×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026

बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

२४ माघ २०८१

२४ माघ , एजेन्सी ।

बङ्गलादेशमा फेरि हिंसा भड्किन थालेको छ । पूर्व प्रधानमन्त्री शेख हसीना देश छाडेर भागेपनि उनकै कारण बंगलादेश फेरि अशान्त भएको छ । अवामी लिगको प्रस्तावित राष्ट्रव्यापी विरोध प्रदर्शनअघि बुधबार राती बंगलादेशका धेरै शहरमा फेरि हिंसा भड्किएको स्थानीय सञ्चारमाध्यमहरूमा उल्लेख छ ।

Advertisement
Advertisement

प्रदर्शनकारीले शेख हसिनाका पिता तथा बंगलादेशका संस्थापक शेख मुजिबुर रहमान ’बंगबंधु’ को ढाकास्थित धनमन्डी–३२ मा रहेको निवासमा तोडफोड तथा आगजनी गरेका छन् । त्यस्तै खुलनामा शेख हसिनाका काकाका छोराहरु शेख सोहेल, शेख ज्वेलको घर बुलडोजरले भत्काइएको छ ।

सामाजिक सञ्जालमा ’बुलडोजर ¥याली’ को घोषणा भएपछि हिंसा भएको थियो । आक्रमण हुँदा सुरक्षाकर्मी पनि उपस्थित भएको तर भीड नियन्त्रणमा लिन नसकिएको जनाइएको छ । बुधबार राति र बिहीबार बिहान देशभर प्रदर्शनकारीहरूले शेख हसिनाको पार्टी अवामी लिगका नेताहरूको घरमा तोडफोड गरेका जनाइएको छ ।

भारतमा रहेकी शेख हसिनाको अनलाइन कार्यक्रम हुनुभन्दा ठीक अगाडि हिंसा सुरु भएको थियो । बंगलादेशको अग्रणी अखबार ’द डेली स्टार’ मा सामाजिक सञ्जालमा भाइरल पोस्टहरू अनुसार शेख हसिनाको ’बंगलादेश विरोधी गतिविधि’ का कारण यो विरोध प्रदर्शन गरिएको उल्लेख गरेको छ ।

शेख हसिनाका विरोधीहरूले उनी भारतमा बसेर बंगलादेश विरोधी गतिविधि गरिरहेको आरोप लगाएका छन् । प्रदर्शनकारीले शेख हसिनाको पार्टीको विद्यार्थी शाखा छात्र लिगले एक अनलाइन कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा शेख हसिनाले फेसबुक मार्फत बोल्ने जनाइएको थियो । कार्यक्रमको समय राति ९ बजे तोकिएको थियो । यो कार्यक्रमको खबर फैलिने बित्तिकै प्रदर्शनकारीहरूले ’बुलडोजर प्रदर्शन’ को आह्वान गरेका थिए ।

उक्त प्रदर्शन राती ९ बजे बाट सुरु हुने जनाइएको थियो । तर बेलुका ८ बजे नै भेदभाव विरोधी आन्दोलनका संयोजक हसनत अब्दुल्लाहको अपीलपछि, बेलचा र हथौडा लिएर सयौं प्रदर्शनकारीहरू धनमण्डी–३२ मा प्रवेश गरे ।

प्रत्यक्षदर्शीका अनुसार उनीहरूले त्यहाँ स्थापित शेख मुजीबुरहमानको भित्ते चित्र बिगारे । राती ९ः३० बजे भवनमा आगो लागेको थियो । अनि मध्यरात हुनुभन्दा केही समय अगाडि डोजर त्यहाँ आइपुगे ।

यसपछि राति २ बजेतिर भवनको एक भाग भत्काइयो । एक प्रदर्शनकारीले उनीहरूले संग्रहालयमा परिणत भएको घरलाई ’फासीवाद’ को प्रतीक भएकोले जलाउन चाहेको बताएका छन् । यता बंगलादेशमा आफूविरुद्ध भइरहेको गतिविधिप्रति हसीनाले रोष प्रकट गरेकी छन् ।

उनले आफ्नो संबोधनमा देशवासीहरुलाई अपिल गर्दै वर्तमान शासनविरुद्ध संगठित प्रतिरोध गर्न आह्वान गरेकी छन् । शेख हसीनाले स्पष्ट रूपले नोबेल पुरस्कार विजेता मोहम्मद यूनुसको सरकारतर्फ इंकित गर्दै भनिन्, ‘उनी अर्थात युनुससंग अहिले पनि यति शक्ति छैन कि उनले राष्ट्रीय ध्वजा, संविधान र त्यो स्वतंत्रतालाई बुलडोजरले नष्ट गर्न सकुन, जसलाई हामीले लाखौं शहिदहरुको जीवनको मूल्यमा आर्जित गरेका हौं’ ।

उनले अगाडि भनिन्, ‘उनले भवनलाई ध्वस्त गर्न सक्लान, तर इतिहासलाई सक्दैनन । तर उनले यो पनि याद राख्नु पर्छ कि इतिहासले आफ्नो बदला लिनेछ’ । युनुस सरकारलाई भारतबाटै हसिनाले दिएको खुल्ला चेतावनी हो यो ।

गएको वर्ष सरकारी कोटामा आरक्षणको विषयमा भएको विद्यार्थी आन्दोलनले हिंस्रक रुप लिएपछि हसीना देश छाडेर अगस्ट ५ मा भारत आएकी थिइन् ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top