×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

हिरासतको फोटो भाइरल, रवि सुरक्षित छैनन् ?

४ पुष २०८१

४ पुष, काठमाण्डौ।

सहकारी ठगी प्रकरणमा अनुशन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतमै सुतिरहेको फोटो सामाजिक संजालमा भाइरल भएको छ ।

Advertisement
Advertisement

बुधबार रातीदेखि भाइरल भइरहेको रविको सो फोटो कसले, किन खिचेको भन्नेमा अहिले विभिन्न टिकाटिप्पणी भइरहेका छन् । रवि स्वयंले भने फोटो भाइरल भएपछि आफू हिरासतमै सुरक्षित नभएको बताएका छन् ।

बुधबार सिसीटिभीबाट खिचिएको फोटो भाइरल भएको हो । जसमा हिरासतमा रहेको एउटा खाटमा रवि ओढ्ने ओढेर सुतिरहेका देखिन्छन् । बिहीबार रास्वपा कोषाध्यक्ष दीपक बोहरा लामिछानेलाई भेट्न जिल्ला प्रहरी कास्कीको हिरासत नै पुगेका थिए ।

बोहरासँग रविले अब आफू हिरासतमा सुरक्षित नभएको बताएका हुन् । लामिछानेलाई उद्धृत गर्दै बोहराले भने, ’म सुरक्षित छैन, यिनीहरूले फोटो मात्रै होइन, भिडिओसमेत कतै पठाउँछन् कि जस्तो लाग्छ । छानबिन हुनुपर्छ।’

लामिछानेका स्वकीय सचिवसमते रहेका पार्टीका सह–कोषाध्यक्ष दीपक बोहराले प्रहरीले कसैलाई पठाउनको लागि लामिछाने सुतिरहेको सीसीटीभीको फुटेज स्क्रिनसट गरेको आरोप लगाउँदै त्यसप्रति आपत्ति प्रकट गरेका छन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने सहकारीको रकम दुरुपयोग गरेको अभियोगमा विगत दुई महिनादेखि प्रहरी हिरासतमा छन् । लामिछानेको सीसीटीभीबाट लिइएको तस्वीर बुधबार राति सामाजिक सञ्जालमार्फत् बाहिरिएको हो ।

सार्वजनिक भएको तस्बिरमा लामिछाने हिरासत कोठामा सिरक ओढेर सुतिरहेको देख्न सकिन्छ । त्यसप्रति आपत्ति जनाउँदै रास्वपा नेता बोहोराले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्याय गर्नुको पनि हद हुन्छ ।

रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो? कति हो यो फोटोको मूल्य? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला।’

प्रहरीको हिरासतभित्र रास्वपा सभापति सुतिरहेकोे तस्बिर बाहिरिएपछि रास्वपाका नेताहरुले आपत्ति जनाएका हुन् । गएको मंगलबार लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । त्यसलाई अदालतले सदर गरेको हो । अब शुक्रबार सम्ममा लामिछानेविरुद्ध अदालतमा अभियोगपत्र दायर गर्नै पर्ने कानुनी बाध्यता छ ।

तर कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने यो तस्बिर नै रविको होइन भन्दै रास्वपाले नै सहानुभूतिका लागि स्टन्टबाजी गरिरहेको आरोप पनि लगाएका छन् । यसबीच लामिछाने हिरासतमै रहेको तस्बिर भनी सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएपछि प्रहरीले पनि अनुसन्धान थालेको छ ।

त्यो तस्बिर रवि लामिछानेकै हो कि होइन भन्ने प्रश्नमा जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रवक्ता, डीएसपी वसन्तकुमार शर्माले होइन भने भन्न सकेनन् ।उनले भने, ‘हो, होइन, त्यो तस्बिर कसरी बाहिरियो, ती सबै कुरा पत्ता लगाउनकै लागि त अनुसन्धान गरिरहेका छौँ।’

रास्वपाका नेताले उक्त तस्बिर आफ्नै सभापति रवि लामिछानेकै भएको जिकिर गर्दै आपत्ति जनाइरहेका छन् । अर्कातर्फ कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने यो तस्बिर नै रविको होइन भन्ने दाबी गरिरहेका छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगीअन्तर्गत संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा समेत रवि गत कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा छन् । कास्की प्रहरीले यही पुस १ गते रविसहित ५१ जनलाई प्रतिवादी बनाउँदै सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गराउन राय दिँदै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।

अब सरकारी वकिल कार्यालयले उक्त मुद्दा आउने शुक्रबारभित्र अदालतमा दर्ता गराइसक्नुपर्नेछ । किनकि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि बढीमा ९० दिन मात्र हिरासतमा राख्न पाइने प्रावधान छ ।

सोही प्रकरणमा रविका व्यावसायिक साझेदार छविलाल जोशी पक्राउ परेको शुक्रबार (पुस ५ गते) ९० दिन पूरा हुँदै छ । जोशी गत असोज ६ गते पक्राउ परेका थिए । यसैबीच गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा भइरहेको अनुसन्धानलाई प्रभाव पार्न विभिन्न पार्टीका मानिसले जथाभावी बोल्दै हिँडेको टिप्पणी गरेका छन् ।

उनले अपराधमा संलग्न देखिए जोसुकै व्यक्ति पनि कानुनी कारबाहीको दायरामा आउनेसमेत बताएका छन् । पाल्पामा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री लेखकले रास्वपाका नेता–कार्यकर्तातर्फ इंगित गर्दै सहकारी ठगीसम्बन्धी अनुसन्धानलाई प्रभावित पार्न खोजेको बताएका हुन् ।

‘अनुसन्धानको दायरामा ल्याउनलाई ठूलो वा सानो मान्छे भन्ने हुँदैन । जोसुकैलाई अनुसन्धानको दायरामा ल्याइन्छ,’ उनले भने । गृहमन्त्री लेखकले भ्रष्टाचार समाप्त गरेर सुशासन कायम गर्न कांग्रेस–एमालेको गठबन्धन सरकार बनेको बताए ।

उनले शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरे । ‘शान्ति सुरक्षा र अमनचयन भएन भने विकास निर्माणदेखि लिएर सबै क्षेत्रमा असर पर्छ,’ उनले भने ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top