×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

फाइनलमा सुदूरपश्चिमसँग खेल्न कर्णाली र जनकपुर भिड्दै

४ पुष २०८१

४ पुष, काठमाण्डौ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचमा प्रतिस्पर्धा हुँदैछ । दोस्रो क्वालिफायर खेलमा जनकपुर र कर्णाली प्रतिस्पर्धामा उत्रन लागेका हुन् । कीर्तिपुरस्थित खेल मैदानमा दिउँसो १ः०० बजेबाट सो खेल सुरू हुनेछ ।

Advertisement
Advertisement

सुदुरपश्चिमसँग पहिलो क्ववालिफायर खेलमा ८ विकेटले पराजित भएर आएको जनकपुर र इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा प्रवेश गरेका हुन् । इलिमेटरमा खेल्नु अघि कर्णाली ८ अंकका साथ चौथो स्थानमा थियो भने जनकपुर बोल्टस १० अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

फाइनलमा पुग्नका लागि दुवै टिमलाई आजको खेल जित्नै पर्ने दबाब छ । यसअघि पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने फाइनलमा स्थान पक्का गरिसकेको छ । अब आजको जित्ने टोलीले शनिबार उपाधि भिडन्तमा सुदूरपश्चिमको सामना गर्नेछ ।

पराजित टोली भने तेस्रो स्थानमा सिमित हुनेछ । त्यसैले कर्णाली याक्स र जनकपुर बोल्ट्सबीचको दोस्रो क्वालिफायर खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । कर्णाली याक्स प्रारम्भिक चरणको खेलबाट ८ अंक बटुल्दै तालिकामा चौथो भएर प्रतियोगिताको प्ले अफ चरणमा पुगेको हो ।

प्रारम्भिक चरणमा कर्णाली याक्सले आफूले खेलेको ७ मध्ये ४ खेलमा जित र ३ खेलमा हारको नतिजा निकालेको थियो । कर्णाली याक्स आफ्नो पहिलो खेलमै जनकपुर बोल्ट्ससंग ८ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा पनि कर्णाली याक्स काठमाडौं गुर्खाजसंग ३ विकेटले हारेको थियो । त्यसपछि लयमा फर्किएको कर्णाली याक्सले तेस्रो खेलमा चितवन राइनोजलाई ६ विकेटले र चौथो खेलमा विराटनगर किंग्स्लाई ७ रनले हराएको थियो ।

यसैगरी कर्णाली याक्सले आफ्नो पाँचौ खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले र छैटौं खेलमा लुम्बिनी लायन्सलाई पाँच रनले हराएको थियो । आफ्नो अन्तिम खेलमा कर्णाली याक्स बलियो सुदुरपश्चिम रोयल्ससंग ६ विकेटले पराजित भएको थियो ।

कर्णाली याक्स प्ले अफ चरणमा स्थान बनाउने अन्तिम टोली पनि बनेको थियो । कर्णाली याक्सले प्ले अफ चरणमा पुग्नै ठूलो संघर्ष गर्नु परेको थियो । कर्णाली याक्स र काठमाडौं गुर्खाजको अंक बराबर थियो ।

त्यसैले अन्तिम खेलमा कर्णाली याक्स सुदूरपश्चिम रोयल्ससंग ५५ रनभन्दा ठुलो अन्तरले पराजित भएको भए काठमाडौं गुर्खाज प्ले अफ चरणमा पुग्ने अवस्था थियो । यसैगरी प्रारम्भिक चरणको अन्तिम खेलमा सुदूरपश्चिले १२.२ ओभरमै विजयलक्ष्य प्राप्त गरेको भएपनि कर्णाली याक्स उपाधि होडबाट बाहिरिने थियो र काठमाडौं गुर्खाज प्ले अफ चरणमा पुग्ने थियो ।

तर अन्तिम समयमा काठमाडौं गुर्खाजलाई जिल्याउँदै कर्णाली याक्स राम्रो नेट रन रेटका आधारमा प्ले अफ चरणमा पुग्न सफल भयो । त्यसैले एनपिएलको पहिलो संस्करणमा कर्णाली याक्स भाग्यमानी टोलीको रुपमा उदाएको छ ।

अर्कोतर्फ जनकपुर बोल्ट्स अंक तालिकामा दोस्रो हुँदै प्रतियोगिताको प्ले अफमा पुगेको हो । जनकपुरले सात खेलबाट १० अंक बटुलेको थियो । जनकपुर ७ मध्ये ५ खेलमा विजयी भएको थियो भने दुई खेलमा हार भोगेको थियो ।

प्रारम्भिक चरणको आफ्नो पहिलो खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटले हराएको थियो । जनकपुरले आफ्नो दोस्रो खेलमा कर्णाली याक्सलाई पनि ८ विकेटले नै हराएको थियो । तेस्रो खेलमा जनकपुरले पोखरामाथि ७ विकेटको जित निकाल्यो ।

चौथो खेलमा जनकपुर बोल्ट्सले लम्बिनी लायन्समाथि १ रनको रोमान्चक जित निकाल्यो । पाँचौ खेलमा सुदूरपश्चिमसंग ७२ रनले हार्यो । यसैगरी आफ्नो छैटौं खेलमा काठमाडौंलाई पाँच विकेटले पराजित गरेको थियो । लिग चरणको आफ्नो अन्तिम खलमा भने जनकपुर चितवनसंग ३२ रनले पराजित भएको थियो ।

जनकपुर बोल्ट्स अनिलकुमार साहको कप्तानीमा रहेको छ तर उनी घाइते छन् । हिजोको खेलमा मार्कीसमेत रहेका आसिफ शेखले टोलीको नेतृत्व गरेका थिए । यस्तै यो टोलीमा ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम, जोशुआ ट्रम्प, बेन माइक, मोहमद मोहसिन, लाहिरू मिलन्था, हर्ष थाकर रहेका छन् ।

Advertisement

यता कर्णाली याक्समा सोमपाल कामी (मार्की), गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, बाबर हायत, चाडविक वाल्टन, जीशान मक्सुद, विपिन शर्मा रहेका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top