बाइडेन प्रशासनले लगायो रुस माथी कडा प्रतिबन्ध

२७ पुष , एजेन्सी ।

Advertisement

अमेरिकाको बाइडेन प्रशासनले रुसमाथि अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध लगाएको छ । यी प्रतिबन्धहरू रुसको ऊर्जा राजस्वलाई नोक्सान पु¥याउन लगाइएको हो, जसले युक्रेनमा यसको युद्धलाई सहयोग गरिरहेको छ।

यसमार्फत व्यापारी र अधिकारीदेखि बीमा कम्पनी र सयौँ तेल ट्याङ्करसम्मका दुई सयभन्दा बढी संस्था र व्यक्तिमाथि प्रतिबन्ध लगाइएको छ । युक्रेनमा रुसले आक्रमण गरेपछि अमेरिकासँगै बेलायतले ऊर्जा कम्पनी गाजप्रोम नेफ्ट र सर्गुटनेफ्तेगजमाथि पहिलो पटक प्रत्यक्ष प्रतिबन्ध लगाइएको हो ।

Advertisement

बेलायतका विदेश सचिव डेभिड लेमीले भने, ‘रुसी तेल कम्पनीहरूसँग लड्दा रुसको युद्धको कोष खाली हुनेछ र पुटिनबाट खोसिएको हरेक रुबल (रुसी मुद्रा) ले युक्रेनका जनताको जीवन बचाउन मद्दत गर्नेछ।’

अमेरिकी अर्थ मन्त्रालयले शुक्रबार घोषणा गरेका केही प्रतिबन्धलाई कानुन बनाइने बताइएको छ। यदि आगामी ट्रम्प प्रशासनले यी प्रतिबन्धहरू हटाउन चाहन्छ भने उसले त्यसलाई कंग्रेसबाट पारित गर्नुपर्नेछ।

Advertisement

यसबाहेक अमेरिकाले रुसबाट कानुनी रूपमा ऊर्जा किन्न सक्ने रुसका सहयोगीहरूलाई सीमित पार्ने काम पनि गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top