NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला शुक्रबार असार २० , २०८२
रुसी जलसेनाका उपप्रमुख मारिए, ट्रम्पको प्रस्ताव पुटिनलाई अस्वीकार शुक्रबार असार २० , २०८२
धनुषा प्रहरी र तस्कर समूहबीच झडपः ६ सशस्त्र प्रहरी घाइते शुक्रबार असार २० , २०८२
४ प्रदेशमा आज भारी वर्षाको सम्भावना, २४ घण्टाका लागि चेतावनी शुक्रबार असार २० , २०८२
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

प्रचण्डको प्रेसर थेग्न देउवा ओलीको कवच

मङ्लबार माघ १५ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
ओली र प्रचण्डले कसरी मिलाए भागबण्डा ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ माघ , काठमाण्डौ।

संसद छलेर अध्यादेश ल्याएको, भ्रष्टमाफियाहरुले बनाएको, विकास–सुशासन दिन नसकेको लगायतका आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लगातार वर्तमान सरकारको आयु निकै कम रहेको दाबी गरिरहेका बेला सत्तारुढ दलले भने आफूहरु झनै कसिलो बनेको संदेश दिएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकार चाडै ढल्ने र त्यसपछि बन्ने सरकारमा कांग्रेस नै आफ्नो पार्टनर बन्ने दाबी देश दौडाहामा निस्किएका प्रचण्डको छ । तर त्यसको विपरित एमाले–कांग्रेसले अहिलेको गठबन्धन ०८४ सम्मै जाने दाबी गरेका छन् ।

Advertisement

यसका लागि हिजोमात्रै उनीहरुले पुनः प्रतिबद्धता जनाउँदै केही निर्णय गरेका छन् । जसमा एक हो अध्यादेशबारेको निर्णय । सत्तारुढ दलहरूको बैठकले अध्यादेशमा सबै दलले एउटै मत राख्ने निर्णय गरेको छ ।

साथै, संसद्को हिउँदे अधिवेशनलाई बढीभन्दा बढी कानुन निर्माण गर्ने अधिवेशनका रूपमा अघि बढाउने निर्णय पनि बैठकले गरेको छ । सोमबार साँझ बालुवाटारमा बसेको सत्तापक्षीय दलहरूको बैठकले यही माघ १८ गते सुरू हुने संसदको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन एउटै आवाज उठाउने निर्णय गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

बैठकपछि बर्तौलाले भने, ‘हिउँदे अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने मुख्य कुरा थियो । सरकारले अध्यादेश जारी गरेको छ । अध्यादेशले आम रूपमा एउटा सकारात्मक सन्देश सम्प्रेषण गरेको छ ।

निजी क्षेत्रलाई उत्साहित बनाएको छ । यसमा पनि छलफल भएको छ । सत्तारुढ दलमा यसमा कुनै कन्फ्युजन छैन । संसदमा सिंगो सत्तापक्ष एकरूपताका साथ अघि बढ्ने निर्णय भयो।’ सरकारले ल्याएका अध्यादेश सबैले सकारात्मक रूपमा लिएको दाबी पनि उनले गरेका छन् ।

१८ गतेको संसद्को पहिलो बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने र संसद्को काम कारबाहीहरूमा सत्तारुढ दलहरू एक ठाउँमा उभिएर सशक्त र बलियो बनाउँदै लैजाने निर्णय भएको उनले बताएका छन् ।

प्रधानमन्त्री प्रधानमन्त्री ओलीको आह्वान बसेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुख सचेतहरू सहभागी थिए ।

खासमा संसदको हिउँदे अधिवेशन सुुरु हुने समय नजिकिँदै जाँदा विपक्षी दलहरूले मोर्चाबन्दीको तयारी गरेपछि सत्तारुढ दलहरूले पनि काउन्टर रणनीति बनाएका हुन् । बैठकमा सहभागी नेताहरूका अनुसार प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएको विषयमा ब्रिफिङ गर्दै त्यसको बचाउमा सत्तारुढ दल एकढिक्का भएर संसदमा प्रस्तुत हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सो बैठकमा सहभागी एक नेताले भने, ‘अध्यादेश अति आवश्यक भएर ल्याएको हो । यसबारे सत्तारुढ दलहरूमा विवाद देखिनु भएन । सबै दलले एकमत भएर यसको पक्षमा उभिनुप¥यो । नत्र विपक्षीले पनि मौका पाउँछन् । र जनतामा पनि कन्फ्युजन हुन्छ ।’

वास्तवमा यसबाट के संकेत मिलेको छ भनmे प्रधानमन्त्रीमा संसदमा विपक्षीहरू एकजुट हुन लागेकोमा प्रेसरमा देखिन्छ । ओलीमात्रै होइन बैठकमा कांग्रेस सभापति देउवाले पनि सबै दल एक ढिक्का हुनुपर्नेमा जोड दिएका थिए ।

देउवाले संसदमा सत्तारुढ दलमै विभाजन देखिए विपक्षीले मौका पाउने बताएका थिए । हिजै बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले आफूहरुलाई जानकारी नै नदिइ अध्यादेश ल्याएकोमा असन्तुष्टि जनाएपछि देउवाले समन्वयमा काम गर्न पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई निर्देशन दिएका थिए ।

सत्ता साझेदार दलहरूले आफ्ना सांसदहरूलाई सरकारले गरेका अरु कामबारे पनि तथ्य र प्रमाणहरू उपलब्ध गराएर एउटै मत निर्माण गर्ने निष्कर्ष बैठकले निकालेको छ । यो बैठकले सत्ता गठबन्धनलाई कमजोर हुन नदिनेबारे पनि छलफल गरेको छ ।

नेताहरूका अनुसार सरकारले राम्रै काम गरिररहेकाले गठबन्धनभित्र कुनै समस्या आउन दिन नहुने निर्णय भएको छ । यस्तै गठबन्धनभित्र देखिने समस्या हल गर्ने जिम्मेवारी प्रधानमन्त्री ओली र कांग्रेसका सभापति देउवाले लिनुपर्ने निष्कर्षमा नेताहरू पुगेका छन् ।

कांग्रेस–एमाले नेतृत्व गठबन्धनका दलहरूबीच हरेक महिना नियमित बैठक बस्ने सहमति छ । गठबन्धन दलहरुले अध्यादेशको बचाउमा एक ढिक्का भएर उभिने निर्णय गरेकै दिन प्रतिपक्ष रास्वपाले भने अध्यादेश खोटपूर्ण रहेको निष्कर्ष निकालेको छ ।

रास्वपाले संसदमा दुई तिहाइ बहुमत भएको सरकारको अक्षमता र निरीहता स्पष्टसँग प्रदर्शित हुँदा व्यवस्थामाथि नै प्रश्नचिन्ह खडा भएको निष्कर्ष निकालेको छ ।

Tags: #ओलीलाई प्रचण्डको प्रेसर

लोकप्रीय

 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला

 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला

शुक्रबार असार २० , २०८२
रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर

रुसी जलसेनाका उपप्रमुख मारिए, ट्रम्पको प्रस्ताव पुटिनलाई अस्वीकार

शुक्रबार असार २० , २०८२
धनुषा प्रहरी र तस्कर समूहबीच झडपः ६ सशस्त्र प्रहरी घाइते

धनुषा प्रहरी र तस्कर समूहबीच झडपः ६ सशस्त्र प्रहरी घाइते

शुक्रबार असार २० , २०८२

विचार

 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला

 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला

शुक्रबार असार २० , २०८२
रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर

रुसी जलसेनाका उपप्रमुख मारिए, ट्रम्पको प्रस्ताव पुटिनलाई अस्वीकार

शुक्रबार असार २० , २०८२
धनुषा प्रहरी र तस्कर समूहबीच झडपः ६ सशस्त्र प्रहरी घाइते

धनुषा प्रहरी र तस्कर समूहबीच झडपः ६ सशस्त्र प्रहरी घाइते

शुक्रबार असार २० , २०८२

थप समाचार

 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला
ताजा समाचार

 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला

शुक्रबार असार २० , २०८२
रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर
अन्तर्राष्ट्रिय

रुसी जलसेनाका उपप्रमुख मारिए, ट्रम्पको प्रस्ताव पुटिनलाई अस्वीकार

शुक्रबार असार २० , २०८२
धनुषा प्रहरी र तस्कर समूहबीच झडपः ६ सशस्त्र प्रहरी घाइते
अन्तर्राष्ट्रिय

धनुषा प्रहरी र तस्कर समूहबीच झडपः ६ सशस्त्र प्रहरी घाइते

शुक्रबार असार २० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

४ प्रदेशमा आज भारी वर्षाको सम्भावना, २४ घण्टाका लागि चेतावनी

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला

 नेपाली सेना भित्रपनि डरलाग्दो घोटाला

शुक्रबार असार २० , २०८२
रुसको कब्जामा रहेको विशाल बाँध भत्कियो ? महाविनाशको डर

रुसी जलसेनाका उपप्रमुख मारिए, ट्रम्पको प्रस्ताव पुटिनलाई अस्वीकार

शुक्रबार असार २० , २०८२
धनुषा प्रहरी र तस्कर समूहबीच झडपः ६ सशस्त्र प्रहरी घाइते

धनुषा प्रहरी र तस्कर समूहबीच झडपः ६ सशस्त्र प्रहरी घाइते

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.