×

NEPAL TIMES UPDATES

Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026
Playing
सय माथिको सामानमा कर लगाउने निर्णयमा भारत सरकार बोल्यो || Nepal Times
Apr 24, 2026
Playing
भारतलाई ट्रम्पले धर्तीको नर्कसँग तुलना गरेपछि.... || Nepal Times
Apr 24, 2026
Playing
World News:रुसमा विषाक्त वर्षा,युक्रेनलाई ९० अर्ब ऋण, मेटामा ८ हजार कर्मचारी कटौती || Nepal Times
Apr 24, 2026
Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026
Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026

अमेरिकामा ग्रिनकार्ड होल्डरपनि निशानामा,एजेन्टहरुसँग के कागज माग्ने ?

२१ माघ २०८१

२१ माघ ,एजेन्सी ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिका रुपमा अमेरिकाको नेतृत्व सम्हालेयता गैरकानूनी रुपमा बसिरहेका आप्रवासीमाथि लगातार धरपकड जारी रहेको अमेरिकी संचारमाध्यामहरुले जनाएका छन् । अवैध रुपमा बसिरहेका त्यस्ता आप्रवासीहरुलाई अभियुक्तका रुपमा हत्कडीसहित देश निकाला गरिरहेका भिडिओहरु समेत सार्वजनिक भएका छन् ।

Advertisement
Advertisement

अमेरिकाका विभिन्न शहरमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले कागजपत्रविहिन आप्रवासीहरुलाई पक्राउ गर्नका लागि लगातार छापा मार्दा यसबाट त्याहा रहेका १३ सय नेपाली समेत उनीहरुको निशानामा पर्नेछन् ।

नेपालीहरुको तथ्याङकीय सूची आइसले सार्वजनिक गरिसकेको छ । यस्तो अवस्थामा यदि घरमा आइसका एजेन्टहरु आएमा के गर्ने ? भन्ने विषयमा न्युयोर्क इमिग्रेशन कोलिएशनले सुझावहरु दिएको छ ।

कोलिएशनले यदि घरमा आइसका एजेन्टहरु आएर ढोका खोल्न भनेमा तुरुन्तै ढोका नखोल्न र उनीहरुसँग वारेन्ट भए नभएको सोध्न आग्रह गरेको छ । अध्यागमन अधिकारीहरु प्रहरीहरुजस्तै सिधै घरमा प्रवेश गर्न नसक्ने र उनीहरुसँग न्यायाधीशले हस्ताक्षर गरेको नामसहितको वारेन्ट हुने कोलिएशनले जनाएको छ ।

यदि वारेन्ट भएको खण्डमा पनि ढोकाको प्वालबाट भित्र छिराउन वा झ्यालको छेउमा राख्न लगाउन भनिएको छ । उक्त वारेन्ट आफ्नो नाममा भए नभएको सुनिश्चित गर्न र वारेन्ट कसको नाममा जारी गरिएको हो , राम्रोसँग पढ्न अनुरोध गरिएको छ ।

वारेन्ट भएपनि त्याहा घरमा रहेका ब्यक्तिको नाम नभई अरु कसैको नाम छ भने उनीहरु उक्त वारेन्टका आधारमा घरभित्र छिर्न नसक्ने उल्लेख छ । यस्तो अवस्थामा वारेन्टमा नाम उल्लेख गरिएको ब्यक्ति त्याहा नभएको जानकारी गराउन भनिएको छ।

साथै भित्र प्रवेशका लागि अनुमति दिन नसक्ने बताउन पनि सुझाव दिइएको छ । यदि चिनेको तर त्यहाँ नबस्ने व्यक्तिका नाममा वारेन्ट भएपनि उक्त व्यक्ति बस्ने ठेगाना बताउन आवश्यक नरहेको पनि भनिएको छ ।

यदि उनीहरुका साथमा वारेन्ट छ भने पनि आफू मौन बस्ने अधिकारको प्रयोग गर्न सक्ने र आफूसँग मौन बस्ने अधिकार रहेको बताउँदा पनि उनीहरुले वेवास्ता गरेमा आफ्नो भनाई दोहोर्याउन भनिएको छ । यस्तो अवस्थामा उनीहरुले कुनै कागजातमा हस्ताक्षर गर्न लगाएमा हस्ताक्षर नगर्न र हस्ताक्षर गर्नु अगाडि कानुन व्यवसायीको सहायता लिने बताउन सुझाव दिइएको छ ।

यस्तो अवस्थामा अध्यागमन अधिकारीहरुलाई पासपोर्ट लगायत आफ्नो देशको कुनै परिचयपत्र वा कागजात नदिन र यदि उनीहरुसँग आफ्नो नाममा वारेन्ट छ र पक्राउ गरेका छन् भने पनि कुनै पनि कागजातमा हस्ताक्षर नगर्न , उनीहरुले भनेका कुनै पनि कुरा स्वीकार नगर्न भनिएको छ ।

साथै आफूसँग सधै आफूले सम्पर्क गर्न सक्ने कानुन व्यवसायीको नम्बर राख्न पनि सुझाव दिइएको छ । आइसका एजेन्टसँगको कुराकानी अडिओ वा भिडिओमा रेकर्डी गर्न पनि सुझाव दिइएको छ ।

यस्तै अध्यागमन अधिकारीहरुलाई कुनै पनि गलत कागजात वा परिचयपत्र नदेखाउन साथै भाग्ने वा पक्राउ गर्न खोज्दा भौतिकरुपमा प्रतिरोधको प्रयास पनि नगर्न अनुरोध गरिएको छ । यदि अमेरिकाको ग्रिनकार्ड होल्डर भएपनि बर्षौ पहिले कुनै अपराध गरेको भए त्यस्ता ब्यक्ति पनि आइसको निशानामा पर्न सक्ने छन् ।

यस्तै कागजपत्रविहिन, मादक पदार्थ सेवन गरेर गाडी चलाउने वा कुनै लागुऔषध, घरेलु हिंसा वा गैरकानुनी बन्दुक बोक्ने अपराधमा संलग्न भएका ब्यक्तिहरुपनि आइसको मुख्य निशानामा पर्न सक्ने न्युयोर्क इमिग्रेशन कोलिएशनले जनाएको छ ।

अमेरिकाले १४ लाख भन्दा बढी आप्रवासीलाई उनीहरूकै देश फर्काउने भएको छ । अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इनफोर्समेन्ट (आईसीई) ले सूची सार्वजनिक गर्दै तत्काल १३ सय ६५ नेपालीसहित १४ लाख ४५ हजार ५ सय ४९ जना अमेरिकाबाट निष्कासन गर्ने सूची नै सार्वजनिक गरिसकेको छ ।

अमेरिकामा बस्ने ५–६ लाख नेपालीमध्ये २–३ लाखको ग्रिनकार्ड रहेको अनुमान छ । यस्तै विद्यार्थी भिसा, भिजिट भिसा, अस्थायी भिसाजस्ता वैधानिक प्रक्रियाबाट अमेरिका पुगेकालाई यदि कुनैपनि अपराधमा सम्लग्न रहेको छैन् भने ट्रम्प नीतिले केही फरक पार्ने छैन् ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top