सिटीकोे नमिठो हार, लेवान्डोव्स्की फेरि नायक

२० माघ ८१, सोमबार

२१ माघ , एजेन्सी ।

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी आर्सनलसँग स्तब्ध भएको छ । आर्सनलले आइतबार प्रिमियर लिगको शीर्षक होडमा सशक्त सन्देश दिँदै साविक विजेता म्यानचेस्टर सिटीलाई ५–१ को फराकिलो अन्तरले हराएको छ ।

योसँगै शीर्ष स्थानको लिभरपुलसँगको दूरी ६ अंकमा झारेको छ । कप्तान मार्टिन ओडेगार्डले दोस्रो मिनेटमै आर्सनललाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफमा केवल ६ पटक बल छोएका एर्लिङ हालान्डले दोस्रो हाफको ५५औं मिनेटमा साविन्होको क्रसमा हेड गोल गरे ।

Advertisement

उनको करियरको यो २५०औं गोल हो । त्यससँगै सिटीले खेलमा फर्किने संकेत देखाएको थियो । तर, अन्ततः लगातार पाँचौं उपाधि जित्ने सम्भावना बलियो बनाउने सिटीको सपना बिलाएर गयो। खेलको दोस्रो हाफमा ग्याब्रियल मार्टिनेली, थोमस पार्टी, मायल्स लुइस–स्केली र इथान एन्वानेरीले गोल गर्दै आर्सनललाई फराकिलो जित दिलाए ।

आर्सनलले लिगमा लगातार १४ खेलमा अपराजित रहँदै २४ खेलबाट ५० अंक पु¥याएको छ । शीर्ष स्थानमा रहेको लिभरपुलको २३ खेलबाट ५६ अंक छ । सिटी भने ४१ अंकसहित चौथो स्थानमा छ ।

Advertisement

यस सिजन आर्सनललाई सेट पिस गोलहरूमा निर्भर रहेको आरोप लगाइँदै आएको छ । तर, आइतबारको खेलमा आर्सनलले प्रवाह र शैलीसहित सिजनकै सबैभन्दा ठूलो घरेलु जित निकाल्यो  ‘यो उत्कृष्ट खेल र प्रदर्शन थियो । फ्यान र वातावरण पनि उत्कृष्ट थियो । अन्ततः हामीले योग्य नतिजा पायौं,’ ओडेगार्डले भने ।

सिटीले लिगमा लगातार ६ खेल अपराजित रहँदै राम्रो लयमा रहेको संकेत दिएको थियो । तर, आइतबार सामान्य अवस्थामा मात्रै राम्रो देखिए । विशेष गरी पहिलो हाफको अन्त्यतिर गोलकिपर डेविड रायाले दुई महत्त्वपूर्ण बचाउ गर्दा सिटीलाई केही राहत मिलेको थियो ।

‘यो कठिन छ । हामी सबैले हारलाई राम्रोसँग लिदैनौं। यो खेललाई शब्दमा व्यक्त गर्न गाह्रो छ,’ सिटीका डिफेन्डर जोन स्टोन्सले भने, ‘अन्तिम ३० मिनेटको हाम्रो खेल स्वीकार्य थिएन।’ आर्सनल अब लिग कप सेमिफाइनलको दोस्रो लेगमा न्यु क्यासलसँग खेल्नेछ भने सिटीले च्याम्पियन्स लिगको प्लेअफमा रियल मड्रिडको सामना गर्नेछ ।

यता म्यानचेस्टर युनाइटेडले पनि लिगमा अर्को हार बेहोरेको छ । युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २–० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे ।

माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे । अर्को खेलमा टोटेनहमले बेन्टफोर्डलाई २–० ले हराएको छ । जारी लिगमा आठौं खेलमा टोटेनहमको यो पहिलो जित हो ।

३० अंकसहित प्यालेस १२ औं स्थानमा छ । युनाइटेड पुनः १३औं स्थानमा झरेको छ । २४ खेलमा टोलीको २९ अंक छ । टोटेनहम २७ अंकसहित १४ औं स्थानमा छ । ३१ अंकसहित बेन्टफोर्ड ११ औं स्थानमा छ ।

उता रोबर्ट लेवान्डोव्स्कीले दोस्रो हाफमा निर्णायक गोल गरेपछि आइतबार बार्सिलोनाले अलाभेसलाई १–० ले पराजित गरेको छ । योसँगै बार्सिलोनाले स्पेनिस लिगको शीर्ष स्थानमा रहेको प्रतिस्पर्धी रियल मड्रिडसँग चार अंकको दूरी घटाएको छ ।

रियल शनिबार इस्पान्योलसँग १–० ले पराजित भएको थियो । यसअघि रियलले सबै प्रतियोगिताका ११ मध्ये १० खेल जितेको थियो । तेस्रो स्थानमा रहेको बार्सिलोना दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा तीन अंकले पछाडि छ ।

एट्लेटिकोले शनिबार मालोर्कालाई २–० ले हराउँदै लिगमा दुई खेलको जितविहीन यात्रा तोडेको थियो । लेवान्डोव्स्कीले सबै प्रतियोगिताका चार खेलमा लगातार गोल गरेका छन् । पछिल्ला आठ खेलमा उनको यो सातौं गोल हो । पोल्याण्डका स्ट्राइकरले लामिन यामालको भली विपक्षी डिफेन्डरलाई ‘डिफ्लेक्ट’ भएपछि नजिकैबाट गोल गरेका थिए ।

बार्सिलोनाका लागि यो असामान्य रुपमा कम स्कोर भएको खेल थियो । पछिल्ला तीन खेलमा बार्सिलोनाले १४ गोल गरेको थियो, जसमा भ्यालेन्सियालाई लिगमा ७–१ ले पराजित गरेको खेल पनि समावेश छ ।

अलाभेसले कुनै पनि प्रहार लक्ष्यमा राख्न सकेन र हारपछि पनि रेलिगेसन क्षेत्रमै रह्यो । अलाभेसले पछिल्ला ११ मध्ये केवल एक खेल जितेका छन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top