×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026

अमेरिकामा आतंकवादी आक्रमण, मृतक १५ पुगे

१८ पुष २०८१

१८ पुष , एजेन्सी ।
विश्वकै शक्तिशाली देश अमेरिका नयाँ वर्ष २०२५ कै पहिलो दिनदेखि अशान्ति छाएको छ । निरन्तर ‘आतंकवादी’ घटना भइरहेका छन् । न्यू अर्लिन्समा भएको आक्रमणको एक दिनपछि लस भेगासस्थित ट्रम्प होटलबाहिर टेस्ला साइबर ट्रकमा विस्फोट भएको छ ।

बिहीबार बिहान भएको विस्फोटबाट चालकको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएको बीबीसीले जनाएको छ । बुधबार ट्रक होटल अगाडिको सिसाको ढोकामा रोकिएको प्रहरीले जनाएको छ । त्यही क्रममा धुवाँ निस्कन थालेको थियो र केहीबेरमा विस्फोट भएको थियो ।

Advertisement
Advertisement

अमेरिकी धनाढ्य एलन मस्कले टेस्ला साइबर ट्रकमा भएको विस्फोट र न्यू अर्लिन्सको घटना कुनै न कुनै रूपमा सम्बन्धित हुनसक्ने बताएका छन् । त्यसको केही घन्टाअघि मात्र न्यु अर्लिन्समा एउटा ट्रकले मानिसहरूको भीडलाई कुल्चिँदै गुड्दा १५ जनाको मृत्यु भएको थियो।

यसैले मस्कले टेस्ला साइबरट्रकमा भएको विस्फोट र न्यु अर्लिन्समा भएको घटना कुनै न कुनै रूपमा सम्बन्धित हुनसक्ने बताएका छन्। तर अमेरिकाका राष्ट्रपति जो बाइडेनले पत्रकार सम्मेलनमा यी दुई घटनाबीच कुनै सम्बन्ध नभएको दाबी गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले भने पत्रकार सम्मेलन गरेर यी दुई घटनाबीच कुनै सम्बन्ध नभएको बताएका छन् । अमेरिकाको न्यू अर्लिन्समा पिक–अप ट्रकले मानिसलाई किचेको घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । यस्तै ३५ जना घाइते भएका छन् ।

न्यू अर्लिन्सको लोकप्रिय बोर्बोन स्ट्रिटमा बुधबार बिहान नयाँ वर्षको चहलपहलका क्रममा एक ट्रक भीडमा घुसेको थियो । अनि मानिसहरूलाई लखेट्दै किचेको थियो । अमेरिकी प्रहरीका अनुसार चालकले जानाजानी ट्रक भीडमा लगेर मानिसलाई किच्न थाले ।

त्यसपछि गाडी भित्रबाट गोली चलाउन थाले । अमेरिकी मिडियाका अनुसार संदिग्ध ट्रक चालकलाई प्रहरीले गोली हानेको छ । स्थानीय पुलिस प्रमुख एनी किर्कप्याट्रिकले बीबीसीसँग भनेका छन्, ‘संदिग्धले धेरै तीव्र गतिमा पिकअप ट्रक चलाएको थियो र त्यो सकेसम्म धेरै मानिसलाई किच्ने प्रयास गरेको थियो । यसपछि धैरै मानिस आत्तिएर भागेका थिए ।’

ती व्यक्तिले ब्यारिकेडमा पनि प्रहार गरे र त्यसपछि गोली चलाएर दुई प्रहरी अधिकारीलाई समेत घाइते बनाए । यस घटनाको अनुसन्धान एफबीआईले गरेको छ। यो आतंकवादी हमला हो कि होइन भनेर धेरै कोणबाट सम्पूर्ण मामिलाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसलाई अमेरिकाका कतिपय नेताले अतिवादी समूहले गरेको आतंकवादी आक्रमण भनेका छन् । यसैबीच अमेरिका राष्ट्रपति जो बाइडेनले आक्रमणकारी चरमपन्थी संगठन आईएसबाट प्रभावित भएको दाबी गरेका छन्।

बाइडेनले पत्रकार सम्मेलनमा आफूलाई अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले आक्रमणकारीले आक्रमण गर्नुअघि सामाजिक सञ्जालमा भिडिओ अपलोड गरेको जानकारी दिएको बताएका छन् । यसबाट ती आक्रमणकारी आईएसबाट प्रभावित रहेको र उसले नियोजित रूपमा मानिसहरू मारेको संकेत गर्ने बाइडेनको भनाइ छ।

राष्ट्रपति बाइडेनले अनुसन्धान एजेन्सीले आरोपितसँग अरू कोही संलग्न थियो वा थिएन भनेर पनि अनुसन्धान गरिरहेको बताएका छन्। यस विषयमा प्रहरीले चालकले जानाजानी ट्रक भीडमा हुलेको र त्यसपछि गाडीभित्रबाट गोली चलाएको बताएको छ।

त्यसपछि शंकास्पद ट्रक चालकलाई प्रहरीले गोली हानेको थियो। यता अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यू अर्लिन्समा भएको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत देशमा अपराध दर कसैले नदेखेको स्तरमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘जब मैले देशमा आउने अपराधीहरू देशमा रहेका अपराधीहरूभन्दा धेरै खराब छन् भनेँ, मेरो भनाइलाई डेमोक्रेटिक पार्टी र फेक मिडियाले खारेज गरेको थियो, तर अहिले भएको छ सत्य साबित हुँदैछ,’ उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘हाम्रो देशमा अपराध दर कसैले नदेखेको स्तरमा पुगेको छ ।’

ट्रम्पले आफूहरू न्यू अर्लिन्सका साहसी प्रहरी अधिकारीहरूको साथमा रहेको बताएका छन् । ‘हाम्रो हृदय सबै निर्दोष पीडितहरू र उनीहरूका परिवारहरूसँग छ । साथै, हामी न्यू अर्लिन्सका साहसी प्रहरी अधिकारीहरूको साथमा छौं ।

ट्रम्प प्रशासनले यस बर्बर घटनाको अनुसन्धानमा न्यू अर्लिन्स शहरलाई पूर्ण सहयोग गर्नेछ,’ उनले भनेका छन् । रिपब्लिकन पार्टीका नेता ट्रम्पले यसै महिनाको २० तारिखमा अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् ।

Advertisement

भर्खरको समाचार

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top