विद्यार्थी नेताबाट प्रहरी कुटिए, न टाउको जोगियो न आँखा ,प्रहरीको हात किन बाँधियो ?

२४ माघ ८१, शुक्रबार

२५ माघ , काठमाण्डौ ।

Advertisement

विद्यालयलाई राजनीति गर्ने थलोबाट मुक्त राख्नु पर्ने र विश्वविद्यालयलाई राजनीतिमुक्त राख्नु पर्ने अभियानमा थिइन् पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ । उनले राजनीतिमा लागिरहेका शिक्षकहरुको सूची तयार गरी कारबाहीकै तयारीमा पुगेकी थिइन ।

तर राजनीतिक अस्थिरताले गाँजेको नेपालका मन्त्रीको पद कहिले खुस्किने हो टुंगो नहुने अवस्थामा काम गर्दा गर्दै रातारात सत्ता परिवर्तनसहितको दुई ठूला दलबीच सहमति भएपछि रास्वपाबाट सरकारमा गएकी सुमनाको पद पनि खुस्कियो ।

Advertisement

उनको शिक्षामन्त्रीबाट बर्हिगमनसँगै शिक्षालाई राजनीतिमुक्त गर्ने बहस पनि सेलाएर गएको छ। हामी नेपाल टाइम्स अनलाइन समाचारमा यो विषय किन जोडिरहेका छौं भने, जनताको जिउधनको सुरक्षाका लागि रातदिन नभनी सुरक्षामा खटिने प्रहरी नै विद्यार्थी नेताबाट कुटिएका छन् ।

यो घटना गएरातिको हो । ड्युटीमा खटिएका प्रहरीमाथि काठमाडौंमा विद्यार्थी संगठन अनेरास्ववियुका नेताले सांघातिक आक्रमण गरेका छन् । गएराति प्रहरीवृत्त, दरबारमार्गस्थित केशरमहल बिटबाट खटिएको क्विक रेस्पोन्स टीमका प्रहरीमाथि आक्रमण भएको प्रहरीले जनाएको हो ।

Advertisement

उनीहरु एमालेनिकट अनेरास्ववियुका विद्यर्थी नेता रहेको बताइएको छ । दरबारमार्ग प्रहरीका अनुसार विद्यार्थी नेताको आक्रमणबाट प्रहरी हवल्दार जगुलाल घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ भने अर्को जवान नगेन्द्रराज विष्टको आँखा र अन्य भागमा गम्भीर चोट लागेको छ ।

उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । क्वीक रेस्पोन्स टोलीले प्रयोग गर्ने मोटरसाइकल र हेलमेट पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न आरोपमा अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल)का पूर्वस्ववियु सभापति कमल जोशी र सोही क्याम्पसका उपाध्यक्ष दिनेश सिग्देलसहितको टोली हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।

घाइते प्रहरीमध्ये घर्तीको अवस्था केही जटिल रहेको पनि प्रहरीले जनाएको छ । उनीहरुलाई मदिरा सेवन गरेका विद्यार्थी नेताहरूले कुटेको प्रहरीले बताएको छ ।अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) का पूर्वस्ववियू सभापति कमल जोशी र सोही क्याम्पसका प्राक उपाध्यक्ष दिनेश सिग्देलसहितको समूह छायाँ सेन्टर अगाडि मध्यरात होहल्ला गर्दै पुगेका थिए ।

त्यहाँ ड्युटीमा रहेका प्रहरीले उनीहरूलाई सम्झाउन खोज्दा उल्टै कुटाइ खाएको प्रहरीले बताएको छ ।प्रहरी जवान विष्टको आँखा र अन्य भागमा गम्भीर चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।

घाइते प्रहरीद्वयको जाहेरीले उनीहरूमाथि मुद्दा चलाइने भएको छ । घटनालगत्तै फरार रहेका जोशी, सिग्देलसहितका विद्यार्थी नेताहरू प्रहरीको खोजीमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहोराले जानकारी दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top