नेपाली फुटबलमा विदेश प्रशिक्षक, ललितपुरमा लिड्सका साइमन

१३ माघ ,काठमाण्डौ।

Advertisement

लामो समयदेखि नेपाली राष्ट्रिय फुटबल टिम नै विदेशी प्रशिक्षकले हाकिरहेको अवस्थामा नेपाली फ्रेन्चाइज फुटबल टिमहरुले समेत पछिल्लो समय विदेशी प्रशिक्षक भित्र्याउन थालेका छन् । फ्रेन्चाईज फुटबल टिम ललितपुर सिटी एफसीले इङ्लिस प्रशिक्षक साइमन ग्रेसनलाई नयाँ सिजनको लिगका लागि मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको छ ।

साविक विजेता ललितपुरले नयाँ सिजनको एनएसएलको लागि लिड्स युनाईटेडका पूर्व प्रशिक्षक साइमनलाई क्लबमा भित्र्याएको हो । साइमन यूईएफएका प्रो लाइसेन्स प्रशिक्षक हुन् । लिड्सलाई इङ्लिस लिगको दोस्रो डिभिजन च्याम्यिनसिपमा छनोट गराएका साइमनले नयाँ सिजन ललितपुर सिटी एफसीलाई सम्हाल्ने पक्का भएको क्लबले जनाएको छ ।

Advertisement

साइमनले लिड्स सहित हुडर्सफिल्ड टाउन र प्रेस्टन नर्थलाई समेत प्रशिक्षकको रुपमा च्याम्पियनसिपमा उकालेका थिए । इङ्लिस प्रशिक्षक साइमनले पछिल्लो समय इन्डियन सुपर लिगमा बैग्लुरु एफसीलाई सम्हाल्दै आएका थिए ।

उनले नेतृत्वमा बैग्लुरुले डुरान्ड कप जितेको थियो भने इन्डियन सुपर लिग र सुपर कपको फाइनल खेलेको थियो । सन् १९९६ को इङ्लिस लिग कप विजेता साइमनले लामो समय लेस्टर सिटी, ब्ल्याकपुल, एस्टन भिल्ला र ब्ल्याकवर्नबाट व्यवसायीक फुटबल खेलेका थिए ।

Advertisement

इङ्लिस फुटबलका अनुभवी प्रशिक्षकको आगमनले क्लबसँगै नेपाली फुटबलले धेरै सिक्न पाउने ललितपुर सिटी एफसीले जनाएको छ ।साविक विजेता ललितपुरले मुख्य प्रशिक्षकको अनुबन्धनसँगै नयाँ सिजनको तयारी थालेको छ ।

एनएसएलको तेस्रो सिजन चैत १६ गतेदेखि सुरु हुने तालिका छ । यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक अस्ट्रेलियाका म्याट रोस नियुक्त गर्ने अन्तिम तयारी गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले रोसलाई प्रशिक्षक नियुक्त गर्न लागेको हो ।

एन्फाले केही दिनमा नै यसको औपचारिक रूपमा घोषणा गर्ने तयारी गरेको छ । ४७ वर्षीय रोस युइएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। यसअघि उनी सन् २०२० मा दक्षिण कोरियाको महिला राष्ट्रिय टोलीको सहायक प्रशिक्षक बनेर काम गरेका थिए।

उनी सहायक प्रशिक्षक रहदा कोरियाको महिला टोलीले सन् २०२२ को एएफसी एसियन कपको फाइनलमा स्थान बनाएको थियो। फाइनलमा कोरियाले चीनसँग ३–२ को हार ब्यहोरेको थियो। कोरिया पुग्नुअघि उनले चीनको यू–१५ महिला टोलीको प्रमुख प्रशिक्षक बनेर काम गरेका थिए।

त्यसअघि उनले जर्मन बुन्डेस लिगा क्लब फ्रान्कफर्टको महिला टोलीको सपोर्ट स्टाफ (भिडिओ एनालिस्ट)को रुपमा चार वर्ष काम गरेका थिए। क्लबले सन् २०१५ मा महिला च्याम्पियन्स लिगको उपाधि जितेको थियो। त्यसपछि उनले युइएफएको लाइसेन्स लिएका थिए ।

पछिल्लो समय उनी युएईको युनाइटेड एफसीको सहायक प्रशिक्षक थिए। प्रशिक्षक बन्नका लागि ४०५ जनाको आवेदनबाट रोस छनोट हुन सफल भएका हुन्। एन्फाले गत भदौ अन्तिम साता नयाँ प्रशिक्षकको आवेदन खुलाएको थियो।

इटलीका प्रशिक्षक भिन्सेन्जो अल्बार्टो एनेससँगको करार नथप्ने निर्णय गर्दै एन्फाले नयाँ प्रशिक्षकको लागि आवेदन खुलाएको थियो। आवेदन दिएका ४०५ जना मध्येबाट एन्फाले सुरुमा २० जनाको सर्टलिस्ट गरेको थियो।

२० जनाबाट १० जनाको अर्को सर्टलिस्ट गरेपछि एन्फाले ५ जनाको सर्टलिस्ट तयार पारेको थियो। एएफसी एसियन कप २०२७ को छनोट चरणको अन्तिम चरणमा नेपाल समूह ’एफ’ मा छ। नेपालको समूहमा भियतनाम, लाओस र मलेसिया छन्।

जसअन्तर्गत नयाँ प्रशिक्षकको नेतृत्वमा नेपालले मार्च २५ मा होम म्याच मलेसियासँग खेल्ने तय छ। यस्तै नेपालले जुन १० मा लाओससँग, अक्टोबर ९ मा भियतनामसँग र नोभेम्बर १८ मा मलेसियासँग अवे म्याच खेल्नेछ भने अक्टोबर १४ भियतनाम र २०२६ मार्च ३१ मा लाओससँग होम म्याच खेल्नेछ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top