NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

गाजाबासीलाई लखेट्ने ट्रम्पको प्रस्तावमा अरब देशहरुको विरोध

आइतवार माघ २० , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्प फेसबुक, ट्विटर र गुगलविरुद्ध अदालत जाने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० माघ, विराटनगर।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजाबाट प्यालेस्टाइनीहरुलाई निकाल्ने र अन्य क्षेत्रमा स्थानान्तरण गर्ने भन्ने कुरामा पाँच प्रमुख अरब देशहरुले विरोध गरेका छन् । यो विषयमा राजधानी कायरोमा, इजिप्ट, जोर्डन, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतार, प्यालेस्टाइनी प्राधिकरण र अरब लीगका विदेश मन्त्रीहरुको छलफल भएको छ ।

सो छलफलमा यी सबै देशहरुका विदेश मन्त्रीहरुले एक स्वरमा भनेका छन्, कि उनीहरु प्यालेस्टाइनीहरुलाई जबर्जस्ती गाजाबाट बाहिर निकाल्ने र अन्त पठाउने कुराको विरुद्धमा छन् । यसअघि ट्रंपले प्यालेस्टाइनीहरुलाई गाजाबाट निकालेर इजिप्ट वा जोर्डनमा स्थानान्तरण गर्नु पर्ने बताएका थिए ।

Advertisement

तर यी दुई देशसहित अन्य अरब देशका नेताहरुले भने यो कुरा गलत भएको बताएका हुन् । किनभने यो कुराले यस क्षेत्रको स्थिरतामा खतरा उत्पन्न गर्ने उनीहरुको तर्क छ । समाचार एजेंसी एएफपीका अनुसार एक साझा बयानमा यी नेताहरुले भनेका छन्, “प्यालेस्टाइनीहरुलाई विस्थापनका माध्यमले एक ठाउँबाट निकाल्ने वा उनीहरुको आफ्नै जमिनबाट निकाल्ने कुरालाई बढावा दिइनु, उनीहरुको अधिकारको हनन हो ।

इजिप्टका राष्ट्रपति अब्देल फतेह अल–सीसीले भने, “प्यालेस्टाइनीहरुलाई उनीहरुको जमिनबाट निकाल्नु अन्याय हो र हामी यसमा भाग लिन सक्दैनौ“ । यद्यपि यी नेताहरुले भनाइ छ कि उनीहरु ट्रंप प्रशासनको साथमा काम गर्न तैयार छन्, ताकि मध्य पूर्वमा शांति स्थापित गर्न सकियोस र २ राष्ट्र सिद्धांतका आधारमा यी अप्ठ्याराहरुको हल निकाल्न सकियोस ।

तर डोनाल्ड ट्रंप चाहान्छन् कि इजिप्ट र जोर्डन जस्ता छिमेकी देशहरुले गाजाको क्लिन आउट अर्थात सफाइका लागि प्यालेस्टाइनीहरुलाई आफ्नो देशमा राखुन । ट्रंपले यसअघि पनि आफूले यो अनुरोध जोर्डनका शाह अब्दुल्लासंग गरेको र आइतबार इजिप्टका राष्ट्रपतिसंग पनि यो बारेमा अनुरोध गर्ने आफ्नो योजना रहेको सुनाएका थिए ।

“विध्वंसको स्थान“ भन्दै ट्रंपले भनेका थिए, “तपाइँले सायद डेढ लाख मानिसहरुको कुरा गर्नु भयो, हामी मात्रै त्यो सिंगो स्थानलाई सफा गर्ने छौं“ । उनले अगाडी भने यो कदम “अस्थायी वा “दीर्घकालिक“ जे पनि हुनसक्छ । तर हमास र प्यालेस्टाइनी प्राधिकरण दुवैले ट्रंपको यो प्रस्तावको निन्दा गरेका छन् ।

यता जोर्डन र इजिप्टले पनि ट्रंपको यो विचारलाई अस्वीकार गरेका हुन् । हुन त डोनाल्ड ट्रंपको लामो इतिहास रहेको छ कि उनी यस्ता विचार अगाडी राख्छन् जुन कहिले पनि पुरा हुन सक्दैन। अहिले पनि ट्रम्पको प्रस्तावलाई सिंगो मध्य पूर्वमा अविश्वासका साथ हेरिएको छ ।

सिंगो क्षेत्रमा यसको व्यापक रूपले आलोचना भइरहेको छ । किनभने यो संभावित ’दोस्रो नकबा’ हो । नकबा अर्थात अरबी भाषामा प्रलय । सन १९४८ मा इसराइलको एक देशका रुपमा एकतर्फी घोषणापछि प्यालेस्टानीहरुको विस्थापन भएको थियो जसलाई अल नकबा भन्ने गरिन्छ ।

यस्तोमा केही विश्लेषकहरुको भनाइ छ कि ट्रंपको प्रस्ताव ’जातीय सफाई जस्तै हुनेछ’ । वाशिंगटन डीसीको अरब सेंटरमा प्यालेस्टाइनी–इसराइल कार्यक्रमका प्रमुख यूसुफ मुनैयरले यो साताको शुरुवातमा अल जजीरासंग भनेका थिए कि ट्रंपको “अपमानजनक“ बयानको निन्दा गरिनु पर्छ ।

किनभने यसले सबै मापदण्डहरु र आधारभूत अधिकारहरुको उल्लंघन गरेको छ । यता जोर्डनका विदेश मंत्रीले पनि भनेका छन् कि उनको सरकारले प्यालेस्टाइनीहरुलाई विस्थापित गर्ने मुद्दालाई अस्वीकार गर्नका लागि “दृढ र अटल“ छ ।

अरब न्यूजका अनुसार कायरोमा भएको बैठकपछि जारी संयुक्त बयानमा साउदी अरब, इजिप्ट, जोर्डन, कातर, संयुक्त अरब इमिरेट्स, प्यालेस्टाइनी प्राधिकरण र अरब लीगका विदेश मन्त्रीहरु र अधिकारीहरुले भने कि यस खालको कदमले यो क्षेत्रमा स्थिरतालाई खतरामा पार्छ, यसले संघर्ष बढ्छ र शांतिको संभावनाहरुलाई कमजोर बनाउँछ ।

अरबका मन्त्रीहरुले संयुक्त राष्ट्रसंघका साथ एक अंतराष्ट्रिय बैठक आयोजना गर्ने इजिप्टको योजनालाई पनि स्वागत गरे, जुन गाजाको पुनर्निर्माणमा केंद्रित हुनेछ । यद्यपि यो बैठकका लागि अहिलेसम्म मिति नै भने तय गरिएको छैन ।

संयुक्त राष्ट्र संघले अनुमान लगाएको छ कि गाजामा ६० प्रतिशत संरचनाहरु क्षतिग्रस्त वा नष्ट भएका छन् । र यसलाई पुनः बनाउनमा दशकौं लाग्न सक्छ । यस्तोमा गाजापट्टीमा प्यालेस्टाइनीहरुले युद्धका क्रममा आफ्नो जमिन नछोडीकन १५ महिना मृत्यु र विनाश सहेका थिए ।

त्यसैले पनि अब उनीहरुलाई यहाँबाट बाहिर लखेट्ने प्रस्ताव अस्वीकार्य रहेको प्यालेस्टाइनी नेताहरु बताउँछन् । भलै यो पुनर्निर्माणका नाममा राम्रै नियतका लागि होस्, जस्तो कि ट्रंपको प्रस्तावमा घोषित गरिएको छ“ ।

जसरी पहिलादेखिनै प्यालेस्टाइनीहरुले दशकौंदेखि विस्थापन र वैकल्पिक मातृभूमिको सबै योजनाहरुलाई विफल पारे सोही प्रकारले अब पनि यो प्रस्तावलाई विफल बनाउने उनीहरुको भनाइ छ ।
प्यालेस्टाइनी प्राधिकरणका अध्यक्ष महमूद अब्बासले गाजापट्टीबाट उनीहरुलाई विस्थापित गर्ने उद्येश्यले बनाइएको कुनै पनि योजनाको कडा निन्दा र यसमा असहमति जनाएका छन् । यसैबीच ट्रंपका टिप्पणीहरुका बारेमा सोधिएको प्रश्नमा दक्षिणी शहर खान यूनिसमा विस्थापितहरुले भनेका छन् “हामी नै आफ्नो भाग्य र आफ्ना इच्छाहरुको फैसला गर्छौ । यो जमीन हाम्रो हो र हाम्रा पूर्वजहरुको ऐतिहासिक संपत्ति हो । हामी यसलाई मृत्यु पछि नै छाड्ने छौ“ ।

गाजाबासीको यस्तो बयान आइरहँदा ट्रम्पको प्रस्ताव के हुन्छ भन्ने अहिले नै थाहा छैन । तर यता प्रधानमंत्री बिन्यामिन नेतन्याहूले भने २ राष्ट्रको प्रस्तावलाई पहिला नै खारेज गरिसकेका छन् । जुन अमेरिकाले नै वर्षौ पहिला गाजासहितलाई केन्द्रमा राखेर यो प्रस्ताव ल्याएको थियो ।

तर गाजाबासीलाई छिमेकी देशहरुमा पठाउने विचारलाई नेतन्याहू सरकारको कट्टरपंथी दक्षिणपंथी सदस्यहरुले भने लामो समयदेखि अगाडी बढाइरहेका थिए । उनीहरुले ट्रम्पको अहिलेको प्रस्तावको पनि स्वागत गरेका छन् ।

यस्तै वर्तमान इसराइली अर्थमंत्रीले पनि भनेका छन् कि प्यालेस्टाइनीहरुलाई छिमेकी देशहरुमा प्रवास गरिनु पर्छ ताकि गाजामा यहूदी बस्तीहरु पुनः स्थापित गर्न सकियोस । उनी लगायतका केही इजरेली नेताहरु ठान्दछन् कि यहूदीहरुलाई पूरै ग्रेटर इजराइल बनाउने अधिकार ईश्वरले नै दिएका छन् ।

यस खालका टिप्पणीहरुले यता प्यालेस्टाइनीहरुलाई भने आक्रोशित बनाएको छ । उता ट्रंपका आस–पास रहेकाहरुले उनलाई मध्य पूर्वको नीतिका मामिलामा अधिक कट्टर दिशामा धकेलिरहेको पनि उनीहरुलाई डर छ ।

यसै महिना ट्रंपले ईसाई धर्मावलंबी माइक हकाबीलाई इसराइलमा आगामी अमेरिकी राजदूतका रूप मनोनित गरेका छन् जसले प्यालेस्टाइनी राज्यको अस्तित्वको विचारलाई नै पुरै खारेज गर्ने गरेका छन् ।

यसबारे आफ्ना कमेन्ट जाहेर गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #गाजाबासीलाई लखेट्ने ट्रम्पको प्रस्ताव#ग्रेटर इजरेल#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत
अन्तर्राष्ट्रिय

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

World News: Indiaका लागि Americaको ‘एड्भाइजरी’, अमेरिकामा आर्थिक संकट || Nepal Times

00:14:37

World News: Israelले फेरि ढाल्यो Iranका वरिष्ठ कमान्डर, आ*क्र*म*ण र वार्ता संगै नहुने इरानी अडान

00:16:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सारुक मृत्यु प्रकरणमा बल्ल बोलिन् नम्रता

सोमवार भदौ ११ , २०८०
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
स्थानीय तह चुनावका लागि खुल्यो म्यादी प्रहरीको भर्ना

नेपालमा कति छ प्रहरीको संख्या ?

आइतवार साउन २७ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.