NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
विद्याले ओलीलाई दिइन दनक,मुठ्ठीभर नेताले सदस्यता खोस्न सक्दैनन्  शुक्रबार साउन ९ , २०८२
Next
Prev

समाचार

‘बुलेट ट्रेन’ झैं कुद्न खोज्दा केही सेकेन्डले बाँचे’

मङ्लबार मंसिर १९ , २०७४
Reading Time: 1 min read
A A
‘बुलेट ट्रेन’ झैं कुद्न खोज्दा केही सेकेन्डले बाँचे’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

‘हामी बुलेट ट्रेनको गतिमा कुदनुपर्छ है…’ ४० वर्षीय गगनकुमार थापाले भोलानाथ लामिछानेसहित आफ्नो वरपरका युवा कार्यकर्तालाई जोस्याए। बिहानै सात बजेदेखि बूढानीलकण्ठ क्षेत्रमा घरदैलो गर्ने पूर्वनिर्धारित कार्यक्रमलाई उनी आफैंले स्थगन गर्दै मध्याह्न १२ बजेको समय मिलाएका थिए। यो खबर दिनेश गौतमले आजको अन्नपूर्णमा लेखेका छन्।

चुनाव प्रचारको अन्तिम दिन भएका कारण उनी साढे ११ बजे निर्धारित स्थानमा हस्याङफस्याङ गर्दै पुगे। कांग्रेस युवा नेता एवं काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगनको पछिल्तिर बूढानीलकण्ठ—२ का स्थानीय बासिन्दाको लर्को थियो। ‘दाइ तपार्इं हामी जसरी कुद्न सक्नुहुन्न होला। तपार्इं अरू मिलाउँदै गर्नुस् हामी अघि कुदौं’, मुटुका बिरामी लामिछानेतर्फ संकेत गर्दै उनले केही युवालाई संकेत गरे।

युवाहरूलाई पछि लगाउँदै पाइला बढाए। त्यसलगत्तै बीच बाटोमा बम विस्फोट भयो। घरदैलो अभियानमा निस्केका गगनका पाइला अन्य घाइतेसँगै शिक्षण अस्पतालको आकस्मिक कक्षमा सोझिए।

Advertisement

बूढानीलकण्ठ—२ को महादेवकोलोनी नजिकै ५/६ घरमा पुगेर उनले भोट मागे। त्यसपछि भद्रबस्तीमा जाने योजनाअनुरूप उनले बुलेट ट्रेनकै गतिमा पाइला चाले। आफूलाई लक्ष्य गरी रिमोट कन्ट्रोलयुक्त बम राखिएको स्थान उनले पार गरेको केही सेकेन्डमै पड्कियो। उनको पछि÷पछि हिँडेका कार्यकर्ता विस्फोटमा परे। धुवाँ र धुलोको मुस्लो आकाशतिर उड्यो। ‘पछि —पछि एक/डेढ सय कार्यकर्ता र शुभेच्छुक थियौं होला’, स्थानीय कांग्रेस नेता लामिछानेले भने, ‘हत्तपत्त प्रहरीको कन्ट्रोल रुममा खबर गर्दै घटनास्थलतर्फ दौडे।’

घटनास्थलमा यत्रतत्र कार्यकर्ता लडेको देखेर गगनलाई सम्हालिन कठिन भइरहेको थियो। ‘आफ्ना मान्छे वरिपरि ढलेको देखेर होला’, गगन हडबडाएका थिए’, प्रत्यक्षदर्शी एक युवाले भने, ‘मलाई केही भएको छैन। घाइते साथीहरूलाई छिटो अस्पताल पुर्‍याऊँ भन्दै सहयोग गर्न अह्राए।’ उनलाई पनि बमका छर्राले चोट लागेको थियो। तर, आफूलाई केही नभएको बताउँदै घाइते कार्यकर्तालाई छिटो अस्पताल पुर्‍याउन निर्देशन दिए।

सुरुमा उनले आफूलाई केही नभएको बताउँदै सबैलाई आश्वस्त पार्न खोजे। तर, कानबाट भने रगत बाहिर आइरहेको थियो। ‘जब अरू घाइतेलाई अस्पताल पठाउने तरखर गरियो। त्यतिबेला अर्को गाडी आयो। गगनलाई पछि बसाउन खोज्दा बल्ल उसले दाइ म पछि बस्न सक्दिनँ। मलाई पनि चोट लागेको छ भनेर बोल्यो,’ स्थानीय अगुवा कार्यकर्ता लामिछानेले भने, ‘दाइ मलाई जोडले नछुनुस् भन्यो। त्यसपछि बल्ल हामीले उसको ढाड र कानमा बमको छर्राले चोट पुर्‍याएको थाहा पायौं।’

उनी असजिलो ढंगले गाडीको अघिल्लो सिटमा बसे। उनको कानको मासुको चोक्टो उडेको कार्यकर्ताले थाहा पाए।

त्रिवि शिक्षण अस्पताल, आकस्मिक विभागका प्रमुख प्राडा प्रतापनारायण प्रसादका अनुसार थापालाई ढाड र कानमा चोट लागेको छ। उनले भने, ‘ ढाडमा सुन्निएको छ। कानमा चोट लागेको छ। अवस्था सामान्य नै छ।’ नाक, कान र घाँटीरोग विशेषज्ञले कानको उपचार गर्दै टाउकोमा घुमाएर पट्टी बाँधेकै अवस्थामा उनी आकस्मिक कक्षमा रहेका घाइते कार्यकर्तालाई भेटी सम्पूर्ण उपचार गर्ने आश्वासन दिए।

उपस्थित सञ्चारकर्मीसँग कुरा गर्दै यो घटनाबाट त्रसित भएर आत्मबल कमजोर नबनाउन आग्रह गरे। उनले अपिल गर्दै भने, ‘मतदानको अधिकार प्राप्त गर्नुपर्छ। कर्तव्य पूरा गर्नबाट चुक्नुहुँदैन। मतदान गर्न नजाने हो भने हिंसाको राजनीति गर्नेलाई बल पुग्छ।’

भीड बढ्दै गएपछि अस्पताल परिसरबाट गाडीमा निस्किए। केही क्षण आराम गरेलगत्तै उनले सिफलमा आयोजित चुनावी सभा सम्बोधन गर्न पाइला बढाए।

लोकप्रीय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

विचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

थप समाचार

कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक
ताजा समाचार

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.