा चितवन शीर्ष दुईमा नपर्ने पक्का भएको हुँदा उसले इलिमिनेटर खेल्नु पर्नेछ। शीर्ष चारमा रहेका टोली मध्ये शीर्ष दुईले पहिलो क्वालिफायर खेल्नेछन्। जित्ने टोलीले फाइनल पुग्नेछ भने हार्ने टोलीलाई दोस्रो क्वालिफायर खेल्ने मौका हुनेछ।

लिगमा तेस्रो र चौथो हुने टोलीले इलिमिनेटर खेल्नेछन्। जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ। हार्ने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायरको विजेता टोली फाइनल पुग्नेछ भने हार्ने टोली बाहिरनेछ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार दिनको दोस्रो खेलमा सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा अन्तिम ओभरमा तीन विकेट गुमाउँदा तीन बल खेल्न बाँकी छदा १४८ रनमा अलआउट भएसँगै ५ रनको रोमान्चक जित हासिल गर्याे।

१९औं ओभरमा हरमित सिंहले पोखराका रेमन्ड रेइफरलाई ३३ रनमा खेलिरहदा नरेन साउदबाट बाउन्ड्रीमा क्याच गराएका थिए। यो ओभरको अन्तिम बलमा माइकल लिक्स पनि आउट हुँदा पोखरालाई अन्तिम ओभरमा आठ रन चाहिएको थियो।

जसमा सुदूरपश्चिमकका स्कट कुगेलेइनले अन्तिम ओभरको पहिलो बलमा वाइड फ्याँके। दोस्रो बलमा किरण ठगुन्नालाई ३२ रनमा बोल्ड गरे। दोस्रो बलमा दुई रन लिने क्रममा सुदिप अर्याल रनआउट हुन पुगे।

तेस्रो बलमा विपिन खत्री क्याच हुँद खेल सुदूरपश्चिमले जित्यो। पोखराका ओपनरद्वय आन्द्रेस गौसले २६ रन र दिनेश खरेलले १५ रन जोडे। तर कप्तान कुशल भुर्तेल भने शून्यमा आउट भए। लगत्तै दिलिप नाथ १ रनमा आउट हुँदा जेन मल्लिकले १० रन जोड्न सके।

बलिङमा कुगेलेइनले ५ विकेट लिँदा १ मेडन राखे भने १८ रन मात्र दिए। टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५३ रन जोड्यो। सुदूरपश्चिमका लागि आरिफ शेखले नटआउट ४२ रन जोडे।

उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । त्यसअघि ओपनरद्वय सइफ जइब ९ रन र विनोद भण्डारी १४ रनमा आउट भए। बलिङमा पोखराका कप्तान भुर्तेलले २ विकेट लिए भने रेइफर, सागर ढकाल र माइकल लिस्कले १–१ विकेट लिए ।

समूह चरणको अन्तिम खेलमा भोलि कर्णाली र सुदूर पश्चिम भिड्नेछन् । प्लेअफका दुई खेल भने बुधबार हुनेछन् ।

Advertisement

भर्खरको समाचार

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

सम्बन्धित खबरहरु

Scroll to Top