×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

जर्जियाका पूर्व प्रधानमन्त्रीमाथि अमेरिकाले किन लगायो प्रतिबन्ध ?

१४ पुष २०८१

१४ पुष ,  एजेन्सी ।

युक्रेन प्रकरणमा रुसमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिबन्ध लगाउँदै युक्रेनलाई हतियारसहित ठूलो आर्थिक सहयोग गरिरहेको अमेरिकाले रुसमाथि फरि गम्भिर आरोप लगाएको छ । दुई दिन अघि भएको अजरबैजान एयरलाइन्सको विमान दुर्घटनाका लागि अमेरिकाले रूसलाई जिम्मेवार मानेको छ ।

ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले अमेरिकाले रुसको सम्लग्नता अनुसारका प्रारम्भिक संकेतहरू देखेको बताएका छन् । २५ डिसेम्बरमा भएको विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो । किर्बीले दुर्घटनाको अनुसन्धानमा अमेरिका सहयोग गर्न तयार रहेको बताएका छन् ।

उनले यस विषयमा थप बिवरण भने दिन चाहेनन । विमान चेचन्यामा अवतरणको प्रयास गर्दा रूसी हवाई रक्षा प्रणालीको निशानामा परेको र त्यसपछि क्यास्पियन सागर पार गरेर कजाकस्तानतर्फ मोडिएको अनुमान गरिएको छ ।

कजाकस्तानमा विमान दुर्घटनाग्रस्त भएको थियो । रुसले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । तर रूसको नागरिक उड्डयन एजेन्सीका प्रमुखले चेचन्याको अवस्था धेरै जटिल रहेको बताएका छन् । उनका अनुसार यो क्षेत्रका युक्रेनी ड्रोन आक्रमणका कारण पछिल्लो अबस्था सिर्जना भएको हो ।

अजÞरबैजानले प्रत्यक्ष रूपमा रूसलाई दोष लगाएको छैन । तर यातायात मन्त्री राशद नबीयेभले विमानलाई बाह्य हस्तक्षेप को शिकार बनाइएको र विमानभित्र तथा बाहिर दुवैतिर क्षति पुर्याइएको बताएका छन् । सबै बाँचेकाहरूले ग्रोज्नीमाथि तीनवटा विस्फोटको आवाज सुनेको बताएको नबीयेभले बताएका छन् ।

उनका अनुसार अनुसन्धानकर्ताहरूले कस्तो प्रकारको हतियार वा कुन प्रकारको रकेट प्रयोग गरिएको हो भनेर पत्ता लगाउने छन् । विमानका पाइलटहरूले दुर्घटनाग्रस्त विमानको केही भागलाई सुरक्षित अवतरण गराएर २९ जनाको ज्यान बचाएका थिए ।

तर, पाइलटहरुले भने दुर्घटनामा ज्यान गुमाउनु परेको छ । अन्तराष्ट्रिय संचारमाध्यामहरुका अनुशार रूस र कजाकस्तानले क्षेत्रीय संगठन, राष्ट्रमण्डल स्वतन्त्र राष्ट्रहरूको अनुसन्धान समितिलाई घटनाको अनुसन्धानको जिम्मा दिन प्रस्ताव गरेका छन् ।

तर, अजÞरबैजानले यसको सट्टा अन्तर्राष्ट्रिय अनुसन्धानको माग गरेको छ । यसअघि केही उड्डयन विज्ञहरूले अजरबैजान एयरलाइन्सको उक्त विमानमाथि रुसको चेचन्या गणतन्त्रको आकाशमा हवाई रक्षा प्रणालीको आक्रमणमा परेको हुन सक्ने बताएका थिए ।

अजरबैजानमा सरकार समर्थक सञ्चार माध्यमले पनि सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै विमान दुर्घटनामा रुसी मिसाइल जिम्मेवार हुन सक्ने बताएको थियो ।तर यी अनुमानलाई अनुसन्धानको निष्कर्ष आउनु अगावै अड्कलबाजी र अनुमान चलाउनु गलत हुने रुस सरकारका प्रवक्ता डिमिट्री पेस्कोभले भनेका छन् ।

आफूहरूले पनि यस्तो नगर्ने र अरूले पनि गर्न नहुने उनको भनाइ थियो । अनुसन्धान पूरा नहुँदासम्म कुर्नु पर्नेमा उनले जोड दिएका छन् । अर्काेतर्फ अमेरिकाले जर्जियाका पूर्व प्रधानमन्त्री र जर्जियन ड्रीम पार्टीका अर्बपति संस्थापक बिद्जिना इभानिश्विलीमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले इभानिश्विली र उनको पार्टीले जर्जियाको यूरो अटलान्टिक भविष्यलाई कमजोर बनाएको र देशलाई रूसको प्रभावमा पर्न सजिलो बनाएको आरोप लगाएका छन् । इभानिश्विली कुनै निर्वाचित पदाधिकारी नभए पनि उनलाई जर्जियन ड्रीम पार्टीको मानार्थ अध्यक्ष भनिएको छ।

यो पार्टी १२ वर्षदेखि सत्तामा रहेको छ । पछिल्लो चुनावमा पार्टीले विजयको दाबी गरे पनि चुनावमा धाँधलीको आरोप लागेपछि ईयूमा प्रवेशका लागि वार्ता रोक्ने घोषणा गरेको थियो । जसले देशभर विरोध प्रदर्शन निम्त्याएको थियो ।

विपक्षी सांसदहरूले नयाँ संसदको बहिष्कार गर्दै धाँधलीको आरोप लगाएका छन् । नयाँ राष्ट्रपति पीपल्स पावर पार्टीका मिखाइल कवेलाश्विली जर्जियन ड्रीमका निकट सहयोगी मानिन्छन् उनको शपथग्रहण दुई दिनभित्र हुने तय भएको छ ।

ब्लिन्केनले पार्टीको क्रियाकलापले मूलभूत स्वतन्त्रताको प्रयोगमा प्रतिबन्ध लगाएको र जर्जियालाई रूसको प्रभावमा पर्न सजिलो बनाएको बताए । रूसले हाल जर्जियाको २० प्रतिशत भूभाग कब्जा गरिरहेको छ ।

अमेरिकी विदेश विभागका प्रवक्ताले इभानिश्विलीलाई जर्जियन ड्रीमका मानार्थ अध्यक्ष भनेर वर्णन गरेका छन् । पछिल्लो नोभेम्बरमा जर्जियाका प्रधानमन्त्री इराक्ली कोबाक्हिद्जेले २०२८ सम्म ईयू प्रवेशका लागि वार्ता नगर्ने बताएका थिए ।

जसका कारण व्यापक विरोध प्रदर्शन भइरहेका छन् । बेलायतले पनि यूरोप समर्थक प्रदर्शनहरू दमन गर्न भूमिका खेलेको आरोपमा गृहमन्त्रीसहित पाँच वरिष्ठ जर्जियाली अधिकारीहरू माथि प्रतिबन्ध लगाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top