४० वर्षमा अल–नासरको नेतृत्व गर्दै रोनाल्डो

२१ माघ ८१, मंगलबार

२२ माघ ,एजेन्सी ।

४० वर्षमा टेक्नुअघि क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका छन् । भोली बुधबार रोनाल्डो ४० वर्ष पुग्दैछन् । त्यसअघि उनले अहिलेसम्मको गोल संख्यामा २ थप गरेका हुन् । रोनाल्डोले दुई गोल गर्दै अल–नासरलाई एएफसी च्याम्पियन्स लिग एलिटमा संयुक्त अरब इमिरेट्सको अल–वासलविरुद्ध ४–० को सहज जित दिलाएका छन् ।

गएराती भएको खेलमा अलि अल हसन र मोहमद अल फातिले एक–एक गोल गरेका थिए । यस खेलमा २ गोल गरेसँगै रोनाल्डोले आफ्नो करियर गोल संख्या ९२३ पु¥याएका छन् । रोनाल्डोले आफ्नो ४०औं जन्मदिन बुधबार मनाउँदै छन् ।

Advertisement

त्यसको एक दिनअघि उनले दुई गोल गरेका हुन् । उनले पहिलो गोल पेनाल्टीमा तथा दोस्रो गोल हेडरमार्फत गरेका थिए । उनको गोलमा उनका छोरा पनि दर्शकदीर्घामा सेलेब्रेट गरेको देख्न सकिन्थ्यो ।

यो जितपछि अल नासर एएफसी च्याम्पियन्स लिग इलाइटमा ७ खेलबाट १६ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै अल वासलको ७ खेलमा ११ अंक रहेको छ । पोर्चुगली सुपरस्टारले यो सिजन क्लबका लागि आफ्नो २३औं गोल गरेका हुन् ।

Advertisement

समूह चरणको यो अन्तिम खेलभन्दा अगाडि नै अल–नासरले राउण्ड अफ १६ मा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो । प्रिमियर लिगको एस्टन भिल्लाबाट शुक्रबार मात्रै साइन गरिएका नयाँ खेलाडी जोन डुरानले यही खेलमार्फत अल–नासरमा डेब्यु गरेका छन् ।

मिडफिल्डर अली अल–हसनले २५औं मिनेटमा गोल गर्दै अल–नासरलाई सुरुआती अग्रता दिलाए । पहिलो हाफको अन्त्यतिर रोनाल्डोले पेनाल्टीबाट गोल गरे । खेलको अन्तिम १२ मिनेट बाँकी छँदा उनले हेडरमार्फत दोस्रो गोल थपे ।

मोहम्मद अल–फातिलले चौथो गोल गर्दै टोलीको सानदार जित सुनिश्चित गरे । अल–नासरले १२ टोली सहभागी समूहमा तेस्रो स्थान सुरक्षित गरेको छ भने साउदी अरबकै अर्को टोली अल–अहली कतारको अल–सद्दलाई ३–१ ले हराउँदै शीर्ष स्थानमा पुगेको छ ।

रोनाल्डो ४० वर्ष पुग्दैछन् । तर, उनले अझै पनि आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखिरहेका छन् । रोनाल्डोले डिसेम्बर २०२२ मा अल–नासरमा अनुबन्ध भएका हुन् । उनले यो सिजन साउदी प्रो लिगमा १७ खेलमा १५ गोल गरिसकेका छन् ।

यदि रोनाल्डोले आफ्नो लिगको प्रदर्शन च्याम्पियन्स लिगमा पनि निरन्तरता दिन सके भने अल–नासरले पहिलो पटक एसियाली च्याम्पियन बन्ने मौका प्राप्त गर्नेछ । म्यानचेस्टर युनाइटेड र रियल मड्रिडका लागि पाँच पटक युइएफए च्याम्पियन्स लिग जितेका रोनाल्डोको एसियामा भने त्यो उपलब्धि दोह¥याउन सकेका छैनन् ।

त्यसैले उनलाई सफल बनाउन अल–नासरले गत हप्ता इङ्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट जोन डुरानलाई लगभग ७९ मिलियन डलरमा अनुबन्ध गरेको हो । १२ टोलीको समूहमा अल–नासर हाल तेस्रो स्थानमा छ ।

साउदीका दुई प्रतिद्वन्द्वी अल–हिलाल र अल–अहली भने ६ खेलसम्म अपराजित छन् । अल–हिलालले चार पटकको महादेशीय उपाधि जितिसकेको छ, जुन कुनै पनि एसियाली क्लबभन्दा बढी हो । तर, नेयमारको अनुपस्थितिमा पर्सेपोलिसविरुद्धको खेल कठिन हुनेछ ।

नेयमार पछिल्लो १८ महिनामा मात्र सात खेल खेलेर दक्षिण अमेरिकामा फर्किएका छन् । ‘हामी खेलको लागि उत्साहित छौं,’ अल–हिलालका प्रशिक्षक जोर्ज जिससले भने, ‘हाम्रो लक्ष्य घरमै जित हात पार्नु हो।’

अर्कोतर्फ प्रिमियर लिगका पूर्वस्टारहरू रियाद माहरेज र इभान टोनी रहेका अल–अहलीले आक्रमण खेल पस्किरहेको छ । त्यसैले अल–अहलीलाई पहिलो पटक च्याम्पियन्स लिगको दाबेदार मानिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top