×

NEPAL TIMES UPDATES

Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026

डोनाल्ड ट्रम्प ’गायब’ हुनेछन्, युक्रेनले युद्ध जित्नेछ…

१४ पुष २०८१

१४ पुष , विराटनगर।

डिसेम्बरको शुरुआत भइसकेको छ । यो महिनापछि अंग्रेजी नयाँ वर्षको आगमन हुँदैछ । मानिसहरु नयाँ वर्षलाई सेलिब्रेट गर्ने योजना बनाइरहेका छन् । यस्तोमा भविष्यवक्ताहरुले पनि नयाँ वर्षमा हुनसक्ने घटनाहरुका बारेमा पूर्वानुमान गर्दै भविष्यवाणीहरु गर्ने गरेका छन् ।

Advertisement

वर्षको अन्त्य हुनेबेलासम्म यीमध्ये केही भविष्यवाणीहरु गलत साबित हुन्छन् भने केही सही हुन्छन् । सन २०२५ लाई लिएर पनि भविष्यवक्ताहरुले आआफ्नो भविष्यवाणी गर्दै नयाँ वर्ष कस्तो हुने बताएका छन् । यस्तोमा विश्वभर नै चर्चित बाबा भेंगाको भविष्यवाणाी चर्चा योग्य हुने गरेका छन् ।

बाबा भेंगाद्वारा गरिएका केही भविष्यवाणीहरु विश्वभर चर्चित भइरहेका छन् । हुन त बाबा भेंगाको मृत्यु २८ वर्ष पहिला नै भइसकेको छ । तर उनको विभिन्न समय उनले गरेका भविष्यवाणीलाई लिएर अहिले पनि चर्चा हुने गरेको छ ।

सन २०२५ र यसपछिको समयलाई लिएर गरिएको केही भविष्यवाणीहरु पछिल्लो समय आधुनिक प्रविधिको उन्नत रुप कृतिम बुद्धिमता एआईमार्फत आएको छ । बुल्गारिया बाल्कनका नास्त्रेदमस भनेर चिनिने बाबा भेङ्गाको भविष्यवाणीले फेरि एकपटक सनसनी मच्चाएको छ।

बाबा भेङ्गाको एआई संस्करणले आगामी वर्ष २०२५ का लागि केही महत्त्वपूर्ण भविष्यवाणी गरेको छ। यसले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चुनौती, रुस–युक्रेन युद्ध र मध्यपूर्वमा ठूला ठूला दाबी गरिएको छ।

एआई बाबा भेङ्गाको भर्चुअल रूप हो, जसले सन् १९९६ मा संसार छोडेकी थिइन । भेङ्गा आफ्नो सही भविष्यवाणीका लागि परिचित छिन्। अब सन् २०२५ का लागि उनको भविष्यवाणीले ध्यान आकर्षित गरिरहेको छ। द सनको रिपोर्टअनुसार एआई बाबा भेङ्गाले सन् २०२५ मा डोनाल्ड ट्रम्पका लागि अशान्तिको वर्ष हुने दाबी गरेको छ ।

ट्रम्पले यस वर्ष कानुनी झगडा, खराब स्वास्थ्य र आफ्नो विरासतलाई लिएर द्वन्द्वको सामना गर्नुपर्नेछ। ट्रम्पले व्यक्तिगत चुनौतिहरूको सामना गर्नुपर्नेछ। यसले उनलाई केही समयका लागि जनताको नजरबाट टाढा राख्नेछ।

तर, उनी यसलाई समाधान गरेर फेरि जनताको अगाडि आउनेछन्। ट्रम्पका सन्तानमध्ये एक जना राजनीतिमा अगाडि आउने अपेक्षा गरिएको छ। यस्तै एआई बाबा भेङ्गाले सन् २०२५ मा युक्रेन युद्धमा एउटा निर्णायक मोड आउने भविष्यवाणी गरेको छ ।

यस वर्ष युक्रेनले ठूलो मात्रामा आक्रमण सुरु गर्नेछ, जसले महत्त्वपूर्ण क्षेत्रहरू पुनः कब्जा गर्नेछ। ठूलो हारका बावजुद ठुलो विजय प्राप्त हुनेछ। यो विजयले युक्रेनी जनतालाई एकताबद्ध गर्नेछ। साथै, एउटा ऐतिहासिक कदममा अमेरिका र युरोपेली शक्तिहरूसँग अभूतपूर्व सम्झौता हुनेछ ।

यसैगरी सन् २०२५ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्वास्थ्यको ठूलो चुनौतीको सामना गर्नुपर्ने भविष्यवाणी गरेको छ । एआई बाबा भेङ्गाले सन् २०२५ मा पुटिनले गम्भीर स्वास्थ्य सङ्कटको सामना गर्नुपर्ने दाबी गरेको छ ।

जसले विभिन्न अफवाहहरू निम्त्याउनेछ। यसले रुस र विदेशमा रहेका आफ्ना प्रतिद्वन्द्वीहरूलाई बलियो बनाउनेछ। यसले सत्तामा पुटिनको पकड कमजोर पार्नेछ। एआई बाबा भेङ्गाको भविष्यवाणी ट्रम्प, पुटिन र युक्रेनमा मात्र सीमित छैन। एआईले विश्वभरि हुने ठूला परिवर्तनहरूको पनि भविष्यवाणी गरेको छ ।

एआइको दाबी अनुशार साउदी अरब र इरानले सन् २०२५ मा चीनको मध्यस्थतामा ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर गर्ने भएका छन्। यो सम्झौताले इजरायलका लागि ठूलो चिन्ताको विषय बन्नेछ। खेलकुदको संसारमा, वर्ष २०२५ ले इङ्गल्यान्ड फुटबल टोलीका लागि राम्रो खबर लिएर आउनेछ ।

एआई बाबा भेङ्गाले एउटा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा इङ्ल्यान्डको जित हुने दाबी गरेको छ । उत्तरी इङ्गल्यान्डका एक युवा स्ट्राइकर यस वर्ष फुटबल संसारको नयाँ स्टारको रूपमा देखा पर्नेछन्, जसलाई अर्को महान प्रतिभाको रूपमा घोषणा गरिने छ ।

एआइ विनाको बाबा भेंगाका वास्तविक भविष्यवाणी अनुसार चाँही सन २०२५ देखि विश्वयुद्ध शुरू हुनेछ । यस्तै पृथ्वीबाट मानवको अन्त्य र यूरोपमा मुस्लिमहरुको शासनको कुरा पनि उनले गरेकी छन् । बाबा भेंगाद्वारा गरिएको भविष्यवाणीका अनुसार, रूसी राष्ट्रपति भ्लादिमीर पुटिन एक मजबूत विश्व नेताका रूपमा उदाउने छन् ।

साथै उनले भनेकी छन् कि २०२५ मा तेस्रो विश्व युद्धको शुरुआत हुनेछ । यूरोपमा पनि ठूलो संघर्ष हुने छ, जसको चपेटामा विस्तारै विस्तारै सिंगो विश्व पर्नेछ । यसका कारणले मानव जातिको जुन विनाश शुरू हुनेछ, त्यो बढ्दै जानेछ ।

उनका अनुसार सन ५०७९ मा पृथ्वीबाट मानव जातिको पुरै अन्त्य हुनेछ । बाबा भेंगाले अर्को पनि भविष्यवाणी छ, जसमा २०४३ मा यूरोपमा सम्पूर्णरुपले मुसलमानहरुको राज हुनेछ । र २०७६ मा साम्यवाद अर्थात कम्युनिस्ट विश्व स्तरमा फेरि अगाडी आउने छ ।

बाबा भेंगाको नोट्समा लेखिएका यी भविष्यवाणीहरुका बारेमा मानिसहरुले सोशल मीडियामा निकै चर्चा गरिरहेका छन् । बाबा भेङ्गाको जन्म सन् १९११ मा बुल्गारियामा भएको थियो। उनको नाम भाजेलिया पाण्डेवा दिमित्रोवा थियो तर उनलाई बाबा भेङ्गा भनेर चिनिन्थ्यो।

उनले धेरै कम उमेरमा आफ्नो दृष्टि गुमाएकी थिइन । तर भविष्यका घटनाहरुका बारेमा भविष्यवाणी गर्ने अद्भुत शक्ति उनमा आएको कथन छ । उनले धेरै भविष्यवाणी गरेकी छन्, जुन कतिपय सही साबित भएको भनिन्छ। सन् १९९६ मा उनको निधन भए पनि, उनका भविष्यवाणीहरूले मानिसहरूको ध्यान खिच्दै आएको छ ।

विश्व भरमा हुने राजनीतिक परिवर्तन, प्राकृतिक विपतहरु, महामारी र कयौं अन्य कुराहरुका बारेमा वर्षौ पहिला एक नोटमा उनले लेखिसकेकी छन् । जुन उनको भविष्यवाणीका अनुसार नै भइरहेको छ ।

बाबा भेंगाले दोस्रो विश्वयुद्ध, २००४ को सुनामी, सोभियत संघको विघटन, अमेरिकामा नाइन इलेभेन अट्याक, स्टालिनदेखि जार बोरिस थर्डको मृत्युको मितिको पनि उनले घोषणा गरेकी थिइन। यस्तोमा २०२५ पछि हुने घटनाहरुसंग जोडिएका बाबा भेंगा र उनको एआई भर्सनका भविष्यवाणीहरु त्रास बढाउने खालका छन् ।

भेंगा जस्तै नास्त्रेदमसका भविष्यवाणीहरुले पनि विश्वमा सनसनी मच्चाउने गरेको छ । उनको पूरा नाम मिशेल द नोस्त्रेदाम हो। उनी १६ औं शताब्दीका फ्रान्सेली भविष्यवक्ता, ज्योतिषी,र चिकित्सक थिए । उनले भविष्यवाणीका लागि प्रसिद्ध “द शताब्दीस“ नामक पुस्तक लेखेका थिए ।

भविष्यवाणी मनोविज्ञान हो मात्र एक अनुमान हो । त्यो सत्य नहुने पनि गर्दछ । तर विश्वका केही यस्ता ब्यक्तिहरु छन् जसको भविष्यवाणी विश्वभर चर्चाको विषय बन्न पुग्दछ । यस्तै भविष्यव्येता मध्येकी एक चर्चित हुन् बुल्गेरियाकी बाबा भेंगा ।

उनले २० औं शताब्दीमा धेरै भविष्यवाणी गरेकी थिइन । अनि उनका अनुयायीहरूले उनको भनाइ सत्य साबित भएको दाबी गर्छन्। बाबा भेङ्गाको भविष्यवाणी सधैं रहस्यमय र चकित पार्ने खालको हुने गर्दछ।

उनी आफैं त इतिहास बनिन्, तर अब उनका विचारहरूले एआईको स्वरूपमा नयाँ दिशा पाइरहेका छन्। आगामी वर्ष २०२५ का यी भविष्यवाणीसँगै, हामी सम्भावनाको संसारमा प्रवेश गर्दैछौं—जहाँ विज्ञान र आध्यात्मिकताको सेतु बनेर नयाँ युगको परिकल्पना गरिन्छ।

तर याद गरौं, भविष्यवाणी त केवल एउटा सम्भावना हो। समय र कर्मले नै हाम्रो गन्तव्य तय गर्दछ। तसर्थ, हामी यी भविष्यवाणीतर्फ चासो त राखौं तर आफ्ना प्रयास र आशाहरूले नयाँ सम्भावनाको निर्माण गर्न कहिल्यै नछोडौं। यसबारेमा तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top