NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो आइतवार कार्तिक १६ , २०८२
बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं ! आइतवार कार्तिक १६ , २०८२
कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय आइतवार कार्तिक १६ , २०८२
मध्यरातमा बालेनको अश्लील स्टाटस, केहीबेरमा डिलिट आइतवार कार्तिक १६ , २०८२
Next
Prev

समाचार

हिरासतको फोटो भाइरल, रवि सुरक्षित छैनन् ?

बिहिबार पुस ४ , २०८१
Reading Time: 1 min read
A A
हिरासतको फोटो भाइरल, रवि सुरक्षित छैनन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

४ पुष, काठमाण्डौ।

सहकारी ठगी प्रकरणमा अनुशन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतमै सुतिरहेको फोटो सामाजिक संजालमा भाइरल भएको छ ।

बुधबार रातीदेखि भाइरल भइरहेको रविको सो फोटो कसले, किन खिचेको भन्नेमा अहिले विभिन्न टिकाटिप्पणी भइरहेका छन् । रवि स्वयंले भने फोटो भाइरल भएपछि आफू हिरासतमै सुरक्षित नभएको बताएका छन् ।

बुधबार सिसीटिभीबाट खिचिएको फोटो भाइरल भएको हो । जसमा हिरासतमा रहेको एउटा खाटमा रवि ओढ्ने ओढेर सुतिरहेका देखिन्छन् । बिहीबार रास्वपा कोषाध्यक्ष दीपक बोहरा लामिछानेलाई भेट्न जिल्ला प्रहरी कास्कीको हिरासत नै पुगेका थिए ।

बोहरासँग रविले अब आफू हिरासतमा सुरक्षित नभएको बताएका हुन् । लामिछानेलाई उद्धृत गर्दै बोहराले भने, ’म सुरक्षित छैन, यिनीहरूले फोटो मात्रै होइन, भिडिओसमेत कतै पठाउँछन् कि जस्तो लाग्छ । छानबिन हुनुपर्छ।’

लामिछानेका स्वकीय सचिवसमते रहेका पार्टीका सह–कोषाध्यक्ष दीपक बोहराले प्रहरीले कसैलाई पठाउनको लागि लामिछाने सुतिरहेको सीसीटीभीको फुटेज स्क्रिनसट गरेको आरोप लगाउँदै त्यसप्रति आपत्ति प्रकट गरेका छन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने सहकारीको रकम दुरुपयोग गरेको अभियोगमा विगत दुई महिनादेखि प्रहरी हिरासतमा छन् । लामिछानेको सीसीटीभीबाट लिइएको तस्वीर बुधबार राति सामाजिक सञ्जालमार्फत् बाहिरिएको हो ।

सार्वजनिक भएको तस्बिरमा लामिछाने हिरासत कोठामा सिरक ओढेर सुतिरहेको देख्न सकिन्छ । त्यसप्रति आपत्ति जनाउँदै रास्वपा नेता बोहोराले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्याय गर्नुको पनि हद हुन्छ ।

रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो? कति हो यो फोटोको मूल्य? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला।’

प्रहरीको हिरासतभित्र रास्वपा सभापति सुतिरहेकोे तस्बिर बाहिरिएपछि रास्वपाका नेताहरुले आपत्ति जनाएका हुन् । गएको मंगलबार लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । त्यसलाई अदालतले सदर गरेको हो । अब शुक्रबार सम्ममा लामिछानेविरुद्ध अदालतमा अभियोगपत्र दायर गर्नै पर्ने कानुनी बाध्यता छ ।

तर कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने यो तस्बिर नै रविको होइन भन्दै रास्वपाले नै सहानुभूतिका लागि स्टन्टबाजी गरिरहेको आरोप पनि लगाएका छन् । यसबीच लामिछाने हिरासतमै रहेको तस्बिर भनी सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएपछि प्रहरीले पनि अनुसन्धान थालेको छ ।

त्यो तस्बिर रवि लामिछानेकै हो कि होइन भन्ने प्रश्नमा जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रवक्ता, डीएसपी वसन्तकुमार शर्माले होइन भने भन्न सकेनन् ।उनले भने, ‘हो, होइन, त्यो तस्बिर कसरी बाहिरियो, ती सबै कुरा पत्ता लगाउनकै लागि त अनुसन्धान गरिरहेका छौँ।’

रास्वपाका नेताले उक्त तस्बिर आफ्नै सभापति रवि लामिछानेकै भएको जिकिर गर्दै आपत्ति जनाइरहेका छन् । अर्कातर्फ कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने यो तस्बिर नै रविको होइन भन्ने दाबी गरिरहेका छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगीअन्तर्गत संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा समेत रवि गत कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा छन् । कास्की प्रहरीले यही पुस १ गते रविसहित ५१ जनलाई प्रतिवादी बनाउँदै सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गराउन राय दिँदै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।

अब सरकारी वकिल कार्यालयले उक्त मुद्दा आउने शुक्रबारभित्र अदालतमा दर्ता गराइसक्नुपर्नेछ । किनकि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि बढीमा ९० दिन मात्र हिरासतमा राख्न पाइने प्रावधान छ ।

सोही प्रकरणमा रविका व्यावसायिक साझेदार छविलाल जोशी पक्राउ परेको शुक्रबार (पुस ५ गते) ९० दिन पूरा हुँदै छ । जोशी गत असोज ६ गते पक्राउ परेका थिए । यसैबीच गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा भइरहेको अनुसन्धानलाई प्रभाव पार्न विभिन्न पार्टीका मानिसले जथाभावी बोल्दै हिँडेको टिप्पणी गरेका छन् ।

उनले अपराधमा संलग्न देखिए जोसुकै व्यक्ति पनि कानुनी कारबाहीको दायरामा आउनेसमेत बताएका छन् । पाल्पामा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री लेखकले रास्वपाका नेता–कार्यकर्तातर्फ इंगित गर्दै सहकारी ठगीसम्बन्धी अनुसन्धानलाई प्रभावित पार्न खोजेको बताएका हुन् ।

‘अनुसन्धानको दायरामा ल्याउनलाई ठूलो वा सानो मान्छे भन्ने हुँदैन । जोसुकैलाई अनुसन्धानको दायरामा ल्याइन्छ,’ उनले भने । गृहमन्त्री लेखकले भ्रष्टाचार समाप्त गरेर सुशासन कायम गर्न कांग्रेस–एमालेको गठबन्धन सरकार बनेको बताए ।

उनले शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरे । ‘शान्ति सुरक्षा र अमनचयन भएन भने विकास निर्माणदेखि लिएर सबै क्षेत्रमा असर पर्छ,’ उनले भने ।

Tags: # रविको सुतिरहेको फोटो#सहकारी ठगी प्रकरण#हिरासतको फोटो भाइरल

लोकप्रीय

प्रधानमन्त्रीले बोलाएको वार्तामा एमाले कसरी प्रस्तुत हुँदैछ ?

सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२

विचार

थप समाचार

प्रधानमन्त्रीले बोलाएको वार्तामा एमाले कसरी प्रस्तुत हुँदैछ ?
ताजा समाचार

सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो
अन्तर्राष्ट्रिय

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर
ताजा समाचार

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा
ताजा समाचार

कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय

आइतवार कार्तिक १६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

World News: रुसको पनडुब्बी ड्रोन, बधशाला बन्यो अस्पताल, युकेको घातक अपरेसन स्टर्लिङ || Nepal Times

00:18:20

World News: गिरोहलाई पैसा नदिदा ह*त्या, किमको मिसाइल, गाजामा फेरि भीषण ह*म*ला || Nepal Times

00:15:40

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

कुलमानले खोले बञ्चरेडाँडाको फोहोर फाल्ने अवरोध, १५ दिनको समय

आइतवार कार्तिक १६ , २०८२

हालका पोस्टहरू

प्रधानमन्त्रीले बोलाएको वार्तामा एमाले कसरी प्रस्तुत हुँदैछ ?

सुशीला सरकारलाई अदालतको लगाम, राजदूत फिर्ताको निर्णय उल्टियो

आइतवार कार्तिक १६ , २०८२
सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

सीले कोरियाका राष्ट्रपतिलाई शाओमी फोन दिए, र ठट्टामै हाने झटारो

आइतवार कार्तिक १६ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.