×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026

गिरिबन्धु, कम्बोडिया, स्वीस बैंकसँगै शेरा दरबारको पनि छानविन ! को जोडिएका छन् ?

१७ माघ २०८१

१७ माघ,काठमाण्डौ ।

प्रधानमन्त्री केपी शर्मा ओली हरेजसो कार्यक्रममा भ्रष्टाचार नियन्त्रणका कुरा गर्न छुटाउँदैनन् । भ्रष्टाचार देखिनसहने र भ्रष्टचारीको अनुहार समेत नहेर्ने अडानमा रहेका प्रधानमन्त्रीले बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा समेत आफूले थाहा पाएसम्म भ्रष्टाचार हुन नदिने र भए नियन्त्रण गर्ने उल्लेख गरे ।

Advertisement
Advertisement

उनले भ्रष्टाचार नियन्त्रण गर्नेकुरा स्टन्टबाजी नभएको पनि बताए । प्रधानमन्त्री ओलीले आफ्नो श्रीमती राधिका शाक्यको नाममा स्वीट्जरल्याण्डको बैंकमा ४१ करोड डलर छ भन्ने भ्रमपूर्ण प्रचार गरिएको भन्दै आपत्ति पनि जनाए ।

उनले भने, हुनतः हिजो बिहान यसो फेसबुक खोलेर हेरेको हिन्दीमा एक जना भनिरहेको रहेछ, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पत्नी राधिका शाक्यको नाममा स्विट्जरल्याण्डको बैंकमा ४१ करोड डलर छ । सुन्दा रिस उठ्नुपर्ने अब त रिस उठ्न पनि छोड्यो । मजा लाग्छ । यस्तो भन्नेहरु त धर्तीमा एकै खालका मान्छेहरु हुँदो रहेनछ क्या ।’

प्रधानमन्त्रीले भ्रष्टचार नियन्त्रणका लागि जनाएको प्रतिवद्धता र स्विट्जरल्याण्ड बैंकमा आफ्नी पत्नीको नाममा ४१ करोड रहेको भन्ने विषय नितान्त अफवाह रहेको बताइरहदा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भने स्वीस बैंकको रहेको भनिएको रकम, कम्बोडियामा गरिएको भनिएको लगानी सहित कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता मुछिएका भनिएका अनियमितता प्रकरण छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।

माओवादी केन्द्र पाल्पाको रिप्टिकोट गाउँ समितिको तेस्रो अधिवेशनको बुधबार उद्घाटन गर्दै पुनले पछिल्लो समय सहतमा आएका प्रकरणहरूको छानबिनका लागि समिति गठनको माग गरेका हुन् ।

आफूमाथि दर्जनौँ अनियमितता र भ्रष्टचार आरोप लागेपछि विवादमा पार्न सकिन्छ कि भन्ने नियतका साथ प्रधानमन्त्री केपी ओलीले शेरा दरबारको प्रसंग चर्चामा ल्याएको उनको दावी छ । उनले शुक्रबार संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले शेरा दरबारबारे छानबिनको माग राखेर बोल्ने जानकारी दिए ।

‘माओवादी नेता पनि कतै जोडिएका छन् कि, तर्साउन पो सकिन्छ कि भनेर ओलीजीले शेरा दरबारको कुरा गरिरहनुभएको छ । हामी हिजो गणतन्त्रका लागि ज्यानको बाजी लगाएर लडेर आएका हौँ । हाम्रो अध्यक्षले संसदमै शेरादरबारको छानबिन सुरु गर्नुस् भनेर बोल्दै हुनुहुन्छ । उहाँले पत्रकार सम्मेलनमै भनिसक्नुभएको छ शेरा दरबारबारे छानबिन गरियोस् भन्ने माग संसदमा राख्छु’, पुनले भने, ‘केपी ओलीजीलाई मेरो र हाम्रो पार्टीको प्रश्न चुनौती छ, तपाईं आफू र आफ्ना नेताबारे उठेका प्रश्नबारे छानबिन गर्न तयार हुनुहुन्छ ? कम्बोडियामा तपाईंको लगानी छ भने प्रश्न उठ्यो, स्वीस बैंकमा पैसा छ भनिएको छ, गिरिबन्धु टी स्टेटमा तपाईंको नाम मुछियो । तपाईं लोकतान्त्रिक देशको प्रधानमन्त्री हो । के भन्न सक्नुहुन्छ मममाथि संसदीय छानबिन होस् भन्न सक्नुहुन्छ ? हामी तयार छौँ ।’

उनले प्रधानमन्त्री ओलीले राज्य शक्तिको आडमा आफू, आफ्ना पार्टीका व्यक्तिहरु र सत्तारुढ कांग्रेस नेता मुछिएका भ्रष्टाचार, तस्करी र राज्य दोहनका प्रकरणको छानबिन फितला बनाएको तथा छानबिन नै गर्नुपरे पनि पक्षपातपूर्ण व्यवहार गरेको गम्भिर आरोप समेत लगाएका छन् ।

पुनले भनेका छन्, ‘ओलीजीको पार्टीका मन्त्रीले युवालाई जापान लगेर मानव तस्करीको प्रयास गर्नुभयो । उहाँलाई कारबाही भएन । तर त्यसमा फसाइएका युवा अहिले मानव तस्करीको मुद्धा खेपिरहेका छन् । सहकारी ठगीमा संलग्न लेखा समिति सभापतिकी श्रीमतीलाई लुकाइन्छ, अदालतमा उसै दिन हाजिर गराइन्छ, उसै दिन जमानतमा छाडिन्छ । तर, प्रतिपक्षमा नेताहरूमाथि उस्तै मुद्दामा बदला लिन खोजिन्छ ।’

वर्षमानले उल्लेख गरेका गिरिबन्धु, कम्बोडिया, स्वीस बैंकमा भने प्रधानमन्त्री केपी शर्मा ओली जोडिएका छन् । प्रधानमन्त्रीले पटक पटक अफवाह भएको भन्दै स्वीस बैंक खातामा रकम जम्मा र कम्बोडियाको टेलिकममा लगानी रहेको भेटिए थप गरेर आफैले पैसा दिने बताउँदै आएका छन् ।

पछिल्लो समय कम्बोडियामा ओलीको लगानी रहेको अफवाह फैलाउने मेडिकल व्यवसायी दुर्गाप्रसाईलाई साइबर अपराधको मुद्दा चलाइएको थियो । उनी अदालतबाट धरौटीमा छुटेका छन् । यस्तै झापाको गिरीबन्धुको जग्गा अदालतले समेत फिर्ता ल्याउनु भनेपछि सो जग्गा अपचलन प्रकरणमा समेत तत्कालीन सरकार प्रमुखमा रुपमा ओलीमाथि नैतिक प्रश्न उठ्दै आएको छ।

वर्षमानले छानविनको माग गरेको नुवाकोटको शेरा दरबारको जग्गा घोटाला प्रकरणमा भने माओवादी अध्यक्ष प्रचण्ड जोडिएको आरोप लाग्दै आएको छ । केही साता अघि मात्रै ओलीले नै प्रचण्डप्रति लक्षित गर्दै शेरा दरबारको जग्गा खाने प्रचण्डको जस्तो पेट आफ्नो नभएको बताएका थिए ।

तर यस विषयमा उनको सचिवालय र प्रचण्डले पनि पटक पटक शेर दरबारको जग्गा प्रकरणमा आफ्नो संम्लग्नताबारे आएका खबरहरुप्रति आपत्ति जनाउँदै सरकारलाई छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

पृथ्वीनारायण शाहको शीतकालीन दरबारका रूपमा रहेको शेरा दरबारको १६३ रोपनी १३ आना जग्गा निजी कम्पनीबाट जफत गरी सरकारका नाममा ल्याउन सीआईबीले सरकारलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

ऐतिहासिक शेरा दरबारको एक सय ८४ रोपनी जग्गा हदबन्दीभन्दा बढी भएपछि कम्पनीको नाममा लगेर बेच्न लागिएको थियो। सोही कम्पनी संचालकसँग प्रचण्डलाई जोड्ने गरिएको छ ।

यस्तै लाउडा धमिजादेखि ललितानिवास जग्गा घोटाला,एनसेल कर छली, वाइडबडी, बाँसबारी छालाजुत्ता, धनगढी, जनकपुरको जग्गा घोटाला प्रकरण, ओम्नी, प्रिन्टिङ प्रेस, बुढीगण्डकी जलविद्युत आयोजना, माओवादीको क्यान्टोन्मेन्ट, नक्कली भुटानी शरणार्थी काण्ड नेपालका चर्चित भ्रष्टचारकाण्डहरु हुन् । जहाँ प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेताहरु नै जोडिदै आएका छन् ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top