×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

रवि रिहा हुँदा सूर्य थापा सबैभन्दा दुःखी, बाबुरामदेखि माओवादीसम्म खुशी

२६ पुष २०८१

२६ पुष, काठमाण्डौ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज स्वयम काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।

Advertisement
Advertisement

कास्की अदालतमा ६५ लाख धरौटी बुझाएर रिहा भएपछि आफूविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी आज आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

हिजो अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर रविलाई परिवारको जिम्मा लगाएको थियो । अदालतको आदेशानुसार ६५ लाख धरौटी बुझाएर उनी कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए ।

थुनामुक्त भएपछि लामिछानेले न्यायालयलाई सम्मान गर्ने प्रतिक्रिया दिएका छन् । रिहापछि प्रतिक्रिया दिँदै उनले न्यायालयलाई सम्मान गर्ने बताएका हुन् । सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलनको मुद्दामा जिल्ला अदालत कास्कीले लामिछानेलाई ६५ लाख धरौटीमा छाड्ने आदेशपछि उनी ८४ दिनपछि रिहा भएका हुन् ।

उनीसँगै उक्त मुद्दाका अन्य ५ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका छन् । लामिछाने, छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए ।

न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति रविलाई ६५ लाख, छविलाललाई ८८ लाख, लीलालाई ३७ लाख, मीनालाई पाँच लाख, रामबहादुरलाई १५ लाख, आरतीलाई पाँच लाख र कृष्णबहादुरलाई एक लाख रुपैयाँमा धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रतिवादी लीलाले भने बिहीबार धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहेको अदालतले जनाएको छ । अदालतमा दश दिनसम्म भएको थुनछेक बहसपछि प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश आएको हो ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा रविसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ ।

धरौटीमा रिहा भएका प्रतिवादीहरूको मुद्दामा थप अनुसन्धान हुने श्रेस्तेदार खनालले बताए । काठमाडौंमा भने रविविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएको छ ।

आइतबार ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीमै पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर गत मंगलबार नै रिहा भइसकेका छन् ।

केन्द्रीय सभापति रवि लामिछाने धरौटीमा रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कास्कीले सत्यको जित भएको बताएको छ । रास्वपा कास्की सभापति यदुनाथ अधिकारीले विज्ञप्ति जारी गर्दै ढिलै भए पनि सत्यको जित भएको बताएका हुन् ।

यस्तै लामिछाने धरौटीमा रिहा भएकामा पूर्वप्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई पनि खुसी भएका छन्। उनले शुक्रबार बिहानै सामाजिक सञ्जालमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘अदालतको विवेकपूर्ण निर्णय।’

यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मनहरि तिमिल्सिनाले रविका लागि रुपन्देही, पर्सा, चितवन र काठमाडौँमा पनि यस्तै आदेश आउने आशा व्यक्त गरेका छन्। तिमल्सिनाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै लामिछानेप्रति सरकारले दुःख दिने नियत राखेको प्रस्ट भएको टिप्पणी गरेका हुन्।

योसँगै उनले अब रुपन्देही, पर्सा, चितवन र काठमाडौँका आरोपमा पनि यस्तै आदेश आउने अपेक्षा पनि व्यक्त गरेका छन्। ‘हामीले प्रस्ट भनेका थियौँ– रवि दोषी छन् वा निर्दोष? त्यसको फैसला अदालतले गर्नेछ।

तर, रविलाई जसरी दुःख दिने नियत राखियो र दिइयो, त्यो बदनियतपूर्ण छ। थुनछेक बहसपछि कास्की जिल्ला अदालतको आदेश आएको छ’, उनले लेखेका छन्, ‘आशा राखौँ– रुपन्देही, पर्सा, चितवन र काठमाडौँबाट पनि यही प्रकृतिको आदेश आउनेछ। उनले हिरासत बाहिरै बसेर मुद्दाको अन्तिम किनारा लगाउन पाउनेछन्।’

लामिछाने धरौटीमा रिहा भएपछि उनका समर्थकले खुसियाली मनाइरहेका बेला संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापा भने निकै दुःखी देखिएका छन् । रवि रिहा भएयता छानबिन समितिका सभापति थापाले शुक्रबार बिहानसम्म फेसबुकमा लगालग तीनवटा स्टाटस लेखिसकेका छन्।

सबैभन्दा पहिला हिजो नै उनले कसुरदार रहेनछन् भन्ने मनासिब आधार देखिएन सहकारीको रकमबाटै शुरूमा गोरखा मिडिया नेटवर्कमा ७५ लाख रवी लामिछानेको शेयरवापत भुक्तानी गरेको खुलासा भन्ने स्टाटस लेखेका छन् ।

भने त्यस लगत्तै अदालतको यस आदेशको पनि माथिल्लो तहबाट परीक्षण हुन्छ। त्यसनिम्ति ७३नं. को व्यवस्था मौजुद नै छ! भन्ने स्टाटस लेखेका छन् । त्यसपछि आज विहानै उनले व्याग्यात्मक कवितात्मक शैलीमा लेखेका छन्, रवी जिम्मेवार÷कारबाहीको सिफारिस–क्लिन चिट !!

रवी निर्दोष छन्– हाहा हुहु !!
अनुसन्धानको लागि पक्राउ– सरकार म–यो÷जुठो बार !!
अनुसन्धान–अभियोजन–हिरासत– राजनीतिक प्रतिशोध !!
अदालती सुनुवाई– न्याय मरेको छैन !!
६५ लाख धरौटीमा रिहा– सफाई÷चचहुई!!
रवी कसुरदार छैनन् भन्ने आधार देखिएन– हिहि !!
सहकारीको करोडौं बचत दुरूपयोग– छिछि !!
सहकारीको बाहेक एक रूपैया कम्पनीमा खाएको छैन,
काठमाडौं,बुटवल,चितवन र बीरगंज – सुनुवाई छ कि!!

पछिल्लो स्टाटसमा थापाले कास्की अदालतले धरौटीमा छाडे पनि अझै काठमाडौँ, रुपन्देही, चितवन र पर्सामा सुनुवाइ बाँकी नै रहेको बताएका छन्। धरौटीमा रिहा हुनुलाई रवि–समर्थकले सफाइ नै पाएजस्तो प्रचार गरिरहेको भन्दै थापाले आक्रोश पनि पोखेका छन्।

Advertisement

सूर्य थापाकै संयोजकत्वको संसदीय छानबिन समितिको प्रतिवेदनबमोजिम रविविरुद्ध सहकारी ठगी आरोपको अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो। लामिछानेविरुद्ध पोखराको सूर्यदर्शनसँगै रुपन्देहीको सुप्रिम, पर्साको सानो पाइला, चितवनको सहारा चितवन र काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोप पनि लागेको छ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top