×

NEPAL TIMES UPDATES

Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026

मधेशवादी दलहरु एकताका लागि सिरियस,मधेसका समस्या सत्ताको सिढी

२२ पुष २०८१

२२ पुष , विराटनगर।

नेता पिच्छे राजनीतिक दल बनाइएको र मधेस र त्याहाका जनताको समस्यालाई सिढी बनाएर राजनीतिक गरिरहेको आरोप खेप्दै आएका मधेसवादी दलहरुबीच एकताको पहल सुरु भएको छ ।

Advertisement
Advertisement

मधेसवादी दलहरुबीच एकता र सहकार्यका लागि जनमत र लोकतान्त्रिक समाजवादी पार्टीले कार्यदल बनाएका छन् भने जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले जनता समाजवादी पार्टीका घटकहरू, लोकतान्त्रिक समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टीलगायतका दलहरूसँग सहकार्य थालनी गरेका छन् ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश केन्द्रित दलहरूसँग सहकार्यको पहल गर्न दुई सदस्यीय कार्यदल बनाएको छ । आइतबार बसेको सचिवालय बैठकले मधेश केन्द्रित दलहरूबीच सहकार्यको पहल गर्न उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा कार्यदल गठन गरेको केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले बताए ।

उनका अनुसार कार्यदलमा प्रवक्ता डा. शरदसिंह यादव सदस्य छन् । पछिल्लो समय विभाजित मधेश केन्द्रित दलहरू मोर्चा र सहकार्यको प्रयासमा छन् । मधेश केन्द्रित दलहरूबीच सहकार्यको प्रयास चलिरहेको बेलामा डा. सीके राउत नेतृत्वको जनमत र रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबीच एकताको तहसम्म जानेगरी छलफल चलिरहेको चर्चा छ ।

यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस केन्द्रित राजनीतिक दलहरूसँग सहकार्य गर्न ५ सदस्यीय समिति गठन गरेको छ। लोसपाले संवाद, सहकार्य, कार्यगत एकता र पार्टी एकिकरणका लागि पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो।

लोसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले जारी गरेको प्रेस विज्ञप्तिमा लोसपाका मधेस प्रदेश अध्यक्ष तथा मधेस प्रदेशका पूर्वमन्त्रीसमेत रहेका सोनलसहित वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिवद्वय सुरेन्द्र कुमार झा र मनिष कुमार मिश्र रहेको समिति गठन गरेको उल्लेख छ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संसथागत गर्दै थप राजनीतिक अधिकार प्राप्तिका लागि संघर्षशील राजनीतिक शक्तिहरुबीच संवाद, सहकार्य र कार्यगत एकता आजको आवश्यकता भएको भन्दै लोसपाले मधेस केन्द्रित राजनीतिक दलहरूसँग कार्यगत एकतादेखि विचार मिल्ने पार्टी एकीकरणसम्मको सम्भावनाको खोजी तथा परिणाममुखी बनाउनका लागि समिति गठन गरिएको जनाएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश केन्द्रित राजनीतिक दलहरूसँग सहकार्य र एकताका लागि वार्ता समिति बनाएको छ। लोसपाले मधेश केन्द्रित दलहरूसँग सहकार्य, कार्यगत एकताका साथै एकीकरणका लागि पाँच सदस्यीय वार्ता समिति बनाएको हो।

समितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं मधेश प्रदेश अध्यक्ष जितेन्द्रप्रसाद सोनार, वरिष्ठ उपाध्यक्ष उमाकान्त झा, उपाध्यक्ष रामप्रकाश चौधरी, महासचिवद्वय डा.सुरेन्द्रकुमार झा र मनिषकुमार झा छन्। संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्थालाई संस्थागत गर्दै थप राजनीतिक अधिकार प्राप्तिका लागि संघर्षशील राजनीतिक शक्तिहरूबीच संवाद, सहकार्य एवं कार्यगत एकता आवश्यक रहेको लोसपाको ठहर छ।

‘मधेश केन्द्रित राजनीति पार्टीहरूबीच संवाद, सहकार्य, कार्यगत एकता एवं राजनीतिक मुद्दा र सिद्धान्त मिल्ने दलहरूसँग पार्टी एकीकरण गर्ने सम्मको सम्भावनाको खोजी तथा परिणामुखी बनाउन वार्ता समिति गठन भएको,’ अध्यक्ष महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसअघि जनता प्रगतिशील पार्टी (जप्रपा) का अध्यक्ष हृदयेश त्रिपाठीको वार्ता समितिले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोसपा, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्यका लागि संवाद गरिसकेको छ ।

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता साझेदारीका लागि गठबन्धन भएपछि मधेश केन्द्रित दलहरू सहकार्यका लागि पहल थालेको हो। संविधान संशोधन, समावेशिता, संघीयतालगायतका मुद्दामा सहकार्यको विकल्प नभएको मधेश केन्द्रित दलहरूको भनाइ छ।

तर उनीहरु आफैमा भने विभिन्न दलहरुका विभक्त रहेका छन् । उनीहरुमाथि मधेसको समस्या सत्तारोहणका लागि मात्रै उपयोग गर्ने गरेको आरोप लाग्दै आएको छ । सरकारमा जानका लागि पनि मधेसवादी दलहरु विभाजन हुँदै आएका छन् ।

यसको पछिल्लो उदाहरण जसपाको विभाजन हो । सत्ताकै कारण तत्कालीन समयको मधेसी जनअधिकार फोरम पटक पटक विभाजन भइसकेको छ । अहिले प्रतिनिभिसभामा मधेसवादी दलहरुका सांसदको संख्या ३० को हाराहारीमा रहेको छ ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top