×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

ट्रम्पले जन्मसिद्ध नागरिकता दिँदै नदिने,अदालतले रोके कानून ल्याउने

१७ माघ २०८१

१७ माघ, विराटनगर।

गैर अमेरिकन वा अवैध आप्रवासीका सन्तानले पनि जन्मको आधारमा पाउँदै आएको नागरिकतासम्बन्धीको अधिकार खोस्न राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन झनै दृढ र कठोर बन्दै गएको छ। राष्ट्रपतिको शपथ लिएकै दिन यससम्बन्धीको कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरेका थिए जसलाई अदालतले उल्ट्याई दिएको छ ।

Advertisement
Advertisement

अदालतको यो कदमले केही राहतको सास फेरेकाहरुलाई ट्रम्प प्रशासनले भने लामो समय टिक्न नदिने देखिन्छ । किनभने नयाँ कानून नै ल्याएर भएपनि ट्रम्पले अवैध आप्रवासी र अहिलेसम्म दिदै आएको जन्मसिद्ध नागरिकता अन्त्य गर्ने तयारी गरेका छन् ।

यसका लागि अमेरिकी सिनेटमा एक विधेयक पेश भएको छ । सो विधेयकमा अमेरिकामा जन्मसिद्ध नागरिकताको अधिकारलाई अन्त्य गर्न माग गरिएको छ । यो विधेयक सत्ताधारी रिपब्लिकन पार्टीका तीन सांसदहरुले पेश गरेका हुन् ।

विधेयकमा भनिएको छ, जन्मसिद्ध नागरिकता कानूनको दुरुपयोग भइरहेको छ । विश्वमा अमेरिकासहति ३३ देश छन्, जसले जन्मसिद्ध नागरिकता दिने गरेका छन् । विधेयकमा सेन्टर फर इमीग्रेशन स्टडीजलाई उदृत गर्दै भनिएको छ, कि सन् २०२३ मा नै सवा २ लाखदेखि लिएर करीब अढाई लाखले जन्मसिद्ध नागरिकता लिएका छन् ।

यो अमेरिकामा जन्मिएका कुल बच्चाहरुको सात प्रतिशत हो । विधेयक पेश गर्ने सिनेटर लिंडसे ग्राहमले भने, अमेरिकाले जन्मसिद्ध नागरिकतामा आफ्नो नीति बदल्ने कुरामा पहिला नै निकै ढिला गरिसक्यो ।

किनभने यसको दुरुपयोग भइरहेको छ । उनले अगाडि भनेका छन्, एक उदाहरण जन्म पर्यटनको हो, जसमा चीन र अन्य देशहरुका धनी मानिसहरु, अमेरिकामा केवल बच्चा जन्माउनका लागि नै आउने गरेका छन्, ताकि उनीहरुको सन्तानले अमेरिकी नागरिकता प्राप्त गर्न सकुन ।

ग्राहमले यो मामिलामा ट्रंपको कार्यकारी आदेशको पनि तारिफ गरेका छन् । यस्तै विधेयक पनि भनिएको छ कि अमेरिकाले अवैध आप्रवासीलाई अमेरिकी नागरिकता दिएर पुरस्कृत गर्नु हुँदैन। तर लामो समयदेखि यस्तै नै हुँदै आएको छ ।

सन २०२२ मा होमल्याण्ड सिक्योरिटी र सरकारी मामिलाहरुको समितिले आफ्नो रिपोर्टमा उल्लेख गरेको थियो कि कयौं रूसी धनी, ठूला ठूला हस्तीहरु र एथ्लेट्सले पनि आफ्नो सन्तानको जन्म अमेरिकामै गराइरहेका छन् ।

र यसका लागि अमेरिकामा बकैदा कम्पनीहरुले काम गरिरहेका छन् । जसले आफ्ना ग्राहकहरुलाई एडमिशन प्रक्रियाका क्रममा के के जवाफ दिनुपर्छ भन्ने सिकाउने गरेका छन् । तर अब नयाँ विधेयकमा भनिएको छ कि देशको संप्रभुताको रक्षा, अवैध अप्रवासन र अमेरिकी नागरिकताको अधिकारलाई बलियो बनाउनका लागि जन्मजात नागरिकता अधिकारमा रोक लगाउन अवास्यक छ ।

यस्तै ट्रम्पले बुधबार आफ्नो पहिलो कानूनमा पनि हस्ताक्षर गरेका छन् । यो पनि अप्रवासीलाई रोक्ने नै कानून हो । जो ’लेकेन राइली एक्ट’ भनेर चिनिन्छ, यसले चोरी, पाकेटमार आदि अपराधका आरोपीहरुलाई सुनवाइभन्दा पहिला नै हिरासतमा लिने अधिकार अनुशन्धान एजेंसीहरुलाई दिएको छ ।

राइली एक्टलाई अमेरिकी संसदको तल्लो सदन र सिनेट दुवैमा द्विदलीय समर्थन प्राप्त भएको छ । २० जनवरीमा राष्ट्रपतिको पदभार सम्हालेपछि यो ट्रंपको पहिलो कानून हो, जसमा उनले हस्ताक्षर गरे ।

बुधवार लेकेन राइली इमिग्रेशन एक्टमा हस्ताक्षर गर्दै ट्रंपले भने, ’म आज जुन कानूनमा हस्ताक्षर गरिरहेको छुँ, अब यसपछि होमल्याण्ड सुरक्षा विभागले ती सबै अवैध अप्रवासीहरुलाई हिरासतमा लिनु पर्नेछ, जसले चोरी, पाकेटमारी, पुलिस अधिकारीमाथि हमला, हत्या वा कुनै अन्य अपराधका लागि गिरफ्तार गरिएको छ ।

यो कानूनको नाम जर्जियाको २२ वर्षीय नर्सिंग छात्रा लेकेन राइलीको नाममा राखिएको हो । जसको भेनेजुएलाका एक अवैध अप्रवासीले हत्या गरेका थिए । ट्रंपले भने, ’ती (लेकेन राइली) माथि एक अवैध विदेशी गिरोहका सदस्यले हमला गरे, उनलाई नराम्रोसंग कुटे, उनको क्रूरतापूर्वक हत्या गरे, जसलाई अघिल्लो सरकारले छोडी दिएको थियो’ ।

ट्रंपले यसलाई एक ऐतिहासिक कानून भएको बताएका छन् । उनले भने, ’यसको अलावा, पहिलो चोटी, यो कानूनले, आप्रवासन कानूनहरुलाई लागू गर्न अस्वीकार गर्ने स्थितिमा राज्य सरकारहरुलाई संघीय सरकारमाथि मुद्या हाल्ने अधिकार पनि दिएको छ ।

यस्तै होमल्याण्ड सुरक्षा सचिव क्रिस्टी नोएमले भने, ’यो कानूनले हाम्रो कमजोर आप्रवासन प्रणालीलाई राम्रो बनाउने छ । राष्ट्रपति ट्रंपको आदेश अन्तर्गत, हिंसक अपराधीहरु र गिरोहका सदस्यहरुलाई अब अमेरिकी समुदायहरुमा छोडिने छैन’ ।

यद्यपि डेमोक्रेटिक सीनेटर डिक डर्बिनले यो कानूनको आलोचना गरेका छन् र भनेका छन् कि यो अधिनियमले संघीय सरकारको शक्तिलाई झन कमजोर बनाउने छ । अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभामा लेकेन राइली एक्ट लाई १५६ विरुद्ध २६३ र सीनेटमा ३५ विरुद्ध ६४ मतले पारित गरिएको छ ।

यसबारे आफ्ना कमेन्ट जाहेर गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top