दुर्गा प्रसाईं ग्याङस्टार ?‘लरेन्स विश्नोईको नाममा गिरोह संचालन’ ?

२४ पुस ८१, बिहीबार

२५ पुष , काठमाण्डौ।

झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालत काठमाडौंमा संगठित अपराध र आपराधिक लाभ लिएको अभियोगमा मुद्दा दर्ता भएको छ ।नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरु र व्यवसायीलाई धम्की दिएको आरोपमा प्रसाईंसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

जिल्ला अदालत, काठमाडौंमा बुधबार प्रसाईंसहित झापाका नविन प्रधान भनिने हरिचन्द्र फुयल र रामचन्द्र मैनालीविरुद्ध संगठित रुपमा आपराधिक लाभ लिएको कसुरमा मुद्दा दर्ता गरिएको छ । प्रसाईंलाई विद्युतीय कारोबार ऐन विपरीतको कसुरमा पक्राउ परेर अनुसन्धान गरिरहेका वेला यो प्रकरण पनि बाहिर आएको थियो ।

Advertisement

प्रहरीले फुयललाई पक्राउ गरेपछि यो मामलामा प्रसाईंको पनि संलग्नता खुलेको थियो । पछि प्रसाईं सर्वोच्च अदालतको आदेशबाट छुटेका थिए । प्रतिवादीमध्ये मैनाली चाहिँ फरार छन् । नेपाल राष्ट्र बैंकले समेत धम्की आएको भन्दै अनुसन्धान गर्न प्रहरीलाई पत्र पठाएको थियो ।

त्यसबाहेक दुई व्यवसायीको समेत निवेदन प्रहरी कहाँ पुगेको थियो । भारतीय नम्बरबाट ‘म लरेन्स विश्नोई ग्याङको मानिस हुँ, तेरो के दुश्मनी छ भनी दुर्गा प्रसाईंसँग ५ घण्टाभित्र माफी माग नत्र नसोचेको भोग्नु पर्दछ, तेरो ज्यानमा खतरा हुन्छ’ भनेर धम्की दिएको भन्दै एक व्यवसायीले उजुरी दिएका थिए ।

Advertisement

उनलाई ह्वाट्स एपमा समेत ‘दुर्गा प्रसाईं हिन्दुका लागि लडिरहेको भन्दै उसलाई केही भयो भने एक–एकलाई छानेर हत्या गर्ने’ भन्दै हिन्दीमा म्यासेज पठाएको भेटिएको थियो । पक्राउ परेका फुयलले आफूले राकेश मैनालीले भनेअनुसार अग्रवाललाई धम्की दिएको बयान दिएका छन् ।

‘यस सम्बन्धमा दुर्गा प्रसाईं, राकेश मैनाली, रामचन्द्र मैनाली र नाम थाहा नभएको बिराटनगर बस्ने भनिएका दुई जना व्यक्तिलाई थाहा छ’, उनले प्रहरीसँग बयानमा भनेका छन्, ‘यो सबै काम प्रसाईंको निर्देशनमा रामचन्द्र मैनाली, राकेश मैनाली र अन्य दुई जनाको योजनामा निजीहरुले मलाई प्रयोग गरेर गरेका हुन् ।’

प्रहरीले मिसिलमा दुर्गा प्रसाईंले पाँच लाख दिएकोबारे बोलेको अडियो पनि समावेश गरेको छ । ‘त्यस्तोमा जाँदैन भाइ पैसा, स्पष्ट खाता नम्बर र मान्छेको नाम चाइन्छ के, ए भाइ खै… चन्द्रलाई फोन गथ्र्यो । त्यो पैसा हाल्न लगाथ्यो ।

५ लाख छिटो हाल भन त..’ लगायतका संवादसहितका अडियो प्रहरीले समावेश गरेको हो । त्यो अडियो फुयलको मोबाइलबाट बरामद भएको हो । अडियोमा नाम लिइएका चन्द्र भने प्रसाईंको बी.एण्ड सी. अस्पतालका लेखा प्रमुख हुन् ।

‘त्यो अडियो मैले दुर्गा प्रसाईंको निर्देशनमा राकेश मैनालीले भने अनुसार धम्क्याउन र भारतीय सीम कार्डहरु उपलब्ध गराइ सहयोग गरे वापत मलाई दिने भनिएको रकमको बारेमा दुर्गा प्रसाईंसँग कुराकानी भएको हो ।’

तर, दुर्गा प्रसाईंले भने ती कुनै विषयमा जानकारी नभएको भन्दै इन्कारी बयान दिएका छन् । उनले अडियो जाँच गराउन पनि इन्कार गरेका छन् । तर, प्रहरीले उनले एक टेलिभिजनमा दिएको अन्तर्वार्तासँग जाँच गराएको थियो ।

त्यसक्रममा डिजिटिल फरेन्सिक ल्याबले उक्त अडियो प्रसाईंको आवाजसँग एकापसमा मिलेको भनेर प्रतिवेदन दिएको छ । फुयालले ५ घण्टादेखि २४ घण्टासम्मको अल्टिमेटम दिएर व्यवसायी र बैंकरहरुलाई धम्की दिँदै प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भन्ने गरेका थिए ।

सो रेकर्ड उनले प्रसाईंलाई पठाउँथे । प्रहरीले मिसिलमा पेश गरेको अडिओमा उनले आफूलाई भारतीय गुण्डा नाइके ‘विश्नोइ ग्याँङबाट हुँ’ भन्ने गरेका थिए । भारतबाट १४१ पटक फोन गरेर व्यवसायीलाई धम्की दिने फुयलविरुद्ध यसअघि पनि झापा र सुनसरीबाट मुद्दा चलेको थियो ।

इलाका प्रहरी कार्यालय धुलावारीबाट चलेको बैंकिङ कसुर मुद्दामा उनी फरार थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीले अघि बढाएको ठगी मुद्दामा उनी १ लाख ४० हजार रकम बुझाएर छुटेका थिए ।

प्रसाई यसअघि साइबर अपराधको प्रकरणमा दुई पटक प्रहरी हिरासतमा पुगिसकेका छन् । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा कम्बोडियामा अवैध लगानी रहेको भ्रम फैलाएको आरोपमा उनी पक्राउ परेका थिए ।

तर अदालतले उनलाई पुसको पहिलो हप्ता धरौटीमा छाडेको थियो । लगत्तै अहिले अदालतमा मुद्दा दायर गरेको व्यापारी धम्क्याएको आरोपमा प्रहरीले अदालतबाटै पक्राउ परेपनि उनलाई सर्वाेच्चले रिहा गर्न आदेश दिएको थियो ।

रिहा भएपछि उनले तस्करविरुद्धको आफ्नो लडाई जारी रहने बताएका थिए । उनले भनेका छन्, ‘मेरो लडाई जारी छ । तस्करहरुविरुद्धको लडाई जारी रहने छ । यो लडाईबाट दुर्गा प्रसाईं भाग्दैन।

मेरो बोली भनेको सर्वहारा भुईँ मान्छेको बोली हो । उत्पीडन वर्गको बोली हो । कम्युनिस्टहरुले बोल्नु पर्ने आज मैले बोल्नुप¥यो । सीआईबी र साइबर दुबैसँग आफ्नो नङ र मासुको सम्बन्ध भएको बताउदै उनले अव आफ्नो राजनीतिक यात्रा सुरु भएको उल्लेख गरेका थिए ।

प्रहरी प्रतिवेदन अनुशार प्रसाईंको समूहले नाम लिने गरेको लरेन्स बिश्नोई भने एक कुख्यात भारतीय ग्याङ्स्टर हुन् ।जसको नाम विभिन्न आपराधिक गतिविधिहरूमा जोडिएको छ। उनी भारतको पंजाब राज्यका हुन् । उनी अहिले जेलमा छन् ।

लामो समयदेखि उनको नाममा अपराधिक गिरोह सञ्चालन हुँदै आएको छ । यो समूहले पछिल्लो समय बलिउड स्टार सलमान खानलाई ज्यान मार्ने धम्की दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

सम्बन्धित समाचार

Scroll to Top