×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

सैफ अलीमाथि चक्कु प्रहार घटना थप रहस्यमय

११ माघ २०८१

११ माघ ,एजेन्सी ।

सिंगो बलिउडमा सुरक्षालाई लिएर हलचल मच्चाएको चर्चित बलिउड स्टार सैफ अली खानमाथि भएको आक्रमणको घटनामा नयाँ रहस्य बाहिर आएको छ। चक्कु प्रहारबाट गम्भिर घाइते भएका खान उपचारपछि घर फर्किएका छन् भने उनले प्रहरी समक्ष दिएको बयानले नयाँ रहस्य खोलेको छ।

Advertisement
Advertisement

प्रहरीसँगको बयानमा उनले चोरी गर्न आएका व्यक्तिलाई आफूले नियन्त्रणमा लिँदा उनले चक्कु प्रहार गरेको बताएका छन् । सैफका अनुसार त्यस रात उनको कान्छा छोरा जेह नानी सुसारेसँग सुतेका थिए ।

राति अचानक चिच्याएको आवाज आएपछि सैफ र करिना जेहको कोठामा गएका थिए । यसअघि सैफलाई उनका जेठा छोरा इब्राहिमले अटो रिक्सामा हालेर अस्पताल लगेको भनिएकोमा उनले प्रहरीसँगको बयानमा आफूलाई छोराले नभएर म्यानेजरले अस्पताल लगेको उनले बताएका छन् ।

भारतीय संचारमाध्यामका अनुशार उनले प्रहरीसँगको बयानमा भनेका छन्, म र करिना हल्लाखल्ला सुनेर ब्युँझियौं । दुवै जना जेहको कोठामा जाँदा त्यहाँ लिमा (सुसारे)सँगै एक जना अपरिचित पुरुष बहस गरिरहेका थिए । ती पुरुषको हातमा चक्कु थियो । मैले उनलाई को हो र किन आएको भनेर सोधेँ । उसले केही बताएन । कोठाभित्र मेरो सानो छोरो सुतिरहेको थियो । त्यसैले उसलाई खतरा हुनसक्ने सोचेर मैले उक्त व्यक्तिलाई च्यापचुप समातेर आफ्नो नियन्त्रणमा लिएँ । त्यसले मबाट फुत्किने प्रयासमा मलाई पटक–पटक चक्कु हान्यो । मेरो पिठ्यूँ, हात र गर्दनमा चोट लाग्यो । म घायल भएँ । मैले घाइते अवस्थामै धक्का दिएर आक्रमणकारीलाई लडाएँ । त्यसपछि कोठाको धोका थुनेर हामी निस्कियौं । कर्मचारीले जेहलाई लिएर माथि तल्लामा गए । हल्लाखल्ला सुनेर १२ औं तल्लाबाट अरु कर्मचारीहरु झरे, तर जेहको कोठा खोलेर हेर्दा त्यो व्यक्ति त्यहाँ थिएन । कर्मचारीले सबैतिर खोजे, तर ऊ कतै पनि भेटिएन । मलाई मेरो म्यानेजरले अटोरिक्सामा हालेर अस्पताल पु¥यायो ।

मुम्बई प्रहरीले सैफको बयान दर्ता गरेको हो । यसअघि उनकी कामदार अरियामा फिलिप र पत्नी करिना कपुरको बयान प्रहरीले लिइसकेको छ । सैफलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका आरोपी सरिफुल इस्लामलाई २९ जनवरीसम्म पुलिस हिरासतमा पठाइएको छ।

उनलाई अनुसन्धान गर्न दिएको समय आज समाप्त भएको थियो । शाहजादलाई आजै बान्द्रा अदालतमा पेस गरिएको थियो। प्रहरीले शहजादको सात दिनको हिरासत मागेको थियो, तर पाँच दिन मात्र पाएको छ।

यसअघि उनलाई पाँच दिनको पुलिस हिरासतमा राखिएको थियो। तर, यस सम्बन्धमा पुलिसले अहिलेसम्म कुनै जानकारी दिएको छैन। सिसिटिभी फुटेजमा आक्रमणकारी र पक्राउ परेका सरिफुल एक अर्काभन्दा फरक रहेको शाहजादका वकिलले अदालतलाई बताएका छन् ।

अदालतमा शेहजादका बुबाको बयानलाई पनि उल्लेख गरिएको छ । जहाँ सिसिटिभी फुटेजमा देखिएका ब्यक्ति र आफ्नो छोरा फरक रहेको उनले बताएका छन् । १५ जनवरीमा सैफमाथि आक्रमण भएको थियो। अभियुक्त शहजाद सैफको घरमा प्रवेश गरेका थिए ।

भने उनलाई ८ पटक चक्कुले आक्रमण गरिएको थियो । मुम्बई पुलिसको अपराध शाखाले घटनाको अनुसन्धान गर्न ३५ वटा टोली गठन गरेको थियो । जसमा ५० जनालाई सोधपुछ गरेपछि लोकल–एक्सप्रेस रेलको सिसिटिभी स्क्यान गरेपछि प्रहरीले १९ जनवरीमा ठाणेबाट शहजादलाई पक्राउ गरेको थियो।

तर अहिले पनि केही भारतीय संचारमाध्यामहरुले प्रहरीले गलत व्यक्तिलाई पक्राउ गरेको र फरेन्सिक रिपोर्टमा उनको अनुहार सीसीटीभी फुटेजमा देखिएको व्यक्तिसँग मेल नखाएको दाबी गरिरहेका छन् ।

तर प्रहरीले भने सैफको घरबाट पक्राउ परेका अभियुक्तकै फिंगरप्रिन्ट फेला पारेको दाबी गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top