NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच सोमवार कार्तिक २४ , २०८२
४० दिनदेखि सरकार सटडाउन हुँदा , अमेरिका नै अस्तब्यस्त सोमवार कार्तिक २४ , २०८२
मधेसमा एमालेले विद्रोहको बिउ रोप्यो, तोडफोड र तालाबन्दी सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने सोमवार कार्तिक २४ , २०८२
होटलमा मुख्यमन्त्री नियुक्तपछि सीके राउतले मागे मधेश स्वायत्त प्रदेश सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

रविको मुद्दामा थुनछेक सकियो, आजै आदेश

आइतवार माघ १३ , २०८१
Reading Time: 1 min read
A A
पोखरामा रविको कुरा काट्ने माननीयहरु को–को हुन् ?सीसीटिभीमा हेरिने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१३ माघ , काठमाण्डौ ।

रुपन्देही जिल्ला अदालतमा रास्वपा सभापति रवि लामिछानेका कानुन व्यवसायीको बहस सकिएको छ । सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा रविको पक्षमा आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कँडेलले बहस सकेका हुन् ।

अहिले सरकारी वकिलले जवाफी बहस गरिरहेका छन् । यो सकिएपछि केही समयपछि आदेश आउने छ । जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भइरहेको हो ।आज लामिछानेको तर्फबाट बहस गरेका रमण श्रेष्ठले अनुसन्धानको कार्यविधिमाथि नै प्रश्न उठाएका छन् ।

उनले मन्त्रिपरिषद्ले निर्णय गरेर प्रहरी मुख्यालय हुँदै अघि बढेको अनुसन्धान वस्तुपरक र विश्वसनीय नहुने जिकिर गरेका छन् । कार्यविधि कानुनको पालना नगरेको भन्दै उनले कुनै नयाँ प्रमाण फेला नपरे पनि जबरजस्ती पुरक अभियोगपत्र तयार पारेको पनि उनले बहसका क्रममा बताएका छन् ।

दाबी गरिएका कतिपय आरोपहरू पुष्टि हुने प्रमाणहरू मुद्दाको साथमा पेश नभएको भन्दै श्रेष्ठले कतिपय सिद्धान्त उल्लेख गरेर मात्रै त्यसको पुष्टि नहुने जिकिर पनि गरेका छन् । उनले रुपन्देहीमा पनि उल्लेख गरिएको ‘डक्ट्रिन अफ पोइजनस ट्रि’ सिद्धान्तको विषयलाई संकेत गर्दै यस्तो प्रश्न गरेका हुन् ।

रुपन्देहीमा दायर गरिएको अभियोगपत्रको पृष्ठ ९३ मा उक्त सिद्धान्तबारे उल्लेख गरिएको थियो । सरकारले भएजतिका आरोपहरू खोजेर रविमाथि थुपार्न खोजेको भन्दै उनले प्रश्न गरेका छन्, ‘पुरक अभियोगपत्र कसको निर्देशनबाट दायर भएको छ ?’

सरकारले पछिल्लो पटक ल्याएका अध्यादेश पनि सभापति लामिछानेलाई नै लक्षित गरेर ल्याएको उनले बताएका छन् । उनले प्रहरीले ल्याएको प्रतिवेदन नहेरी सरकारी वकिलले अभियोग जस्ताको तस्तै दर्ता गरिएको भन्दै यसलाई ‘पेनड्राइभ’ अभियोग भएको बताए ।

गत बुधबार आफैँ अदालत हाजिर भएका रविको त्यस दिन बयान मात्र सकिएपछि बिहीबार थुनछेक बहस थालिएको थियो । बहसका क्रममा सरकारी र जाहेरीवालाका वकिलले न्यायाधीश योगीको भूमिकामा नै प्रश्न उठाएका थिए ।

न्यायाधीश योगीले बयान नसकिएपछि रविलाई न्यायिक हिरासतमा नपठाएर सुरुमै हाजिर जमानीमा छाडेको भन्दै उनीहरूले मुद्दाको बाँकी कारबाहीबाट अलग हुनुपर्ने माग राखेका थिए । रविलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउनुपर्ने माग सरकारी पक्ष र जाहेरीवालाको माग छ ।

सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका लामिछाने, पूर्वडीआइजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु (जीबी) राईसहितका २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा माघ ६ गते पूरक मुद्दा दर्ता भएको थियो ।

लामिछाने काठमाडौँ जिल्ला अदलबाट धरौटीमा रिहा भएपछि मंगलबार रुपन्देही आएका थिए भने बुधबार अदालत उपस्थित भएका थिए । रवि यसअघि कास्की र काठमाडौंबाट धरौटीमा रिहा भएका थिए ।

उनले बयान दिएको चितवनमा सरकारी वकिलले नै प्रहरीले प्रतिवेदन प्रमाण प्रर्याप्त नरहेको भन्दै फर्काएको उनको सचिवालयले जनाएको छ । पर्सामा भने प्रहरीले प्रतिवेदन बुझाइ सकेको छैन् ।

Tags: #अदालतमा रमण जंगिए#रविको मुद्दामा थुनछेक सकियो#रविविरुद्ध अध्यादेश#रास्वपा सभापति रवि लामिछाने

लोकप्रीय

एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच

एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच

सोमवार कार्तिक २४ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

४० दिनदेखि सरकार सटडाउन हुँदा , अमेरिका नै अस्तब्यस्त

सोमवार कार्तिक २४ , २०८२
मधेसमा एमालेले विद्रोहको बिउ रोप्यो, तोडफोड र तालाबन्दी

मधेसमा एमालेले विद्रोहको बिउ रोप्यो, तोडफोड र तालाबन्दी

सोमवार कार्तिक २४ , २०८२

विचार

थप समाचार

एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच
खेलकुद

एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच

सोमवार कार्तिक २४ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?
अन्तर्राष्ट्रिय

४० दिनदेखि सरकार सटडाउन हुँदा , अमेरिका नै अस्तब्यस्त

सोमवार कार्तिक २४ , २०८२
मधेसमा एमालेले विद्रोहको बिउ रोप्यो, तोडफोड र तालाबन्दी
ताजा समाचार

मधेसमा एमालेले विद्रोहको बिउ रोप्यो, तोडफोड र तालाबन्दी

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने
ताजा समाचार

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

World News: सिरियाली राष्ट्रपति Trump भेट्न पुगे, मुनिर जीवनभर फिल्ड मार्सल || Nepal Times

00:16:53

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच

एनपीएल ‘रोबोट डग’, के काम गर्छ ?विराटनगरमा प्रभावशाली कोच

सोमवार कार्तिक २४ , २०८२
अमेरिकाले लोटरीबाट कामदार लैजाने, कति लाग्छ खर्च ?

४० दिनदेखि सरकार सटडाउन हुँदा , अमेरिका नै अस्तब्यस्त

सोमवार कार्तिक २४ , २०८२
मधेसमा एमालेले विद्रोहको बिउ रोप्यो, तोडफोड र तालाबन्दी

मधेसमा एमालेले विद्रोहको बिउ रोप्यो, तोडफोड र तालाबन्दी

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.