×

NEPAL TIMES UPDATES

Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026

रोहित, दिपेन्द्र, अनिल र आसिफ विनाको जय ट्रफी कस्तो होला ?

२० पुष २०८१

२० पुष , काठमाण्डौ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिता भोलि आइतबार देखि सुरु हुँदैछ । रेड बल क्रिकेट पहिलोपटक घरेलु प्रतियोगिता हुन लागेको हो । दुई दिवसीय यो प्रतियोगिताले राष्ट्रिय टिम छनोटमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्ने क्यानको विश्वास छ ।

Advertisement
Advertisement

प्रतियोगितामा प्रधानमन्त्री कप एक दिवसीय प्रतियोगिताका शीर्ष चार टिम सहभागी हुनेछन् । पीएम कपको विजेता पुलिस क्लब, उपविजेता आर्मी क्लब, तेस्रो भएको बागमती प्रदेश र चौथो स्थानमा रहेको मधेश प्रदेश टिमबीच जय ट्रफीमा प्रतिस्पर्धा हुनेछ ।

भोलिको उद्घाटन खेल पर्साको वीरगञ्जमा बागमती प्रदेश र मधेश प्रदेशबीच हुनेछ । जय ट्रफीमा सहभागी ४ वटै टिमले टोली घोषणा गरिसकेका छन् । मधेश हरिशंकर साह र बागमती नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिनेछ भने आर्मी विनोद भण्डारी र पुलिस आरिफ शेखको कप्तानीमा मैदानमा उत्रिने भएको छ ।

मधेशका कप्तान नयाँ हुन् यद्यपि उनी नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका टप अर्डरका ब्याटर हुन् । मधेशको टिममा कप्तान हरिशंकरसहित अभिषेक तिवारी, रुपेश सिंह, मयन यादव, निरजकुमार यादव, साहिल पटेल, भुलवन सहनी, रञ्जित कुमार, विशाल पटेल र राजेश यादव छन् ।

यसैगरी, प्रदीप पासवान, अफ्रुद्दिन रायन, हिमान्सु दत्त, राहुल मण्डल र शैलेन्द्र साह रहेका छन् । यता बागमतीमा भने कप्तान लामिछानेसहित सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कंसाकार, रोहन विके, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ र तिलकराज भण्डारी छन् ।

राष्ट्रिय टिमका समेत नियमित सदस्य रहेका अनिल साह घाइते भएका कारण मधेशको टिममा छैनन् । उनी एनपीएलका क्रममा घाइते भएका थिए । जसका कारण उनले जय ट्रफी समेत गुमाउने भएका हुन् ।

यस्तै दीपेन्द्रसिंहले जय ट्रफी गुमाउने भएपछि पुलिस क्लबले आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको छ । दीपेन्द्र युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने इन्टरनेसनल लिग टी–२० का निम्ति गल्फ जायन्ट्ससँग अनुबन्धित भएका छन् ।

आरिफको कप्तानीमा घोषित टिममा कुशल भुर्तेल, गुलशन झा, करण केसी, ललितनारायण राजवंशी, अमित श्रेष्ठ र दीलिप नाथ छन् । यसैगरी, श्रवण यादव, सुनिल दौलयान, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, रासिद खान, अर्जुन साउद र दिपक सेरला पनि टिममा परेका छन् ।

अन्य टिमभन्दा तुलनात्मक रुपमा राष्ट्रिय टिमबाट खेल्ने खेलाडीहरुको पुलिस टिममा बाहुल्यता रहेको छ । पुलिस क्लबले आइतबार नै अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । आर्मीको प्रशिक्षकमा चन्द्र साउद छन् भने विनोद भण्डारी कप्तान रहेका छन् ।

आर्मी टिममा पनि राष्ट्रिय टोलीका खेलाडीहरुको बाहुल्यता रहेको छ । टिममा सोमपाल कामी, कुशल मल्ल, भीम सार्की, विवेक यादव, शाहब आलम, बसिर अहमद रहेका छन् । यस्तै नरेन साउद, आकाश चन्द, दुर्गेश गुप्ता, सन्तोष कार्की, इमरान शेख, तृत राज दास, पवन कार्की र सुमित श्रेष्ठ पनि आर्मीमा रहेका छन् ।

जय ट्रफीमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलको जादुमय खेल भने हेर्न पाइने छैन् । क्यानले जय ट्रफीमा सन् २०२४ को फेब्रुअरीमा काठमाडौंमा भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका शीर्ष चार टिमलाई मात्रै सहभागी गराउने निर्णय गरेकाले कप्तान पौडेलले प्रतियोगिता खेल्नबाट बन्चित भएका हुन् ।

रोहित सम्मिलित विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लब शीर्ष चारमा पर्न नसकेकाले सो टिमले यो प्रतियोगिता गुमाएको छ। यसैले रोहितसहित आसिफ शेख, लोकेश बम सन्दिप जोरा जस्ता खेलाडी जय ट्रफीमा देखिने छैनन् ।

दिपेन्द्रसिंहको कप्तानीमा पिएम कपमा अपराजित रहँदै उपाधि जितेको पुलिसको टोलीलाई जय ट्रफीमा पनि प्रमुख दाबेदारका रुपमा हेरिएको छ। यद्यपि यस टोलीमा ऐरीको अभाव खड्किनेछ ।

पुलिस क्लबमा रहेका अधिकांश राष्ट्रिय खेलाडीले नेपालको एकदिवसीय टिमबाट खेल्दै आएका छन् । पिएम कपमा शानदार प्रदर्शन गरेका खेलाडीहरूले जय ट्रफीमा पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा रहनेछ ।

यस्तै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कपमा उपविजेता भएको टिम हो । आर्मीमा पनि राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरुको बाहुल्यता छ । हाल राष्ट्रिय टिममा रहेका सोमपाल कामी, कुशल मल्ल, भिम शार्की आर्मीमा छन् ।

यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका कप्तान विनोदसहित विवेक यादव, शाहब आलम र बसिर अहमद पनि छन् । आर्मीले यू१९ टिमका नरेन साउदलाई पनि समावेश गरेको छ । नरेनले पिएम कपमा सुदूरपश्चिम प्रदेशबाट खेलेका थिए ।

बागमती प्रदेश भने तेस्रो स्थानमा रहेको टिम हो । बागमतीले ६ खेलमा जित निकाल्दा ३ खेलमा पराजय व्यहोरेको थियो । जय ट्रफीमा बागमतीको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् । यसअघि रित गौतमको कप्तानीमा खेल्दै आएको बागमतीले सन्दीपलाई टिममा भित्र्याउँदै कप्तानीको भूमिका दिएको हो ।

सन्दीप पिएम कपमा खेलेका थिएनन् । यस टिममा सन्दीपसहित राष्ट्रिय टिमबाट खेलिसकेका रिजन ढकाल, प्रतिश जिसी, सूर्य तामाङ, इशान पाण्डे रहेका छन् । मधेश प्रदेश पिएम कप क्रिकेटको चौथो स्थानमा रहेको टिम हो ।

Advertisement

मधेशको कप्तानमा राष्ट्रिय टिमबाट खेलिसकेका हरिशंकर साह छन् । मधेशमा यू–१९ टोलीका अभिषेक तिवारी पनि छन् । यस टिममा अन्य उदयमान खेलाडीहरु रहेका छन् ।

Advertisement

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top